इन्टर्नशिप सकियो र हाम्रो जागिर पनि त्यहि पक्का भयो| यो तिन महिनामा अफिसमा केहि मिल्ने साथि पनि बनेका थिए, कुरा मिल्ने साथि बने भनेको,शोभा जस्तो मन मिल्ने हैन| एउटा कुरा पहिलेबाट तय भएको थियो,यदि हाम्रो जागिर पक्का भयो भने, मैले र प्रकाशले “लाइम एण्ड लेमन लाउन्ज” लग्नु पर्ने तिनी ४ ५ जना मिल्ने साथीलाई| हामीले पनि त्यो कुरामा सहमति जनाएको थियौ, आखिर खुसीको कुरा पो हो|
शुक्रबारको साझ,अघि भनेको जस्तै म,प्रकाश,अनि बाकि अफिसका 4 जना मिलि “लाइम एण्ड लेमन लाउन्ज” गयौ| बुटवलको निकै चहल पहल भएको ठाउ मध्य एउटा ठाउ हो यो| त्यसैले सके जति राम्री हुन खोज्दै छु म, निलो वान पिस,अनि खैरो चन्की हिल स्यान्डल, हातमा रुबिको औठी, अनि निलो रंगको क्लच ब्याग,यसरि नै तैयार भए| ओठमा लिपस्टिक,अनुहार र घाटीमा थोरौ फाउन्डेसन, आखामा गाजल र निलो रंगको नै नेल पालिस,यति भन्न चाही भुलेको मैले| हामि छ जना पुगेउ हाम्रो गन्तब्यमा, ६ जनामा एक जना मात्र केटा,प्रकाश,उसले आउदिन त भन्दै थियो तर मेरो जिद्दीको अघि उसको केहि लागेन|
जाने बित्तिकै सबैले केहि न केहि मगाए र एउटा वाइनको बोतल पनि खुल्यो| त्यो वाइनको बोतल संगै एउटा पछी अर्कोकुरा पनि खुल्दै गयो र गफै गफमा अझ केहि नजिकिए म त्यहा भएका संग| गफ थपिदै गयो र गफ संगै अर्को वाइनको बोतल पनि थपियो| मैले भने,म वाइन हरु केहि खान्न भनेर? हामि ६ जना मध्य,५ जना झ्याप थिए र झ्याप नभएको म मात्री एउटा|
“तिमि र प्रकाश रिलेशनमा हो?” त्यहाँ मध्य एउटा साथीको मुखबाट यति प्रश्न निक्लियो, प्रकाश झ्याप थियो र उ उत्तर दिने स्थितिमा थिएन| मैले जवाफ दिनै पर्ने भयो यो प्रश्नको, तर साथीको मुखबाट निक्लिएको प्रश्नको उत्तर मेरो मुखबाट ननिक्लिदै,साथीको मुखबाट भोमिट निक्लियो| सबै साथि कोहि उसलाई समाउन ब्यस्त,कोहि सफा गर्न,धन्न मैले केहि उत्तर दिनु परेन| ९ बजे तिर सबै निक्लीयौ त्यहाबाट,अफिसका 4 जना केटि ट्याक्सी मै गए घर| प्रकाश त्यहि नजिक साथीको जान्छु भन्दै थियो दिउसो,तर अहिले चाही म संग नै छ|
“तिमि घर जाने हैन?” उसलाई मैले दिउसो नै भनेको थिए म घर जान्छु भनि,झ्याप भएर बिर्सिएछ प्रकाशले|
“जाने हो नि|” फेरी पाएँ एकपल्ट भने मैले|
“राति भयो नि,के मा जान्छौ?” यो चाही भनेको थिन मैले,उसले सोध्नु स्वाभाविक नै हो|
“साथि लिन आउदै छे,उसै संग जान्छु?” शोभालाइ लिन आइजे भनेकी थिए मैले|
“साथि कि ब्वाइफ़्रेन्ड?” बौलायो कि के हो प्रकाश, मनमा जे आयो त्यहि बोल्छ त|
“हैन साथि नै हो,ब्वाइफ़्रेन्ड स्वाइफ्रेन्ड केहि हैन|” अचानक रिस उठ्यो मलाई|
“जिस्केको हौ म|” त्यति झ्याप भएपनि,रिसाए भनि बुझ्यो उसले|
यतिकैमा शोभा पनि आइ र लागे म घर तिर| आज शोभा मेरोमा नै बस्ने कुरा थियो र त्यहि भयो| शोभा संग कुरा गर्दै थिए,त्यतिकैमा रातको ११ बजे तिर प्रकाशको फोन आयो|
To be continue…
