नेताको मतिभ्रस्ट,देशलाई क्षति गर्छ,
त्यो सुगौली सन्धी,थियो पुर्खौली गल्ति,
भण्डारी कार्ल मार्क्सका रुप थिए,
उनको मृत्युमा नेता किन चुप थिए ,
त्यो घटनालाई जनताले हत्या ठान्छ,
आखिर रच्यो कस्ले दरबार हत्या काण्ड?
छिमेकीको आखाँ कर्णालीमा,
सबै भ्रस्ट यो प्रणालीमा,
आज कर्णाली भोलि सगरमाथा,
उब्जिने जमिन सबै बगर भाछ,
सरापेको रे हामीलाई सतिले ,
बिश्वास गर्छन् यो कुरा कतिले ?
देश बनाउन आफै उठ्नु पर्छ,
एकता हो बल भन्ने बुझ्नु पर्छ |
