Part 78

रातको १० बजेको थियो, यो पल पनि मेरो मानसपटलामा कहिले नमेटिने गरि छापिएको छ| निष्ठाको फोन थियो, मैले उसको फोन नउठाउने कुरै थिएन, अन्तिम २४ घण्टाभन्दा बढी भैसकेको थियो, मैले उसलाई फोन गर्न खोजेको| फेरी हिजो जे जे भयो हामि बीच, उ अभ फर्किन्छे भनेर म बिश्वस्त थिए| आखिर उसलाई पनि टाढा हुने मन रैनछ नि|

“तेरो फोन किन अफ?सन्चै छस्?” मेरो बोलीमा मिलनको हर्ष थियो|

“अह सन्चै छु|” तर उसको बोलीमा मैले त्यस्तो हर्ष केहि पाइन मैले|

“फोन चाही किन अफ तेरो?” उसले एउटा मात्र प्रश्नको उत्तर दिएकी थि,त्यसैले अर्को प्रश्न मैले फेरी दोहोर्याए|

“नया सिम चलाउदै छु,त्यसैले|” थाहाछैन किन तर उसको आवाजमा पिडा महसुस गर्दै थिए म|

“अनि फेरी फोन पुरानै नम्बर बाट गरिस् त|” उसको अन्तिम वाक्य पछी मेरो यो प्रश्न स्वाभाविक नै हो|

“आजबाट हामि नबोल्ने, त्यसैले मैले नया नम्बर लिगेको|” उसको मनमा के चल्दैछ बुझ्न निकै गार्हो भयो मलाई|

“त जिस्केको है?” एउटा झिनो आशा सहित सोधे उसलाई, थाहा छ उ यस्तो कुरामा कहिले पनि जिस्किन्न तर पनि आशा चाही थियो झिनो भएपनि|

“मेरो बोलि सुन्दा हजुरलाई म जिस्किदै छु भनेर लाग्छ? आज यो हाम्रो अन्तिम बोलचाल हो|” उता उसको मुखबाट शब्द निक्लिदै थियो र यता उसको हरेक एकशब्द संगै मेरो आखाबाट आशु आउदै थियो|

“पागल भइस् त? दिउसो भरि तलाई फोन गर्न खोज्दै थिए,यो सुन्न लाई हैन बुझिस्?” मन भित्रको आक्रोस भनु कि माया, म उ माथि खनिन लागे|

“मलाई थाहा थियो,हजुरले मलाई फोन गर्न खोज्नु हुन्छ|त्यसैले हजुरलाई चिन्ता नहोस् भनेर अन्तिम पल्ट फोन गरेको|” मलाई यति राम्ररी चिन्छे भने किन छोडेर जानु त |

“तलाई मलाई के हुदा चिन्ता लाग्छ भन्ने थाहाछ, मलाई चिन्ता हुदा तलाई नि चिन्ता हुदो रैछ| कुनै बेला माया गरे जस्तो गरि आश देखाउछ्स्,कुनै बेला मन छिनाल्ने बचन रगाउछ्स्| बुझ्न सकिन मैले तलाई|” अघि सम्म आक्रोश थियो मनमा,अहिले म आफै पग्लिएर बोल्दै थिए|

“हजुरले मलाई बुझ्नु पर्दैन अभ,मात्र यति बुझ्नुस् हामि संगै छैनौ,र हुने पनि छैनौ|अनि एउटा कुरा अझै, म तपाइको त हैन, राम्ररी बोल्नुस मसंग|” कस्तो मज्जाले भनि उसले म तपाइको त हैन भनेर| हाम्रो सम्बन्ध पनि कस्तो अचम्मको, “मलाइ तपाइले मलाइ त भनेर मनपर्छ” बाट सुरु भयो र “म तपाइको त हैन,राम्ररी बोल्नुस मसंग|” मा अन्त्य भयो|

“तेरो मर्जी जे गर,म केहि भन्दिन|” उसले छोडेर जान्छु भन्दा त केहि नभनी हुन्छ भनेको थिए उसको खुसीको लागि| अहिले आएर रोइ कराई गरेर केहि फाइदा छैन जस्तो लाग्यो र यति भनेर आफै फोन राखे| एउटा प्रश्न चाही जहिले मेरो मस्तिस्कमा रहयो,आखिर उसले हाम्रो सम्बन्ध अन्त्य गर्नुको कारण के हो| यो प्रश्नको उत्तर खोज्न म कति भौतारिए आफ्नै सोचको संसारमा तर अह पाइन उत्तर|

