4 जनाले नै खाजा खायौ र बिस्वास चुरोट सल्काउन लाग्नु भयो| उहा संग शोभाले पनि चुरोट सल्काउन लाग्दा,” आज चुरोट नखाउ|” भन्दै रोक्नु भयो शोभालाई| लागेउ अब हामि शोभाको कोठा तिर,त्यो काम गर्न जसको लागि हामि यहा सम्म आएका थिएउ|
बिस्वास्लाई सायद केहि अप्ठ्यारो भए जस्तो लाग्यो र उहाले मलाइ एकछिन बाहिर लग्नु भयो र औषधिको सबै बिधि भन्दै जानु भयो| साच्चिकै अप्ठेरो लाग्ने बिधि रैछ, म उहाको ठाउमा भएको भए त्यहि कुरा भन्न सक्थिन थिए होला| सुरुमा म अनि बिस्वास फेरी शोभाको कोठा भित्र पसेउ, हामि पसेको केहि समय पछी नै बिस्वास र संजोक निक्लिनु भयो कोठाबाट| बिस्वासले जे जे भन्नु भएको थियो मैले त्यहि त्यहि गरे, अनि शोभालाई पनि दिए एउटा औषधि खान भनि|
विश्वास अनि संजोक पनि आउनु भयो लगभग एक घण्टा जति पछी| अचेल हाम्रो ओठले मात्र हैन,आखा पनि एक अर्काको इशारा बुझ्न लागेको छन्| बिस्वासले आखा तन्काउनु भयो, यसको मतलब काम सकियो सोध्नु भएको,मैले पनि सकियो भन्ने पारामा आखा झिम्काए| उहाको मुहारमा अर्कै खुसि देखे मैले,उहा खुसि हुनु हुन्थियो, उहा संग खुसि हुने कारण पनि थियो र म पनि उहासंगै खुसि भए|
“ल अभ 4-५ घण्टा लाग्छ,औषधिको असर सुरु हुन| त्यो भन्दा अघि खाना खानु पर्छ सबैले|” आज बिस्वासले जे भन्नु हुन्छ,त्यो मान्नु बाहेक हामि संग केहि उपाय नै छैन| तर एउटा प्रश्नले मेरो मनमा डेरा लगाएर बसेको छ,आखिर बिस्वासलाई एक एक कुरा कसरि थाहा छ यो बिसयमा, आखिर यो पछाडी के यस्तो कहानी छ जुन उहाले मलाई अहिले सम्म भन्नु भएको छैन|
“मलाई चाही खाना खान मन छैन|” हामि सबै खाना खानको लागि तल जान लागेको थिएउ तर शोभाको केहि फरक प्रतिक्रिया आयो| उसलाई भोक नलागेको चाही चिन्ताले होला जस्तो माने मैले चाही|
“जति भोको बस्छौ,त्यति गाह्रो हुन्छ तिमीलाई| फेरी केहि बिग्रियो भने हस्पिटल नै पुग्नु पर्छ|” मैले शोभालाई सम्झाउने केहि भन्न लागेको थिए तर म भन्दा पहिले बिस्वासले यति भन्नु भयो| एउटा चित्त नबुझेको कुरा चाही,यति कुरा भइसक्यो,सबै कि मैले कि बिस्वासले हेर्दै हुनुहुन्छ|शोभालाई सम्झाउने,फकाउने, मनमा कुरा खेल्नबाट रोक्ने सबै काम संजोकको पो हो तर उ चाही चुप छ| अहिले रिसाउने समय भने हैन,अघि बिस्वासले भनेको वाक्यले काम गर्यो र शोभा बिस्तराबाट निक्ली र हामि संग खाना खानलाइ तल तिर लागि|
सबैले खाना खायौ र खाना पछी सधै जस्तो बिस्वासले चुरोट सल्काउनु भयो| शोभाको पनि यहि बानि हो तर अघि बिस्वासले आज हुन्न भन्नु भएकोले होला,उ मेरो काधमा सिर राखेर बसेकी थि| बिस्वासले त्यहिको भाइलाई तातोपानि थर्मसमा राखेर कोठामा पुर्याइदिन भन्नु भयो र हामि पनि गयौ कोठा तिर| शोभाले औषधि खाकी लगभ 3 घण्टा हुन लागेको थियो र उसको अनुहार निन्याउरो हुदै गएको प्रस्टै देखिन्थियो| उसलाई केहि गाह्रो भएको र उ केहि कम्जोर भएको पनि | उ पल्तिएकी थि र सायद निदाकी पनि| यता बिस्वास सोफामा त्यसै बस्नु भएको थियो भने संजोक मोबाइल चलाएर| यति भएपछी संजोकसंग झनै रिस उठ्यो| विश्वासले अघिनै भन्नु भएको थियो,औषधिले असर गर्न सुरु गरेपछि त्यहाँ केटाहरुको केहि काम हुन्न त्यहाँ|
“हजुर एकछिन सुत्नुस न,अब यहाँ यसरि बसेर पनि केहि काम छैन|” याद आयो,बिस्वास हिजो सुत्नु भएको चाहिं मैले गर्दा| त्यसैले उहालाई सुत्न भनि भने र उहाले एकछिन सम्म नाई भन्नु भयो तर मैले जिद्दी गरेपछि उहाको केहि लागेन| उहासंग संजोक पनि निक्लियो त्यो कोठाबाट, एक त उसलाई देख्ने बित्तिकै रिस उठ्दै छ आज मलाई,अनि दोस्रो कुरा उसको केहि काम नै छैन यहा,त्यसैले केहि लागेन| ५ मिनेट नहुदै बिस्वास फेरी आउनु भयो म र शोभा भएको कोठामा|
“मलाइ तेरो कोठाको चाबी देन,संजोक मेरोमा निदायो|” अघि देखि रिस उठ्दै थियो संजोक संग,बिस्वासले यति भन्नु भएपछी,त्यो मान्छे मन पर्न छोड्यो| के भयो खै आज मलाई थाहाछैन,तर संजोकले जे गरे पनि रिस उठ्दै छ मलाई| मैले बिस्वासलाई आफ्नु कोठाको चाबी दिए र उहा म बसेको कोठाबाट निक्लिनु भयो| यसो सोची हेर्दा हामीले 3 वटा कोठा बेकारमा लिएछौ,बिस्वास हिजो पनि मेरै कोठामा हुनु हुन्थियो र आज पनि| तर यो चाही मेरो बकम्फुसे सोच मात्र हो| बिस्वास सुत्न गएको एक घण्टा भन्दा अलि बेसी भएको थियो होला,मैले उहालाई बिउझाउनु पर्ने भयो फेरी| म अत्तालिए ,त्यसैले होला,के गर्ने भनि सोच्नै सकिन र शोभालाई एक्लै छाडेर बिस्वास्लाई उठाउन गए|
