मेरो बिस्तरा,जहाँ हरेक रात आखाँ चिम्म गरेर आकाश छोएको सपना देख्ने गर्थिए म | अहिले पनि बिस्तरा उही छ र आखाँ पनि तर मेरो सोच त्यो पंखा झुन्डिएको फलाममा सिमित छ,जहाँ सधै म आफुलाई झुन्दिएको पाउछु | सुनौलो समयको पर्खाईमा रहेको म,त्यहि समय हेर्ने हत्केला ठाउँ ठाउँमा काट्न उत्सुक हुन्छु | हो यहि मुख हो जसमा आमाले बच्चा बेला “को खाई को खाई “ भन्दै मायाको साथ लिटो खुवाउनु हुन्थियो तर अहिले त्यहि ओठले म बिष चुम्न तैयार छु | मनमा यस्ता धेरै नकारात्मक सोचहरुको उत्पति हुन लागेको पनि धेरै भयो | स्वाभाविक नै लाग्यो यी सोचहरुले मेरो मनमा दिन प्रति दिन ठुलो स्वरूप लिएको |
बढ्दो उमेरसंग काधमा जिम्मेवारी र Marksheet मा तारा उत्तिकै रुपमा बढ्दै थियो | आकाशमा हुदा आकाश नै सजिएको हुन्छ,बर्दीमा थप्पिदा शान नै बढ्छ बर्दीको तर Marksheet मा जब यी ताराको उपस्थिति नियमित हुन लाग्यो ,तब मेरो जीवनमा अरु केहि नबढे पनि हिन्ताबोध चाही औधी नै बढ्यो | हरेक वर्ष घरपेटीले भाडा बढाए जसरि नै, भगवानले पनि मेरो जीवनमा बाधा बढाउन केहि कसर बाकि राख्नु भएन | ताराले सजिएको Marksheet ले कहिँ जागिर पाउनु भनेको त्यस्तै हो, बुवाले केहि भनसुन गरेर लाइदिएको जागिर पनि चिप्लिएर गयो हातबाट | खल्ती खालि मात्र भएको थियो,प्वाल भनेको परेको थिएन तर मिल्ने साथिहरु सिक्का झैँ कहाँ झरे झरे | कुरा सुनिदिने र बुझिदिने एउटा मोरी थि तर संघर्षको पहिरोमा, त्यो मोरीको माया पनि कहाँ पुरियो पुरियो |ऋषि धमाले भन्दा धेरै नातेदारको प्रश्न सुरु भयो भबिस्यमा के गर्छस भनेर | जिम्मेवारीको बोध त्यो पल झन् बढ्दै गयो ,जब काठमाडौंमा गाडी जस्तै आफ्नु गालामा दारी छ्याप छ्याप्ती भयो र नेपालको सिमाना जस्तै बुवाको शिरबाट कपाल कम हुँदै थियो| आमाको फुल्दै गएको कपाल र भुल्दै जाने बानिले पनि घरमा बुहारी नानि चाहियो भनेर संकेत गर्दै थियो| तर यहाँ आफुलाइ आफ्नै ज्यान पाल्न गारो भएको क्षणमा, घरमा अझै एउटा सदस्य थप्ने कुरा नि आउन्न| नेताले बोलि परिबर्तन गरे भन्दा धेरै, मैले चिया चुरोट खाने अड्डा परिबर्तन गर्नु परेको छ | नपरोस पनि किन न नपरोस्, एकै ठाउमा धेरै उधारो कति माग्नु | अरुले त छोडे छोडे, निन्द्राले पनि बिस्तारै छोड्दै गयो: भनेको बेला कहिले न आउने | र अन्त्यमा आफ्नु सहनशीलताले पनि हार मान्यो |
गाउलाई नचाउदै छोराको जन्ती लग्ने सोच थियो बुवाको तर आज उही बुवा आखाँ रसाउदै त्यहि छोराको मलामी जादा कस्तो हुन्छ होला उहालाई? हरेक बेला मनमा एउटा प्रश्न खेल्ने गर्थियो,आफ्नु जीवन त्यागेर आत्महत्या गर्ने व्यक्ति सहासी कि कायर? एक मनले सोच्द थियो, समस्या भनेको त जीवन भरि आइरहन्छ, एउटाबाट भाग्यो अर्को आउछ ,भागेर सकिन्न,बरु एउटा समस्यासंग लडे अर्को संग लड्ने हौसला आउछ र लाग्थियो आत्महत्या कायरले गर्छन्| मनै त हो ,अर्को पट्टिबाट सोच्दा ,आफुलाई दशैं बेला कुखुराको प्राण लिदा डर लाग्छ ,झन् आत्महत्या गर्नेले त आफ्नै प्राण त्याग्छन्,उनिहरु साहसी नै लाग्थियो | यो प्रश्नको उत्तर अहिले सम्म भेटेको छैन मैले | अहिले मैले आफ्नै अगाडी अस्ति भर्खर बुवाले किनेर ल्याइदिएको बेल्टको पासो बनाएर राखेको छु र गलामा भिड्न तैयार छु | फेरी अर्को प्रश्न आयो मनमा| यो मेरो जित हो कि हार ?एकछिन सोचे र लाग्यो ,यो जित त कदापी हुन सक्दैन ,फेरी हार मेरो एक्लोको मात्र पनि हुन्न | म संगै मेरो बुवाको आदर्श,आमाको माया-ममता,साथि भाइको साथ,नातेदारको बिश्वास र मेरो आफ्नै हिम्मत पनि हार्नेछन् र जित केवल मेरो मनमा कब्जा गरेर बसेको डर र पीडाको हुनेछ जब उनिहरु हिजो डेरा लगाएर बसेका जाबो दुइ दिनको पाहुना मात्र हुन् | यहि सोचहरु बीच,त्यो पासो बनाएको बेल्ट फुकाले मैले र आफ्नु फुस्किन लागेको पाइन्टभित्र हाले र बेल्टले पाइन्टलाई सहारा दिए जस्तै, आफु आफ्नु परिवारको भएर बन्ने अठोट लिदै म बाचें|
तर पनि मैले भेट्न नसकेको सपनाको छतमा झुन्दीएको असफलताको डोरीले,हरेक रात मेरो हिम्मत र आशाको घाटी थिच्दै जान्छ र यसरी मेरो आत्माको हत्या हुन्छ ।