यति दिन माया गर्दै आएको,मलाई जस्तो गाह्रो उसलाई पनि हुदो हो,माघ १२ गते रातको १० बजे फेरी फोन गरि| एकछिन भएपनि मनमा झुठो आशा पलायो उ फर्किन्छे कि भनेर| झुठो के भन्नु, आशा पलायो, साचो हो कि झुठो मैले फोन उठाएपछि थाहा हुन्छ| तर फोन उठाउने कि नाई भनेर सोच्न गार्हो भयो,फेरी सोच्ने समय पनि धेरै थिएन,४० सेकेन्ड मात्र,नत्र फोन कट्थियो| फेरी यस्तो बेला फोन गरि उसले, चुरोट तान्नलाइ बाहिर निक्लिएको थिए| अहिले सम्म उल्लेख गर्न बिर्सेछु,चुरोट पनि तान्छु भनेर तर रक्सि खाको बेला मात्र,त्यो पनि साथिहरुसंग छ भने मात्र| तर आज अचानक चुरोट तान्न मन लाग्यो फेरी,त्यसैले हाकिम चोक निक्लिएको थिए| धेरै सोच बीच उसको फोन उठाउने निर्णय गरे|
“के गर्दै हो हजुर?”
“चुरोट तान्दै छु|”
“हजुर चुरोट खानु हुन्न त|हैन र?”
”खान लागे अभ| बानि नै त हो|”
“हिजो सम्म यो बानि थिएन|एकदिनमै बानि लाग्छ र?”
“लाग्दो रैछ|हिजो सम्म त बिना बाच्ने बानि पनि त थिएन,त्यो बानि पनि बसाल्दै छु|”
“जे मन लाग्छ त्यहि गर्नुस् हजुर|”
“त बाट नै सिकेको हो|”
“हजुर संग बोलेर सक्दिन म|”
“,मेरो जीवन त सकेर गइस् नि, बाकि त के केवल याद छोडिस्”
“हजुर कस्तो हो के?”
“जस्तो तैले बनाइस्,जस्तो तैले छाडेर गइस्,त्यस्तै|”
“हजुरलाई बोल्न मन छैन हो?”
“मन त के के छ, तर मन भएको कुरा कहाँ हुन्छ र!”
“भयो के भयो,हजुरले रक्सि खाएको हो?”
“म साथिहरुसंग मात्र रक्सि खान्छु,थाहा छ त तलाई|”
“हजुरको साथीहरु पनि धेरै छन् नि, के थाहा साथीको मै हो कि हजुर|”
“साथीहरुधेरै छन्,तर चितवनमा कोहि छैनन्|”
“हजुर चितवनमा हो र?”
“अह,अस्ति आएको थिए|”
“किन आएको?”
“सबै कुरा तलाई भन्न जरुरि छैन र तलाई पनि सबै कुरा सोध्ने अधिकार छैन|”
“मैले फोन राखे त्यसो भए|”
“ल हुन्छ| खयाल राख आफ्नु”
थाहा छ उसले रिसाएर फोन राखेकी हो तर मलाइ मतलब थिएन| उनी बिना मेरो अस्तित्व साचो हराएको ताला झैँ भएको छ | थाहाछ काटिनु छ र तैयार छु हासी हासी काटिन | बिडम्बना यति मात्र छ, एकैपल्ट हैन,बिस्तारै बिस्तारै रेटी रेटी काटिनु छ यहाँ | दुइ कप चिया संग 4 खिल्ली चुरोट पनि सकियो|मान्छेको नाम र स्वभावमा किन यति धेरै अन्तर हुन्छ,उसको नाम मात्र निष्ठा थियो तर उसले गर्दा अभ मलाई कहिले पनि मायामा निष्ठा नरहने भयो| आखिर कसले छोड्छ आफुले माया गर्ने मान्छेलाई,त्यो पनि कुनै कारण बिना,कसको मन रुदैन होला यति हुदा|
निष्ठाले किन हो एकैछिनमा फेरी फोन गरि तर मलाइ उसंग बोल्न नै मन थिएन र उठाइन पनि उसको फोन| होटेलमा पुगे तर पुग्नु अघि 4 खिल्ली चुरोट र एउटा रक्सीको सानो बोतल पनि लिगे| पिउन त मैले रक्सि नै पिउदै थिए तर यो रक्सि भन्दा उसले दिएको नसा अलि तितो लाग्यो र उसले धेरै पहिले सोधेको एउटा प्रश्न आयो दिमागमा| उसले हास्दै सोधेकी थि “लेखक ज्यु,मिठो र नामिठोमा के फरक छ|” र मैले मैले हास्दै फर्काएको थिए “तैले मलाई छाडेर गइस् भने, त संग बिताएका पल मेरो लागि मिठो सम्झना हुनेछ र त चाही नमिठो धोका|” यति भनपछी उसले मलाई कहिले छाडेर नजाने कसम पनि खाकी थि तर त्यो कसम खै के भयो|
अर्को कुरा अचम्म लागेर आयो, चुरोट तानेपछि त धुवा बाहिर निक्लिनु पर्ने हो नि, तर आखाबाट आशु चाही किन आएको होला| आखामा आशु थियो तर त्यो आशुहरुले निष्ठासंग बिताएका पुराना पलहरुलाई छेक्न सकेन मेरो आखा अगाडी आउनबाट| एक एकपल सम्झिदै जादा,आशुको थोपा झन् खस्न लागे आखाबाट| यतिकैमा फेरी निष्ठाको फोन आयो र न उठाईकन बस्न सकिन|
