Part 49

“स्याउको सुकुटीलाई महमा डुबाएर बनाएको जुस हो,यस्तो लाइ रक्सि रे|” उहाले यति भनेपछि म ढुक्क भए जुस नै हो यो गिलासमा भएको| फेरी स्वाद अलग भएपनि गुलियो चाही थियो,महमा डुबाएको हुनाले होला| धेरै नै मिठो लागेर होला 3 गिलास खाइसक्दा पनि अझै त्यो जुसको तृष्णा लाग्यो र अर्को मगाउन खोजे| बिस्वासले रोक्न खोज्नु भयो तर सक्नु भएन,जब चौथो गिलास सकियो,बिस्वासले भन्नु भयो “रक्सि मन पर्दैन भन्थिस त,फेरी कति खाकी|”

“कस्तो मात्तिएको के हजुर|” हैन मलाई रिस उठयो, कसरि उहाले झुठ बोलेर, मलाई झुक्क्याएर रक्सिको नसामा डुबाउन सक्नु हुन्छ|

“त पनि मात्तिएको छस् नि अब,म भन्दा धेरै|” उहाले जहिले जस्तो मेरो रिसलाई मार्न,उहाले हास्दै एउटा जवाफ दिनु भयो,अनि मेरो रिसको अन्त्य गर्नु भयो|

“हजुरले गर्दा त हो नि|” आफ्नो बोलि आफैले किन बच्चा जस्तो सुन्दै छु म,सायद रक्सीले गर्दा होला मेरो कान यस्तो भएको|

“मैले त एक गिलास मगाएको,अरु थप 3 कसले थपेको?” उहाले झुठ बोलेको हैन तर केहि सत्य चाही लुकाउदै हुनुहुन्छ| उहाले मगाएको पहिलो गिलास मैले सकिएपछि,”कस्तो मिठो” भनेको थिए मैले, त्यसपछि उहाले “अझै चाहियो?” भनि सोध्दा,मैले “हुन्छ” भनेको हो| अहिले सबै दोष मलाई रे, झन् रिस उठ्यो उहासंग|

“थप ३ हैन,२ मात्र हो,मलाइ राम्ररि याद छ मैले जम्मा 3 गिलास खाएको हो|”मनमा के थियो,तर मुखमा के आयो,यो रक्सि पनि,के बोल्न खोज्दा के बोल्न लगाउछ| उहासंग रिस उठ्दै थियो,अब त्यहि रिस आफुसंग पनि उठ्न लाग्यो|

“तैले भनेको थप अर्को गिलास पनि आइसक्यो नि त लाटी|” कुन बेला आयो?मैले मगाएको याद छ तर भाइले कुन बेला ल्याइदियो केहि याद छैन| मान्छे रमाउन पिउछन् कि भुलाउन,मेरो दिमागमा आयो अर्को प्रश्न अब जुन उहालाई सोध्न मन लाग्यो|

“खान्न म,हजुर आफै खानु|हजुरलाइ थाहा छ नि,म रक्सि खान्न भनेर|” मगजमा अर्कै कुरा थियो तर जब मगजको सोचहरु मेरो बोलीको शब्दमा परिवर्तन हुन पुग्यो, सोच र शब्दमा ठुलो अन्तर देखियो|

“तैले रक्सि सोचे भने पो रक्सि हो यो,नत्र अघि जस्तै जुस त हो नि,जुस भनेर खाइदेन|” कुरा गरेर उहालाई जित्न कसले सक्छ र,तर रिस उठ्यो अब झन् धेरै, मलाइ रक्सि पिलाएकोमा उहालाई केहि ग्लानि महसुस नै भएको छैन|

“हो है|” हैन मेरो रिस कहाँ गयो भनेको, उहालाई गालि गर्छु सोचेको, उहालाई केहि नभनी त्यो गिलास समाएर एक चोटीमा नै रित्त्याए| थाहा छैन सबैलाई यस्तै हुन्छ कि मलाई मात्र,तर आज म एउटा सोच्दै छु तर बोल्न केहि अर्कै बोल्दै छु अनि झन् केहि गर्नु पर्दा झन् अर्कै हुन पुग्थियो| 
बिस्वासलाई प्रश्न गर्न धेरै खोजे कुराहरु,जुन अहिले मेरो मनमा चल्दै छ र केहि त्यस्ता प्रश्नहरु पनि थिए जुन मेरो मनमा पहिले देखि नै थियो तर सकिन| त्यसैले सक्ने काम गर्न लागे,मन भित्र रहेको सबै प्रश्न आफैलाई सोध्न लागे र जवाफ पनि आफै दिन लागे| लगभग सबै प्रश्नको सहि वा गलत उत्तर पाए मैले आफ्नै मनबाट तर एउटा प्रश्न चाही उत्तर बिहिन भयो, “आखिर साचो म कुन हो,रक्सि खाएको अहिलेको म कि, अरु बेला अरु सामु देखिने ?” गरे कोशिस अझै धेरै बेर तर जवाफ भेटिन मैले|

“म पनि चुरोट तान्ने|” मलाई यो इक्षा कहाबाट जाग्यो थाहाछैन, यति भन्दै मैले उहाले आफ्नु ओठमा च्यापेर सल्काउन लागेको चुरोट ताने र आफ्नु ओठ बीच च्यापे चुरोट अनि लाइटर पनि खोसे हातबाट| यता लाइटर बल्नु र लाइन जानु संगै संगै भयो,सबै तिर अन्धकार भयो|
कहा लाइन गएको हुनु,म ढले छु,बिहान आफ्नो कोठाको ओछ्यानमा उठेपछि थाहा भयो| बिस्वास पनि मेरै छेउमा हुनु हुन्थियो त्यहि ओछ्यानमा,सुतिरहेको हैन,ल्यापटप चलाउदै हुनु हुन्थियो| म झस्किए, हिजो के के भयो?म अनि बिस्वास एउटा ओछ्यानमा कसरि? म तल बाट आफ्नु कोठासंम्म कसरि पुगे? बिस्वास किन आफ्नु कोठामा सुत्नु भएन,कहिँ हामि बीच केहि त भएन? शोभालाई पनि थाहा भयो त? मैले मेरो मन भित्र रहेको माया उहाला व्यक्त त गरिन?यस्तै धेरै प्रश्न बीच धेरीए म|

“म यहाँ कसरि?अनि हजुर यहा किन?” धेरै प्रश्न थिए मनमा,सुरुमा यो दुइटा प्रश्नले प्राथमिकता पायो|

Previous article
Next article

Latest Posts