Part 30

तर अब सुष्माले के भन्न जादै छे त्यस्तो जुन मलाइ थाहाछैन,सुस्मालाई के त्यस्तो कुरा थाहाछ जुन मलाइ थाहाछैन| शोभाले मलाई जे भन्न जादै छे,के त्यो कुराले मेरो र प्रकाशको सम्बन्धले अर्को मोड लिन्छ? शोभाले केहि भन्नु अघिनै मेरो मन आफुमा नै हजारौ प्रश्न बीच घेरियो र त्यसको उत्तर पनि आफै दिन लाग्यो|

“तैले एउटा कुरा बिचार गरेकी छेस्,प्रकाश घण्टा पिछे टवाइलेट जान्छ|” सुष्माले आखिर के चाही भन्न खोजेकी बुझ्न गाह्रो हुदै थियो|

“अह,के भयो त?” उसले सबै प्रश्नको उत्तर दिन्छे भनेको,झन् मलाई अन्योलमा पुर्याउन लागि त|

“लाटी त केहि बुझ्दिनस,मैले ५ ६ चोटी सुनेको छु त्यो टवाइलेटमा अरु केटिसंग बोलेको,अस्ति भर्खर पनि सुनेकी छु| म अफिसमाछु फोन नगर भनेको हैन,म घर गएपछि बोल्छु नि माया,यस्तै धेरै कुरा भनेको सुनेकी छु,त्यो तलाई पक्कै पनि भनेको हैन होला|” सुस्माको हरेक शब्दसंग म नमज्जाले टुटे, मानौ सुस्माको हरेक शब्द ढुंगा थियो र म सिसा| शब्द नै आएन मेरो मुखमा कुनै| मेरो आखा अघि प्रकाश आउन लाग्यो र सुष्माले भनेको हरेको शब्द पनि,आखिर बल्ल बुझे मैले उ हरेक घण्टा टवाइलेट जानु पछाडीको सत्य|

“तलाई याद छ कि नाई,मैले अस्तिनै हामि घुम्न जादा प्रकाशलाई नलग्ने भनेको,यहि कारण हो| ” मैले केहि बोल्न नाजानेपछी,सुस्माले अझै थप्दै गइ| सुस्माको हरेक शब्दले मलाई पुराना टुक्रा जोड्न सहयोग गर्दै थियो, त्यो टुक्राहरू जुन सधै प्रकाशको झुठको पछि लुकेका थिए|

“अब के गर्ने?” यो मेरो प्रश्न शोभा जति कसैले पनि सुनेकी छैन तर आज सुस्माले सुन्दैछे|

“के गर्छस्,नबोल त्यो संग,गालि गर कि म गरु|” सुस्माले केहि नि गलत भनेकी हैन,साथि जो परि मेरो तर एकपल्ट भएपनि मलाई प्रकाश संग बोल्न मन लाग्यो,आखिर प्रकासले किन मलाई यति प्रगाढ अन्धकारमा राख्यो|

“मलाई थाहाछ अब त प्रकाशलाइ जवाफ माग्न फोन गर्छस्,नगर भन्दिन,म पनि गर भन्छु| उसले तलाई ढाट्न खोज्ला,त्यो केटीको नाम ***** हो |” सुस्माले मलाई निकै मज्जाले सम्झाई,उ नभएको भए सायद म अझै कति दिन झुठमा बाचिरहेको हुन्थिए| उसले मलाई त्यो केटीको नाम पनि भनि तर मैले पहिले पनि भनेकी छु, त्यो केटि म जस्तै पिडित हो,उसको नाम लिन चाहिन मैले|

यता सुस्मासंग बोलेर फोन राखे र प्रकाशलाई फोन लगाए,आखा कुन बेला भिजिसके छन् पत्तो भएन| प्रकाशसँग रुनु कि रिसाउनु,उसलाई गालि गर्नु कि उसंग जवाफ माग्नु, यस्ता धेरै प्रश्न बीच उसले फोन उठायो|
“****** को हो?” उसले जति मायाले हेल्लो भनेको थियो,त्यति नै रिसको साथ मेरो प्रश्न गयो उसको लागि|

“खोइ,को हो र चिन्दिन म|” उसले कति सजिलै चिन्दिन भन्यो,कति सजिलै झुठ बोलेको|

“मलाई सबै थाहा भइसक्यो,अभ त झुठ नबोल प्रकाश|” मेरो रिस अझै कायमै थियो तर मलाई जे थाहा भइसक्यो,यो फेरी उसकै मुखबाट सुन्न मन लागेको हो|

“कस्सम म चिन्दिन कोहि पनि त्यो नामको|तिमीलाई बिस्वास लाग्दैन मेरो|” रिस अझै कायम नै छ र त्यो दोब्बर भयो,अहिले पनि झुठ बोल्दै छ उ|

“तिमीले जति झुठ बोलेपनि,केहि हुन्न् प्रकाश,मैले सबै कुरा थाहा पाइसके|” मैले सबै थाहा पाइसकेको थिए र त्यो कुराको बोध उसलाई पनि गराउदै थिए|

“ तिम्रो कस्सम मैले झुठ बोलेको हैन,म चिन्दिन कोहि पनि त्यो नामको मान्छेलाई|” मैले जति केरे पनि उसले मैले चाहेको जवाफ दिएन| अब एकछिन मेरो मनले उसकै पक्ष लिन खोज्यो,आखिर मैले माया गरेको मान्छे पो हो उ,तर माया नै सबै कुरा हैन सायद| त्यसैले “म संग नबोल,हामि उही छैनौ अभ|” यति भनि फोन राखे र सुस्मालाई फोन लगाए|

“मलाइ थाहा थियो तैले मलाई फोन गर्छस् भनेर|” हेल्लो पनि नभनी सुस्माले सिधै यति भनेपछि म तिन छक्क परे|

“उसले आफ्नु झुठ स्विकारेन हैन त?” मैले केहि भन्न नपाउदै उसले आफै यति भनि|

“हो,चिन्दिन भन्छ कोहि पनि त्यो नामको मान्छेलाई|” म भक्कानिए सुस्मासंग फोनमा|

“मलाइ थाहा थियो उसले यहि भन्छ भनेर,त्यसैले मैले तेरो लागि केहि खोजेर राखेकोछु,यसले अभ सबै कुरा जस्ताको त्यस्तै ल्याउछ तेरी सामु|” सुस्माले यति भन्दा म अझै पनि रुदै नै थिए| उसको यो वाक्य र म अझै अन्योलमा पुगे, म खुसि हुनु कि दुखि हुनु सुस्माको यो कुरामा| आखिर उसले के भेटि त्यस्तो जसले मेरो मनमा रहेको सबै कुराको उत्तर एक झट्कामा नै दिन्छ| 

Previous article
Next article

Latest Posts