यता सम्बन्धमा गासिएको एक बर्ष कट्दा पनि,अफिसमा कसैलाई केहि थाहा नदिन हामीले कम मिहिनेत गरेउ र सफल पनि भयौ| तर एकदिनको कुरा हो, म अनि प्रकाश हिल पार्क गएका थियौ र घुमी रहेको बेला सुस्माले देखि| त्यो बेला केहि भनिन उसले,मैले पनि देखेर पनि नदेखे जस्तै गरे र उसले पनि त्यहि गरि| घुम्न त प्रकाश संगै घुम्दै थिए तर मेरो मन सुस्मा तिर थियो,उसलाई अहिले सम्म भनेको थिन मैले मेरो र प्रकाशको बारेमा,अब उसले के भन्नि हो मलाइ| रिसाउछे भन्ने कुरामा म पुरै बिस्वस्त थिए|
नभन्दै सुस्माले फोन गरि मलाई साझको ७ बजे, प्रकाशसँग बोल्दै थिए,सुस्माको कल वेटिंगमा गयो| प्रकाशले आफ्नु बाल्यकालको बारेमा भन्दै थियो, त्यसैले त्यो गफ छोडी सुस्माको फोन उठाउन नै मन लागेन तर उठाउनु चाही पर्ने थियो किन कि मलाई थाहा छ उ रिसाकी छे भनेर| मैले सुस्मालाई व्याख्या गर्नु पर्ने कुराहरु धेरै नै छन् र उसको प्रश्न पनि धेरै,यो दुवै कुरा मलाई मज्जाले थाहा थियो| प्रकाशलाई घरमा काम पर्यो भनि फोन राखे र सुष्माको फोन उठाए|
“के गर्दै छस्?कुन बेला फर्कीस्?” उ रिसाएर केहि भन्छे कि भनेर सोची रहेको थिए तर उसले सामान्य पारामा कुरा सुरु गरि|
“बस्दै छु,अघिनै आएको नि,त कुन बेला फर्किस?” उसले जे सोधी त्यतिको मात्र जवाफ दिए मैले|
“प्रकाश अनि तेरो के चल्दै छ?” सुस्मको यो प्रश्नको पर्खाइमा थिए म, बिदेसिएका नेपालीहरुलाइ नेपाल आमाले पर्खेर बसेको झैँ|
“साथि हो,तलाई थाहा छ नि|” सुस्मालाई सबै कुरा भन्छु तर अहिले हैन,त्यसैले सानु झुठ बोले उसंग|
“मलाई किन त्यस्तो लाग्दैन त,जे हो त्यो सच्चि सच्चि भन मलाई|” सामान्य रुपमा बोल्दै थि सुस्मा तर अचानक रिसाई,उ रिसाकी पहिलो पटक हो मसंग| आखिर किन यो कुरालाई लिएर उ यति धेरै रिसाकी सुस्मा,सायद मैले उ मेरो मिल्ने साथि भएर पनि उसलाई केहि भनिन भनेर होला|
“प्रकाश र म,सम्बन्धमा छौ|” उ रिसाको देखेर मैले थप झुठ बोल्न सकिन र जे हो त्यहि भने सुस्मालाई|
“कति भयो?” उस्ले प्रश्न गर्ने तरिका अलि बेग्लै थियो, आखिर किन यति धेरै आत्तुर छे उ मेरो र प्रकाशको बारेमा बुझ्न| उसको आवाजमा अझै पनि रिस कायम नै थियो|
“१ बर्ष हुन लाग्यो|” उसलाई उसको प्रश्नको उत्तर दिदै त थिए र यो प्रयास थियो उसको रिस मेट्ने|
“अनि मलाइ किन नभनेको,१ बर्ष सम्म पनि|” मलाई जेशंका लागेको थियो,कुरा त्यहि रैछ,मैले उसलाई भनिन भनेर रिसाकी रैछे|
“खै के भयो भयो,फेरी अफिसको कसैलाई पनि नभन्न भनेको थियो प्रकाशले|” सुस्मालाई यति धेरै कुरा भनिसके,अभ थप झुठ बोल्नुको कुनै औचित्य देखिन,त्यसैले जे हो त्यो राखे उसको सामु|
“तलाई के थाहा छ प्रकाशको वारेमा| कहिले बाट चिनेको तैले प्रकाशलाई?” उ अहिले पनि रिसाउदै नै थि, मलाई किन किन एउटा सोच आउदै थियो मनमा,उसले मलाई प्रकाशको बारेमा केहि नराम्रो भन्छे भनि|
“कलेजबाट हो,किन भन् न|” अघि सम्म प्रश्नको उत्तर मात्र दिदै थिए म तर अभ आफै प्रश्न राख्न लागे सुस्मा संग|
“लाटी मलाई त भन्नु पर्छ नि तिमीहरुको बारेमा,तलाई प्रकाशको बारेमा केहि थाहाछैन|” अभ चाही पक्का भए,म प्रकाशको बारेमा केहि यस्तो कुरा सुन्न जादैछु,जुन मलाई अहिले सम्म थाहाछैन|
तर अब सुष्माले के भन्न जादै छे त्यस्तो जुन मलाइ थाहाछैन,सुस्मालाई के त्यस्तो कुरा थाहाछ जुन मलाइ थाहाछैन| शोभाले मलाई जे भन्न जादै छे,के त्यो कुराले मेरो र प्रकाशको सम्बन्धले अर्को मोड लिन्छ? शोभाले केहि भन्नु अघिनै मेरो मन आफुमा नै हजारौ प्रश्न बीच घेरियो र त्यसको उत्तर पनि आफै दिन लाग्यो|