जति सजिलै मैले उसलाई हुन्छ भनि फोन राखेर यो रात सुते, त्यसपछि को हरेक रात त्यतिकै नै गाह्रो हुदै गयो मेरो लागि| यो दिमागलाई थाहाछ अभ अभ उसको र मेरो सम्बन्धको अस्तित्व छैन तर यो मनले यो कुरा स्वीकार्न मान्दैन, त्यसैले आफै एउटा संसार बनाउछ यो मनले अनि उ फर्किन्छे कि भनेर कुरेर बस्छ| त्यो रात पछी कति रात उसलाई फोन गर्न खोजे तर उसको फोन जहिले अफ, कहिले त फोन लाग्ला भन्ने आशले यो मनले उसलाई फोन गर्न भने छोडेको थिएन| सम्बन्ध टुटेको पिडा थियो मनमा तर मलाई गार्हो पारेको चाही यो पीडाले हैन| मलाई गार्हो पारेको भनेको मेरो मन भित्रको प्रश्नले थियो, आखिर कारण के हो उसले सम्बन्धको अन्त्य गर्नुको| चितवनमा हाम्रो अन्तिम पल्ट भेट हुदा पनि मैले उसलाई यो प्रश्न गरेको थिए र उसको जवाफ थियो “समयले हजुरलाई उत्तर पनि दिन्छ र हजुरको मनको घाउ पनि पुर्दै जान्छ|” तर उसले भनिन त्यो समय कहिले आउछ, आखिर कहिले सम्म पर्खिने मैले त्यो समयलाई| पर्खेर बसौला रे त्यो समयलाई, तर उसले भनेको त्यो समय आएपछि कसरि थाहापाउने मैले उसले भनेको समय पनि यहि हो भनेर|

उनको साथको आशमा,निकै रातहरु भातको गास बिना ,खातको आडमा लास सरि नास भए| बिस्तारै मैले सबै कुराहरु त्याग्दै गए,पहिले भन्दा निकै फरक हुदै गए ,यो संसारिक बन्धनबाट अलग हुदै गए | बाटोमा कसैले देखे भने नचिन्ने भएको थिए,शरिर यहि थियो तर मेरो मस्तिस्क अनेकौ ठाउको भ्रमणमा हुन्छ अचेल | आखाको वरिपरी कालो दागले धेरेको थियो,मुहारमा कुनै चमक र भाव थिएन लोडशेदिंगको नेपाल जस्तै ,ओठ पनि काठमाडौँको बाटो जस्तै ठाउँ ठाउँमा खाल्टो हुदै थियो, पानिको मुहान जस्तै मेरो जिउ पनि सुक्दै जादै थियो | म यहाँ हरेक पल मर्दै थिए तर उसलाई कहिले केहि थाहा भएन,थाहा हुनलाई बोलचाल हुनुपर्छ र बोलचाल कहिले भएन|

उसंग फोनमा बोलेको अन्तिम रात पछी,खाना एक दाना हालेको थिन मैले |सधै बाहिरबाट खाएर आएको भनेर ढाट्ने घरमा | तर कफी भने अत्याधिक मात्रामा सेवन गर्दै थिए | खाना नखाएको सत्रौ दिनमा ढले म,बिस्तरबाट छठ सम्म पुग्न खोज्दा,भर्यांगमा ढले |बुवाले हस्पिटल सम्म लग्नु भएछ |घरमा पो झुक्याउन सजिलो,डाक्टरलाई नसकिने रैछ| मैले खाना नखाएको कुरा सबैलाई थाहा भयो | मलाई मर्न मन लागेको हैन तर बाच्ने इक्षा भने थिएन | अभ बाच्ने इक्षा नै नभएपछी,कुनै ओखतिले पनि नछुने रैछ | आज हस्पिटलमा भर्ना भएको पनि 21 दिन भयो | सुधार केहि थिएन बरु हरेक दिन म मृत्युको मुखमा पुग्दै थिए | हरेक बेला टाउको दुख्ने र रातभरी सुत्न नसक्ने,यहि थियो मेरो ठुलो बिमारी | कति नसालु ओखती दिए डाक्टरले तर कुनैले पनि छोएन मलाई, छोओस् पनि कसरि,उसको माया काट्ने कुनै ओखती नै बनेको छैन यो संसारमा | खाना पनि खाने बितिकै बान्ता हुने | शरीरमा रगतको मात्रा न्यून हुदै गयो |सबैले हार खाइसकेका थिए | उ मेरो प्रश्नको उत्तर दिन फर्किन्छे कि भन्ने झिनो आश थियो तर अभ मेरो सास रहने बेला सम्म त्यो सम्बभ छैन | उसको मायापनि पुग्यो अभ मलाई |अझै पनि पर्खाईमा थिए तर पर्खाको उसको भने हैन,पर्खाई मृत्युको थियो | मृत्यु पनि कति ढिलो आएको हो,अझै कति तड्पिनु मृत्युको लागि | मृत्युको पर्खाइमा कपि र कलमले साथ दियो मलाई,र आज म आफ्नु जिबनको अन्तिम पलहरु बर्णन गर्दैछु | आश गर्छु मेरो यो व्यथाको कथा सक्किनु अघि मृत्युले मलाई अन्गालोस |

The End

Previous article

Latest Posts