उ कोठा भित्र पस्नु,मैले उसको मुस्कान देख्नु र म रक्सीको मातले ढल्नु सबै एकैपल्ट भयो|६:३० मा ढलेको म, ११:३० मा आखा खुल्यो,त्यो बिचमा के भयो केहि थाहा छैन मलाई| याद भएको भनेको निष्ठाको मुहारको मुस्कान मात्र हो,जुन अहिले सम्म पनि मेरो आखा अगाडी छ| झस्किए एकैछिन,झालास्य याद आयो, निष्ठा पो आएको थि, के सोची होला मलाई यस्तो हालतमा देख्दा| जहाँ ढलेको थिए त्याहाबाट उठ्न खोजे, भुइमा नै ढलेको थिए, र उठ्दा पनि भुइमै थिए,तर मेरो टाउकोको सिरानी भने नरम थियो| पछाडी हेरेको. म उसको काखमा थिए, उसले छाडेर गएको भन्दा चाडै रक्सीले छाड्यो,यति भएपछी| थाहाछैन कति बेर, तर धेरै बेर सम्म हामि एक अर्काको आखामा हेर्दै थियौ| एकछिन शंखा लाग्यो,कहिँ यो मेरो कल्पना त हैन, तर मलाई जान्नु थिएन, यो कल्पना हो कि यथार्थ भनि| यथार्थ भए मलाई यो पल कहिले नाबितोस हुदै थियो र कल्पना भए मलाई यो कल्पनाबाट निक्लिनु थिएन|
रक्सीको नसामा थिए म तर एउटा कुरा चाही बकाइदा याद थियो, रक्सि अझै बाकि थियो बोतलमा, अहिले हेर्दा बोतल खालि थियो| अभ पक्का भए, यो मेरो कल्पना हैन,निष्ठा साची मेरो अगाडी छे| मैले बाकि राखेको रक्सि उसले सकिछे, उसको आखामा पनि मेरो आखामा जस्तै रक्सीको नसा त थियो तर त्यो भन्दा पनि धेरै थियो पीडाको आशु| उठ्न खोज्दै थिए म तर फेरी निष्ठाको काखमा आफ्नु सिर लगेर बिसाए| स्वर्ग नै थियो उसको काख, नमरिकन स्वर्ग देखे मैले,सायद पहिलो मान्छे हुनु पर्छ म नमरी स्वर्ग देख्ने| जहिले म उसको कपाल खेलाउने गर्थे, आज उसले आफ्नु औलाहरु मेरो कपाल बीच लगेर मेरो कपाल सुमसुम्याउदै थि| मैले कोल्टो भेरे र उसको मुहारमा हेर्न लागे, एकछिन हेर्दै थिए, उसको आखाबाट आशुको दुइ थोपा मेरो गालामा आएर खसे| त्यसपछि दुबैले एकअर्कालाई अन्गालो हालेर हामि घ्वा घ्वा रुन लागेउ|
कति बेरसम्म एकअर्काको अंगालोमा थिएउ हामि,थाछा छैन मलाई| मनमा भन्ने कुरा धेरै थिए जुन आखाले प्रस्ट दर्साउदै थियो तर बोलि फुटेन,न उसको मेरो| एकअर्कालाई हेरेर नै बित्यो केहि थप पलहरु|
“के गरेर बसिस्,म उठ्ने बेलासम्म|”
“हजुर जे गरेर बस्नु भएको थियो,त्यहि गरेर|”
“घर जानु पर्दैन त?”
“हजुरलाई यसरि छाडेर जान सकिन|”
“तलाई पनि छाडेर जान यति गार्हो हुन्छ र|”
“नहुने भए म यहाँ हुन्थिन|”
“गाह्रो हुने भए किन छोडी जानु त |”
“संगै भएर सधै झन् गाह्रो हुनु भन्दा,छुट्टिएर एकछिनलाइ गार्हो हुनु ठिक|”
“तलाई ठिक लागेको कुरा सबैलाई ठिक लाग्छ भन्ने छैन|”
“मैले कहिले पनि आफ्नु लागि मात्र सोचेको हैन,मेरो निर्णय दुबैको लागि हो|”
“तर किन दुबैको खुसि छैनौ हामि?”
