Part 50

“म यहाँ कसरि?अनि हजुर यहा किन?” धेरै प्रश्न थिए मनमा,सुरुमा यो दुइटा प्रश्नले प्राथमिकता पायो|

“हजुरलाई यहाँ सम्म ल्याउने म नै हु,त्यसैले म पनि यहि छु|” सधै त भन्ने मान्छेले जिस्केर भए पनि हजुर भन्दा कस्तो अनौठो लाग्ने रैछ,बिस्वासले पनि मलाई हजुर भन्दा त्यस्तै अनौठो महसुस भयो मलाई|

“हजुरले मलाइ यहाँ सम्म ल्याउनु भएको हो र ?” मलाई केहि याद भए त मरिजाउ|

“अनि हजुरलाई यहाँ कसले ल्यायो जस्तो लाग्छ?” मलाई केहि याद नभएको उहाले पूर्ण रुपमा मज्जा लिदै हुनुहुन्छ, मलाइ आधा अधुरो कुरा भन्दै र मेरो प्रश्नको उत्तर प्रश्नमा दिदै|

“मलाई केहि याद छैन, म यहा आउनै नसक्ने भएको थिए र?” सायद मैले उहालाई भर्खरै जे भने,त्यो कुरा उहालाई पहिले देखिनै थाहा थियो होला वा थाहा नहुन पनि सक्छ| तर उहालाई मैले जे सोधे त्यो उहालाई थाहा छ भन्ने पक्का छु|

“अनि ढलेको मान्छे आफ्नै खुट्टामा हिडेर कोठामा आउन सक्छ र?” म जवाफ खोज्दैछु,उहा मुस्कुराउदै आफै प्रश्न सोध्नु हुन्छ|

“म ढलेको?कसरि?कहा?” अघि सम्म एक पल्टमा एउटा प्रश्न गर्दै थिए,त्यो मात्रा बढेर आयो अहिले,अब एक पल्टमा ३ वटा सम्म प्रश्न आउन लाग्यो म बाट|

“कसरि ढल्नु नि,बुन्ग्रुन्ग ढलिस नि, पहिले वाकिस् अनि ढलिस|” उहाले अघि सम्म मेरो प्रश्नको जवाफमा प्रश्न नै गर्दै हुनुहुन्थियो र अहिले आएर उत्तर दिनु भयो| त्यो उत्तर सुनेपछि आफैलाई लाज लाग्यो,बरु मेरो प्रश्नको उत्तरमा उहाले प्रश्न गरेकै ठिक लागेर आयो|

“मैले वाके पनि?” उहाको हरेक जवाफ संगै मेरो प्रश्न थपिदै छ|
“त्यति धेरै खाएपछि जसले पनि वाक्छ,झन्डै आफ्नै भोमिटमाथि लडेकी त|” कति सम्म हो गुमेछ मेरो,न् की याद छ न सम्झिन खोज्दा सम्झिन सकेकी छु|

“ अनि हजुरले मलाइ कसरि ल्याउनु भयो यहाँ?” जव सम्म मेरो मनको सबै प्रश्नको उत्तर भेट्दिन मैले,मेरो प्रश्नको बहाब रोकिदैन|

“पहिले तेरो मुख धोए ,अनि बोकेर ल्याए,कसरि ल्याउनु नि|” उहाको जवाफ सिधा शब्दमा आउदै गयो र यो तरिका चाही ठिक लाग्यो मलाई|

“अनि हजुर रात भरि यहि हुनु हुन्थियो?” सोध्न मन लागेको प्रश्न अरु केहि थियो| “हजुर चाही मलाई पुर्याएर आफ्नु कोठा किन जानु भएन?” मनमा आएको प्रश्न यो थियो तर सोधिन,यहि प्रश्न अलि घुमाएर सोधे|

“हजुर यहि थिए,तैले कोठामा आएपछि फेरी पनि वाकिस,एक पल्ट हैन 3 पल्ट|” बिस्वासले यति भनेपछि मैले आफ्नु अनुहार उठाएर उहालाई हेर्न पनि सकिन, मैले अत्ति गरेछु,बिचरा उहा,4 पल्ट मेरो भोमिट सफा गर्नु पर्यो|

“सरि,मैले गर्दा दुख पाउनु भयो हजुरले|” मन भित्रा आफैलाई नराम्रो लाग्यो, अरु केहि भन्न नसके पनि सरि चाही भन्ने आट आयो र त्यहि गरे|
“धत् लाटी, के को सरि| तेरो केहि गल्ति छैन,मैले हो नि तलाई झुक्याएर रक्सि खुवाएको,बरु मैले गर्दा तलाई कति गाह्रो भयो|” झट्ट याद आयो,उहाले पो रक्सि खुवाउनु भएको हो मलाई,पुरै गल्ति मेरो हैन नि| गल्ति पुरै मेरो नभएपनि,धुलो हिस्साको भागेदार चाही म नै हो|

“अनि राति मैले केहि भने?” मलाई सबै भन्दा डर चाही यहि कुराको हो, मैले होस् गुमेको बेला आफ्नु मनमा बिस्वासको लागि रहेको माया जिकिर गरे कि भन्ने डर छ मनमा|

“तलाई लाग्छ त केहि भन्ने र गर्ने हालतमा थिस् भनेर हिजो?” बिस्वासको यति वाक्य पछी म ढुक्क भए, मनको कुरा जनैको साचो जस्तै लुकाउन सफल भएछु म| अर्को प्रश्न पनि सोध्नु थियो तर उहाको यो जवाफले “मैले हिजो केहि गरे?” भन्ने प्रश्न जोगियो|

“शोभालाई पनि थाहा भयो होला है?” यो चाही मेरो अन्तिम प्रश्न हो,यसको जवाफ पाएपछि मेरो प्रश्नको संकलन खालि हुनेछ|

“छैन नि,उनिहरु अहिले सम्म उठेका छैनन्|” उहाको यति जवाफ पछी,मैले हिजो अरु केहि काम नबिगारेको कुरामा चाही ढुक्क भए| 
यतिपछी उहा आफ्नु कोठामा जानु भयो र म यता उठेर तैयार हुन लागे| जिउ र टाउको केहि भारि महसुस हुदै थियो,नुहाए अनि तैयार हुन लागे| तैयार भएर कोठाको ढोका खोल्नु,अनि शोभा र संजोक मेरो अगाडी हुनु संग संगै नै भयो| त्यसपछि हामि 3 लागेउ बिस्वासको कोठा तिर, उहा कोठामा हुनु हुन्थेन| तल पुगेर कफी लिएर बस्नु भएको थियो र हामि पनि बिस्वास निर नै पुगेउ| 4 जनाले नै खाजा खायौ र बिस्वास चुरोट सल्काउन लाग्नु भयो| उहा संग शोभाले पनि चुरोट सल्काउन लाग्दा,” आज चुरोट नखाउ|” भन्दै रोक्नु भयो शोभालाई| लागेउ अब हामि शोभाको कोठा तिर,त्यो काम गर्न जसको लागि हामि यहा सम्म आएका थिएउ|

Previous article
Next article

Latest Posts