Part 27

म शोभासंग रिसाएपछी,अब उ संग फेसबुकमा आज बोल्ने कुरै भएन| अभ के गर्ने भन्दा प्रकाशलाइ फोन गर्ने,मैले नि त्यहि गरे| प्रकाशले पनि फोन उठाएन,फेरी एकपल्ट गरे तर फेरी पनि उठाएन,रिस उठ्यो अभ उसंग पनि, रिसाएर यत्रो लामो मेसेज लेखेर पठाए फेसबुकमा| मैले उसलाई खाना खानु अघि फोन गरेर गएको थिए, जुन उसले उठाएन| म खाना खाएर,भान्साको अरु काम पनि सकेर आइसके तर उसले न फोन गरेको रैछ न मेसेजको रिप्लाई नै| फुलेर बसेकी थिए म, प्रकाशले फकाउला कि भनेर,निदाईछु,मेरो बानि,मोबाइल चलाउदा चलाउदै निदाएको पत्तो नहुने|

निन्द्रा बिहानको 3 बजे खुल्यो,त्यो पनि मेरो घातिले पानि मागेर मात्र हो| प्रकाशको 4 वटा मिसकल थियो, सायद फकाउन फोन गरेको होला उसले,म भने निदाको थिए| फेसबुकमा यति लामो मेसेज लेखेको थियो उसले, त्यति पढेपछी मेरो रिस दरबार हत्याकाण्डको प्रमाण जस्तै कहाँ हरायो हरायो|
प्रकाशले लेखेको थियो: “मन तिमीलाई पहिले देखि नै पराउथिए तर भन्ने आट थिएन| आट न आएपछि अब के गर्ने भनि सोच्न लागे र एउटा प्रेमपात्र लेखे| तर यो रक्सि भन्ने चिज पनि कस्तो, न भएको आट कहाँ बाट ल्याईदियो म भित्र र प्रेम पत्र दिन पाइन तिमीलाई| त्यहि नि पढ है मैले के लेखेको थिए| << सक्दिन झार्न त्यो तारा र चन्द्रमा,सक्दिन झुटो कसम खान जिबनको अन्त्यमा | सधै संगै बाच्ने मन त मलाई पनि हुदो हो, सम्बन्धको अन्त्य सोच्दा मन त मेरो पनि रुदो हो | तर कसरि झुठो बाचा र कसम दिन सक्छु र म| सधै संगै त भन्न सक्दिन,तर जब सम्म बाच्छु तिम्रै लागि हुनेछ जिबन यो, जिबनको अन्त्य आओस,तर तिम्रै लागि होस् मेरो निधन यो | मुहारमा मुस्कान तिम्रो,हास्दा तिमीले निच्च लाग्छ सबै ठिक छ | हो त्यो मुस्कानको कारण म सधै हुनेछु, आसु आउन दिन्न भन्दिन तर तिम्ले नभने नि सबै बुझ्नेछु | तिमीले घर त्याग्छौ,थर फेर्छौ,आफ्नै परिवारसंग पर हुन्छौ तर सुनन यो घर पनि हाम्रै त हो नि,यो थर पनि हाम्रै त हो नि,यो परिवार पनि हाम्रै त हो नि,अनि त्यो परिवार पनि हाम्रै त हो नि | तिमि यताको बुहारी भएर आयौ,म पनि उताको छोरा जस्तै बन्छु नि त,जसरि तिमि मलाई आफ्नै मान्छौ,म पनि तिम्रोलाई आफ्नै गन्छु नि त | सुखमा साथ नदिने कुरै हुन्न,दुखमा साथ् दिनु मेरो कर्तब्य हो, सुरुवात जसले गरोस तर संगै पुगौला गन्तब्य त्यो |आखा भिज्ला कहिले मैले गर्दा तर मन कहिले बिजाउदिन, मन दुखाउलाउ तिमीले तर विश्वास गर तिमीमाथि कहिले चिच्याउदिन | खाना तिमि पकाउनु भाडा मेरो जिम्मा भयो, घर तिमि हेर्नु लुगा मेरो जिम्मा भयो, आखिर हामि एउटा रथको दुइ चक्का पो हो त, ठट्टा गरेको हैन यो कुरा पक्का पो हो त | अभ आयो कुरा मायाको चिनोको, त्यो पिडा बाड्न त सक्दिन तर त्यो पिडाबाट म भाग्न नि सक्दिन | तिमि असह्य पिडामा तद्पिन्छौ,तिम्रो पीडा देख्दा म पनि त तद्पिन्छु नि | पिडा बाड्न त सक्दिन तर साथ् र माया दिन त सक्छु नि | धेरै कुरा अझै छ बाकि भन्न लाई,तर बाकि त तिमि पनि आफै बुझ्छौ नि,मात्र यति सोध्नु छ के तिमि मेरो हुन्छौ नि ? >>

अन्त्यमा आउने शनिबार फुलबारी जाउ है भनेको थियो उसले |आखा रसाएपनी,मुहारमा मुस्कान नै थियो मेरो| मैले उ जस्तो लेख्न नजाने पनि,उसले भेट्ने भनेको शनिबारलाई हुन्छ भने र उसको लागि एउटा केहि उपहार लिनुपर्छ भनि सोच्न लागे| सोच्दै थिए र याद आयो,म शोभा संग रिसाकी पो छु,अभ उ नभई भने म कोसँग गएर किन्नु गिफ्ट| अभ उसले कहिले फकाउदीन थाहाछ,अभ आफै लाज पचाएर बोल्न जानु पर्ने भयो शोभा अघि|

Previous article
Next article

Latest Posts