“आज खुसि नभए के भयो|यति बुझ्नुस् हजुर सुन्दर बर्तमान र भत्किएको भबिस्य भन्दा भत्किएको बर्तमान र सुन्दर भबिस्य राम्रो हुन्छ|”
“तैले भबिस्य सोचेर जे कदम चालिस्,त्यसले अभ मलाई जहिले अतितको गुलाम बनाउने भयो|”
“त्यस्तो कुरा नगर्नु न, हजुरले भनेको हैन हिजो,बानि हो,नया बस्छ|”
“बानि नया बस्ला तर त मेरो जीवनको आत्मा होस्,कसरि नया आत्मा खोज्नु मैले|”
“कहिले पो सकेको छु मैले हजुरसंग बोलेर, यति भन्छु हजुरलाई बानि बस्छ बिस्तारै ” यति भनेर उ जान लागि कोठाबाट बाहिर तर मलाइ जान दिन मन थिएन उसलाई| उसको हात ताने र फेरी आफ्नु अन्गालोमा कसे|
“म अभ जान्छु,छोड्नुस| म जति हजुरसंग हुन्छु,हजुरलाई मलाई भुल्न त्यति गार्हो हुन्छ|”
“तैले नबुझेको हो,मैले भुल्न नसकेको हैन भुल्न नचाहेको हो|”
“हजुरको चाहना,मैले के भन्न सक्छु र !”
“तैले केहि भन्नु पनि पर्दैन|” यति भनेर मैले आफ्नु ओठ उसको ओठमा जोडे| उसले प्रतिकार गर्नु पर्ने थियो तर उसले सधै जसो आखा चिम्ली दि, यो उसको सहमति थियो| म उसको नशामा डुब्न पुगे एकपल्ट,उ पनि लठ्ठ थि| उसले जहिले भन्थी,तपाइको स्पर्शमा जादु छ, हजुरको हरेक स्पर्शले मलाइ हजुर सामु समर्पित हुन बाध्य बनाउछ| उसले भने जसरि उ पग्ली मेरो अन्गालोमा आएर र सधै जसो मेरो ओठले उसको ओठ देखि उसको स्तनसम्मको यात्रा तय गर्यो| मनको धेरै कुराहरु बाकि थियो खोलिन तर शरीरको कपडा भने कुनै संकोच बिना खुल्दै गयो| उ कुनै मदिरा जस्तै थि,जो पहिले देखि तरल थि तर नशा भने भरपुर थियो उसमा| म चाही बरफको टुक्रा,उसमा चोबिन पुगे र मिसिदै गयौ हामि एकअर्कामा र एक भयौ हामि| सहि र गलत छुट्याउन सकिन तर यति भने थाहा थियो यो सहि नहोला तर गलत पनि थिएन| रात काट्दै गयो, र हामि अनेकौ पल्ट एक अर्काको साथमा रम्दै गयौ| कुन बेला निदायौ हामि,मलाई केहि पत्तो छैन|
उठ्न केहि ढिलो भयो, छेउमा उ छे सोचेको तर उ गइसकिछे| फोन लगाए उसलाई तर फोन अफ| एकछिनलाई हैन उसको मोबाइलदिउसो भरि अफ नै थियो| साझको गाडी चढे र लागे म पनि काठ्मान्डुतिर| बाटो भरि कतिपल्ट प्रयास गरे उसलाई फोन गर्न तर उसको मोबाइल कहिले अन् भएन| काठमान्डू बिहान पुगे र बेलुकासम्म उसलाई नै फोन गरेर बसे तर अफ जहिले| रातको १० बजेको थियो, यो पल पनि मेरो मानसपटलामा कहिले नमेटिने गरि छापिएको छ| निष्ठाको फोन थियो र…
