एक एकपल सम्झिदै जादा,आशुको थोपा झन् खस्न लागे आखाबाट| यतिकैमा फेरी निष्ठाको फोन आयो र न उठाईकन बस्न सकिन|
“हजुर साची चितवनमा हो?”
“त संग मैले कहिले झुठो बोलेको छु र?”
“छैन,त्यहिपनि किन आउनु भएको?”
“जसको कारणले मेरो मुहारमा मुस्कान ल्याउथियो, उसको मुहारमा मुस्कान हेर्न आको थिए ।”
“हजुर मलाइ भेट्न आउनु भएको?”
“भेट्न तलाई नै आएको हो तर चोट भेटेर बसेको छु।”
“ह्या यस्तो कुरा नगर्नुस् न।”
“यस्ता बाहेक अभ अरु कुरा नै छैन ।”
“हजुर झ्याप हो?”
“नाइँ म बिश्वास हो।”
“को को हो हजुरसंग चितवनमा।”
“म अनि तेरो यादहरु ।”
“भयो पिलिज़ यस्तो कुरा नगर्नुस् न।”
“तलाई के हुन्छ र।”
“नराम्रो लाग्छ, अनि एक्लै बसेर रक्सि खाएको?”
“तैले जीवन भरिको साथ दिन्छु भनेर झुठो आश दिस् ,यो रक्सि र यो गिलासले एकछिन क्षनिकको तर साँचो साथ दिन्छु भन्यो। यति साथ पाउदै छु भन् कसरि भए म एक्लो?”
“रक्सिले मार्छ हजुरलाई कुन दिन।”
“यो रक्सीले मार्नलाई तैले मार्न बाकि राखेको छस् र?यस्ले अभ यो मरेको मान्छेबाट आत्मालाई मोक्ष दिदै छ।”
“अभबाट कहिले नखानु र।”
“तैले भनेको कहिले पो नमानेको छ र मैले। भोलिबाट खान्न।”
“भोलि भेट्ने हो ?”
“फेरी मार्न खोजेको हो?”
“ह्या भेट्ने कि नाइँ भन्नु ?”
“हुन्छ,तर कहा?”
“म भोलि नै भन्छु,ल अहिले राख्छु ल।”
उसले फोन राखी र त्यसका साथ एउटा सानो आशाको बिउ पनि छरेर गइ । आखिर के चाही खोजेकी उसले,मैले बुझिन र रक्सिले बुझ्न पनि दिएन ।
