Part 31

“मलाइ थाहा थियो उसले यहि भन्छ भनेर,त्यसैले मैले तेरो लागि केहि खोजेर राखेकोछु,यसले अभ सबै कुरा जस्ताको त्यस्तै ल्याउछ तेरो सामु|” सुस्माले यति भन्दा म अझै पनि रुदै नै थिए| उसको यो वाक्य र म अझै अन्योलमा पुगे, म खुसि हुनु कि दुखि हुनु सुस्माको यो कुरामा| आखिर उसले के भेटि त्यस्तो जसले मेरो मनमा रहेको सबै कुराको उत्तर एक झट्कामा नै दिन्छ|

 “मैले त्यो केटीको प्रोफाइल भेटे फेसबुकमा, प्रकाश संगको फोटोहरु पनि छ| अनि अर्को कुरा, प्रकाशको अर्को आइडी पनि रैछ फेसबुकमा, त्यसबाट प्रकाशले पनि त्यो केटीसंगको फोटो हाल्दो रैछ|” सुस्माले अरु धेरै कुराहरु थप्दै गइ, सुश्माको हरेक शब्द संग मेरो आशुको बहाब पनि बढ्दै थियो| आशुको बहाबसंग प्रकाश संगको आक्रोशले पनि सिमा नाघ्न लाग्यो र पिडाको बर्णन गर्न मैले सायद कुनै शब्द नै भेटिन| सुष्माले जति जे भनेपनि म आफ्नु आशु रोक्न असक्षम भए,मुखबाट शब्द ननिक्लिए पनि आखाबाट आशु चाही थेग्नै नसक्ने गरि बग्दै थियो| मलाइ यो झट्काले धेरै गार्हो भएर म निकै जिर्ण हालतमा पुगेको बुझी सुस्माले पनि,उसले बाकि कुरा फेसबुकमै पठाउछु भनि फोन राखी र म कोठाको ढोका लगाएर भक्कानिए| 

एकछिन सम्म भक्कानिए, आखामा आशु रित्तिएका थिएनन्, तर रुने इच्छा चाही मर्दै गयो,आखिर म रुदै चाही कसको लागि छु? त्यो मान्छेको लागि जसले मलाई अहिले सम्म अन्धकारमा राखेर धोका दिदै छ,त्यसैले रोके मैले मेरो आशु| उठे अनि वासरुममा गएर आशु संगै प्रकाशसंगको माया पनि पखाल्न खोजे अनि त्यसपछी, शोभालाई फोन गरे र झट्टै घरमा बोलाए| शोभाले बुझिछ क्यारे,एकछिनमै पुगी घरमा, केहि समय पनि लागे उसलाई मेरो घर आउन| तर शोभा जति चाडै आएपनि मैले शोभा आउनु अघि नै सुस्माले मेसेन्जरमा पठाएको फोटो हेर्न भ्याए र उसले पठाएको फेसबुक आइडी खोल्न खोजे तर मिलेन|

एक चोटी हैन 3 4 चोटी प्रयास गरे तर ***** को आइडी खुलेन फेसबुकमा,सायद मेरो मोबाइलमा केहि समस्या हुनु पर्छ, शोभा आउने बित्तिकै उसको बाट खोल्न खोजे त्यो लिंक तर त्यहाँबाट पनि खुलेन| शोभालाई एक एक कुरा सुनाए,उसले पनि एक एक गरि सुन्दै गइ|उसलाई केहि कुरा पहिले देखि नै थाहा थियो केहि कुरा अहिले भर्खर मैले भनेपछि मात्र थाहा भयो, भन्ने कुरा सबै भने, अब हामि तिन जना नै के गर्ने भनि सोच्न लागेउ| मैले भन्न  भुले होला, मैले शोभालाई सबै कुरा भनिसकेपछि,सुस्मालाई फोन गरेको थिए र हामि 3 जना नै बोल्दै थियौ| “बाठो रैछ प्रकाश निकै नै,तलाई अनि शोभालाई ब्लक गरेछ निष्ठाको फेसबुक आइडीबाट|” सुस्माले सोची,त्यो सोची जे मैले सोच्न सकेको थिन, मेरो मोबाइलमा केहि समस्या हैन रैछ,समस्या प्रकाश र उसले गरेको झुठो मायामा रैछ| 

“तेरो आइडीबाट बोल्न, हामिलाई पो ब्लक गरेको हो,तलाई छैन नि|” मैले केहि नसोची सुस्मालाई यति भने| म पनि कस्ती लाटी, सुस्मालाई ब्लक गरेको भए उसले लिंक कसरि पत्ता लगाउथी होला| 

“मैले यहाँ ***** लाइ मेसेज गर्छु,उता उसले प्रकाशलाई| फेरी ***** ले मेरो कुरा किन मान्छे,आखिर म को हु र,बरु सुन म संग केहि आइडिया छ|” सुस्माले धेरै दिमाग पुर्याउदै थि,म भने केहि सोच्न सकेकी थिन| उसले जे सोची सही सोची, यहाँ हामीले फेसबुकमा ***** संग बोलेउ भने त्यो कुरा प्रकाशले थाहा पाउछ अनि कुरा झन् बिग्रिदै जान्छ|

त्यसैले के गर्ने भनि सोच्न लागेउ म,शोभा अनि सुस्मा तिनै जना| सोच्दै जादा एउटा अबल उपाय आयो दिमागमा, म उपाय सोच्न सक्ने स्थितिमा थिन,उपाय सुस्मा अनि शोभाले मिलाएर निकालेका थिए| त्यो उपाय अनुरुप सुस्मा र मैले धेरै काम अफिसमा नै भ्याउनु पर्ने थियो र त्यहि अनुसार तैयारी पनि भयो| अरु निकै कुरा र आशुहरु बीच त्यो रात कट्यो,साथमा शोभा थि र फोनमा सुस्मा| शोभाले सुस्मालाई पनि एक एक कुरा भनि,भोलि के गर्ने भनेर र हामि तिन जना नै तैयार भयौ| अफिस पुगे र सामान्य तरिकाले नै सुरु भयो त्यो दिन,सधै जसरि नै|

यसैले के गर्ने भनि सोच्न लागेउ म,शोभा अनि सुस्मा तिनै जना| सोच्दै जादा एउटा अबल उपाय आयो दिमागमा, म उपाय सोच्न सक्ने स्थितिमा थिन,उपाय सुस्मा अनि शोभाले मिलाएर निकालेका थिए| त्यो उपाय अनुरुप सुस्मा र मैले धेरै काम अफिसमा नै भ्याउनु पर्ने थियो र त्यहि अनुसार तैयारी पनि भयो| अरु निकै कुरा र आशुहरु बीच त्यो रात कट्यो,साथमा शोभा थि र फोनमा सुस्मा| शोभाले सुस्मालाई पनि एक एक कुरा भनि,भोलि के गर्ने भनेर र हामि तिन जना नै तैयार भयौ| अफिस पुगे र सामान्य तरिकाले नै सुरु भयो त्यो दिन,सधै जसरि नै|

Previous article
Next article

Latest Posts