Homeरचनारक्सि पिउदिन अचेल

रक्सि पिउदिन अचेल

“ मेरो VISA लाग्यो, आज राति बस्नु पर्छ है!” साझको ६ बज्न लागेकै थियो, मिल्ने साथीको फोन आयो र फोन उठाउने बितिकै उसको पहिलो वाक्य त्यहि थियो| निकै खुसि थियो उ र केटाहरुको खुसि साट्ने माध्यम भनेको त्यहि रौसि हो | मैले बधाई दिदै सहमति जनाए र बेलुका उसको घर बस्ने गरि पुगे | उसको कोठामा उ बाहेक अरु दुइ जना पनि थिए जो मेरो पनि साथि थिए |

एक पछी अर्को गफ थपिदै गयो र रौसिको Peg पनि एक पछी अर्को थप्दै गयौ हामीले| रात संगै हामिले खाएको रौसिको नसा पनि बढ्दै गयो र बिहान ६ बजेपछि रात सहित रौसि सकिएको पत्तै भएन | सिधा भाषामा भन्नु पर्दा संगै बिताएका अतितको एक एक पललाई फेरी बाचियो, वर्तमानको खुसीले मनमा नया रंग थपियो र भबिस्यमा बिछोडको कुराले हामि चार केहि बेर खिन्न पनि भयौ | एक एक पल ८ बजे अफिस पुग्नु पर्ने,त्यसैले सुत्ने कुरा आएँ र मुख पखालेर घर तिर लागे |

साथि र मेरो घरको दुरी लगभग ५ मिनेटको मात्र थियो, हिड्ने बितिकै पुगे र ढोका एकपल्ट पछी अर्को पल्ट धक्धकाउन नपाउदै भाइले आएर धोका खोल्यो| एक त रात भर नसुतेको र त्यसमाथि मा.प.से .गएर सोफामा जिउलाई फ्याले | भाइपनि त्यहि सोफामा थियो होमवर्क गर्दै,सातमा पढ्नेलाइ पनि कति होमवर्क दिन सकेक हुन् लाग्छ हरेक बेला मलाई | उसले एकछिन केहि भनेन तर म तिर भने बेला बेला पुलु पुलु हेर्दै थियो| ब्रस गर्नलाई उठ्न लागेको मात्र के थियो उसले भन्यो “ दादा हजुरले रक्सि पनि खानु हुन्छ?”

उसको यो एक प्रश्न काफी थियो, मलाई रातभरी खाएको रौसिको नसाबाट एकै झट्कामा बाहिर ल्याउन| बोल्न आएपनि मुखमा बोलि भने आएन,थाहाछैन त्यो मेरो स्वरले घाती भन्दा माथि आउन अटेर गर्दै थियो | अरुले यहि प्रश्न गरेको भए मलाई यति हिनताबोध अनुभव हुनेथिएन होला तर उसको प्रश्न र उमेर दुवैले बरोबर खेल खेले मलाई चुप लगाउनुमा | रौसि खादैमा मान्छे नराम्रो हुन्छ भनेको हैन मैले तर… |

…तर म उसको लागि एउटा प्रतिबिम्ब थिए जसलाइ उसले पछ्याउदै थियो| मेरो हरेक पाइलामाथि उसले आफ्नु पाइला राक्थियो र मेरो पथमा हिड्न कोशिश गर्थियो | मैले आज जस्तो कपाल काट्ने उसले भोलि ठ्याक्कै त्यहि पाराले कपाल काट्न दौदिन्थ्यो, मैले C.A. पढे उ पनि +२ पछि C.A. पढ्छु भनेर हौसिन्थियो, मलाई REAL MADRID, GERMANY र PORTUGAL मन परेको भरमै उ पनि समर्थन गर्छ, मैले EMINEM सुन्दा उसलाई पनि EMINEM मनपर्छ , मैले CLASH ROYALE खेल्दा उसको FAVOURITE गेम त्यहि बन्न पुग्छ, मैले आधा रातमा तारा गन्दा उ पनि त्यहि गन्न पुग्छ |
स्वरले घाती सम्म आउन अटेर गरेपनि, जसो तसो मुख खोले र भने “खान्थे तर अचेल खादिन|”

Previous article
Next article

Latest Posts