अब शोभाले मलाइ फकाउदिन थाहाछ,आफै लाज पचाएर जानु पर्ने भयो शोभा संग ,सधै जस्तै| बोल्नासाथ शोभालाई प्रकाशले मलाई जे पठाएको थियो,त्यहि पठाए|
“तेरो बोइफ्रेन्ड कस्तो स्विट के!” म भन्दा धेरै मख्ख उ पर्दै थि|
“मैले पनि भर्खर भर्खरै थाहा पाए|” प्रकाशले यति राम्रो लेख्छ भन्ने कुरा भर्खर थाहा पाएको हो मैले पनि,यति राम्रो लेख्छ परको कुरा हो,लेख्छ भन्ने पनि थाहा थिएन मलाई|
“धेरै कुरा होला तैले थाहा नपाएको,तर्सिलास्|” हजुरहरुले पढदा यो वाक्य सामान्य लाग्दो हो,तर शोभाले के भन्न खोजेकी म चाही मज्जाले बुझ्दैछु, उ अलि बेसी छिल्लिएकी छे|
“चुप लाग,तेरो अरु केहि काम छैन है|केटि हुदा यस्तो छस्,त केटा भएकी भए,के गर्थिस होला|” उसलाई मैले जहिले भन्ने कुरा यहि हो,सच्चि उ केटा भएकी भए,उसको नाम नै बोका हुन्थ्यो होला|
“अनि शनिबार जाने भइस् कि नाई?” उसले यो प्रश्न कुन बेला सोध्छे भनेर पर्खेर बसेकि थिए म, र उत्तर पनि म संग तैयार नै थियो|
“जान्छु नि,बरु सुन्न उसको लागि केहि लग्न मन छ,के लगु?” यहि हो मैले तैयार पारेर राखेको उत्तर|
“त आफै जा,अनि जे लिन मन छ ले भन्नु नि|” शोभाको यो बानि,कुनै बेला ठिकै हो जिस्किने पनि,तर उ बारम्बार जिस्किन खोज्छे|
“तलाई पार्टी चाहियो कि नाई?” मलाई थाहाछ उसलाई यति भनेपछि,उ फेरी आफ्नु पाथमा फर्किन्छे|
“हुन्छ,त आज अफिसबाट निक्लिदा मलाइ फोन गर,अनि संगै जाम्ला तेरो बुढोको लागि केहि किन्नलाइ|” सोचेको जस्तै उ फेरी लाइनमा आइ तर प्रकाशलाई मेरो बुढोले,अहिले सम्म मैले भनेकी थिन प्रकाशलाई बुढो भनेर,उसले प्रकाशलाई मेरो बुढोको तक्मा दि| उसले भनेको जस्तै अफिसबाट निक्लिनु अघि उसलाई फोन गरे र हामि दुवै गएर प्रकाशको लागि एउटा घडी लिदिए| घडी ३६०० को लिएकी थिए,भन्न त ६००० भन्दै थियो,म मात्र भएकी भए,त्यो घडी ६००० मै किन्थे,त्यसैले शोभालाई लागेको,२४०० घटाई उसले| घडी किनेपछि गयौ हामि मैले उसलाई बाचा गरेको
जस्तै पार्टी खान, ११०० को बिल,१३०० अझै फाइदामै छु म|
अफिसको कुरा खासै भन्न मन लागेन,जहिले त्यहि त हो नि,गफ गाफ,कहिले जानी जानी कहिले झुक्किएर हात समाउने, उसले हरेक बेला क्यान्टिन जादा मलाई चकलेट ल्याइदिनि, कहिले म उसको ठट्टा गर्नेकहिले उसले मलाई गिज्याउने, तर यति भएपनि अफिसमा कसैलाई केहि थाहा छैन हाम्रो बारेमा,किन कि हामि पहिले पनि यस्तो नै थियो,अहिले आएर यस्तो भएका हैनौ|
हेर्दा हेर्दै उसले भनेको र मैले पर्खेर बसेको शनिबार पनि आयो,र फुलबारीले हामीलाई पर्खेर बसेको थियो| १२ बज्न लागेको थियो,हामि फुलबारी पुग्दा| फुलबारी चाही मलाई बुटवलको “गार्डेन अफ ड्रिम्स” जस्तै लाग्छ, जोडीहरु यता उता छरपस्ट हुने,मानौ रत्नपार्कमा पाइने १०० मा ३टा पाइने मोजा जस्तै| त्यो हुलमा म अनि प्रकाश पनि एक भयौ तर अलि अलग भएर| सामान्य गफ हुन लाग्यो र केहि भूतका कुरा भए भने केहि भबिस्यका| यस्तैमा रम्दै थियौ हामि दुवै| लगभग 3 घण्टा बसेउ हामि त्यहाँ र उ यसबीच 4 पल्ट टवाइलेट गयो,धेरै नै सन्चो भएन जस्तो लाग्यो| तर उसको बोलि ठिक नै थियो,सिधै सोध्न मन लागेन र एउटा तरिका आयो दिमागमा|
“तिम्रो घरमा टवाइलेट छैन हो?” यहि हो मैले सोचेको र सोचे पछी उसलाई सोधेको तरिका|
“छ किन नि?” उसले के भन्छ भनेर मैले पहिले नै सोची सकेकी थिए र उसले पनि ठ्याक्कै त्यहि नै भन्यो|
“अनि आए देखि टवाइलेट गको गइ छौ|” बल्ल म आए आफुले भन्न खोजेको कुरामा|
“त्यस्तो केहि पनि हैन, |” उसले अरु केहि भन्न खोज्दै थियो तर बिचमै रोकियो,किन थाहा छैन र मलाई खासै जान्ने इक्षा पनि रहेन| किन कि मेरो दिमागमा अरु केहि चल्दै थियो|
“त्यसो भए मैले बुझे|तिमीलाई मेरो माया भन्दा बेसी टवाइलेट लाग्दो रैछ|” हो यहि थियो मोर दिमागमा|
हाम्रो सम्बन्ध राम्रो नै जादै थियो, हेर्दा हेर्दै १ बर्ष पनि बित्यो| यो एक बर्षमा एक पल्ट पनि,कस्सम एक पल्ट पनि हाम्रो झगडा नै परेन| मैले जे भने पनि उसले नाई नभन्ने,त्यसैले होला| घुम्न पनि सामान्य रुपमा नै गइन्थियो,उसले ४ ५ चोटी प्रस्ताभ पनि राख्यो,शारीरिक सम्पर्कको लागि र हरेक पल्ट मैले सिधै हुन्न नै भन्थिए| थाहा छैन किन ,सायद नेपालि सोच भएर पनि होला, तर बिहे अघि मलाई यस्तो कुराहरु उचित कहिले लागेन| जिस्किनु आफ्नु ठाउमा छ,ओठ जोडिनु पनि सामान्य नै लाग्छ तर शरीर जोडेर एक अर्कामा लिप्त हुने कुरा चाही,अह हुन्न म संग,हुदै हुन्न|
यता सम्बन्धमा गासिएको एक बर्ष कट्दा पनि,अफिसमा कसैलाई केहि थाहा नदिन हामीले कम मिहिनेत गरेउ र सफल पनि भयौ| तर एकदिनको कुरा हो, म अनि प्रकाश हिल पार्क गएका थियौ र घुमी रहेको बेला सुस्माले देखि|
