हो शोभाले सहि भनि, मेरो कथा उसलाई,मलाई ,र अझै दुइ जना बाहेक कसैलाई थाहा छैन| त्यो थप दुइजनामा मध्य एक जना प्रकाश हो,र अर्को एकजनाको नाम चाही लिन्न म,त्यो एक जना म जस्तै पिडित नै हो| सुन्ने हो मेरो कथा?
<<<>>>
कुरा लगभग २ वर्ष अघिको हो, कलेजको अन्तिम सेमेस्टर थियो, 3 महिने इन्टर्नशिपको लागि एउटा अफिसमा कुरा पक्का भएको थियो| हुन त म संगै,मेरो दुइ जना साथीले नि कोशिस गरेका थिए तर उनीहरु छानिएनन्| पहिले भनेकी छु है मैले, मलाइ कहिँ पनि कोहि संग पनि मिल्न लाइ सुरुको दुइ तिन दिन गाह्रो हुन्छ, यहाँ पनि मेरो हालत उही नै थियो| वरिपरी मान्छे धेरै थिए तर मिल्ने कोहि नाई|
3 दिन भयो म त्यहा गएको, ठ्याक्क तिन दिन, त्यो अफिसमा एउटा नया अनुहार देखे, त्यो अनुहार अफिसको लागि नया थियो,मेरो लागि हैन| उसको नाम प्रकाश हो, मेरो प्लसटु को साथि| प्लसटु बेला खासै बोलिएन, अहिले पनि खासै गफ हुन्न्| अरु बेला खास नलाग्ने मान्छे,जब आफु हजारको भिडमा एक्लो हुन्छौ, त्यस बखत त्यो मान्छे पनि खास लाग्ने रैछ| प्रकाश पनि त्यस्तै भयो मेरो लागि, हामीले कलेज देखि अहिले सम्म जति बोलेको थिएनौ,त्यति हामीले अफिसको सुरुको पहिलो हफ्तामा बोलेउ|
चिया देखि खाजा सम्म, प्रकाश र म सधै संगै नै हुने गर्छौ,हामि पहिले भन्दा केहि नाजिकेको छौ| बिहान घरबाट निक्लिनु अघि फोन हुन्थियो सुरुमा,त्यसपछि बिहानीको सुरुवात नै उसको फोन बाट हुने,त्यसपछि बोल्दा बोल्दै मध्यरात सम्म पनि जाग्ने हामि| अफिसमा सिमित रहेनौ हामी, सुरुमा मेसेजमा थप कुरा हुन लाग्यो, अनि फोनमा,त्यसपछि बिस्तारै शनिबार पनि भेट्न लागेउ,यसरि अफिस जान लागेको पनि दुइ महिना भयो| तर हामि साथि मात्र हो है,गल्ति सोच्न नपाइ|
“तिम्रो आवाज यो चिया जस्तै छ, थाहा छ तिमीलाई?अनि मेरो बिस्कुट जस्तै|” एकदिन अफिसमा चिया बिस्कुट खादै गर्दा उसले भन्यो|
“किन र?” अभ मैले बुझिन,सोध्ने पर्यो|
“किन भने जब जब तिम्रो आवाजमा मेरो यो मन डुब्छ, यो चियामा चोबेको बिस्कुट जस्तै नरम हुन्छ|” हामि साथि मात्र भएपनि गफ चाही अलि बेग्लै हुन्छ|
“धेरै बेर चोब्नु नि हुन्न, नत्र न मुखमा आउछ न हातमा नै|” म भनेको म हो, जे कुराको नि उत्तर तैयार हुन्छ म संग|
“जुन मज्जा हासी हासी डुब्नमा छ,त्यो मज्जा तिमीलाई के थाहा|” हैन उसले के भन्न खोजेको|
“माया डुब्ने कुरा के गर्छौ,हेर्दै खेरि ननुहाएको १ महिना भयो जस्तो लाग्छ,पहिले नुहाउ|” उसको कुरा घुमाउन एकछिन हम्मे हम्मे पर्यो,जिस्किदा जिस्किदा कुरा कहा लग्छ लग्छ|
इन्टर्नशिप सकियो र हाम्रो जागिर पनि त्यहि पक्का भयो| ….
For part 17,inbox me…
To be continue..
