Part 52

बिस्वास सुत्न गएको एक घण्टा भन्दा अलि बेसी भएको थियो होला,मैले उहालाई बिउझाउनु पर्ने भयो फेरी| म अत्तालिए ,त्यसैले होला,के गर्ने भनि सोच्नै सकिन र शोभालाई एक्लै छाडेर बिस्वास्लाई उठाउन गए|

हुन चाही के भएको भन्दा, शोभालाई अलि गाह्रो भएर आयो| रगत बग्छ भनेर बिस्वासले मलाई पहिले नै भन्नु भएको थियो र रगत बगेपछि कम्जोर महसुस हुनु स्वाभाविक नै हो| उहाले भने जसरि नै रगत चाही जादै थियो शोभाबाट र उ केहि कम्जोर पनि भइ| उहाले तातो पानि खुवाउनु र बेला बेला सफा गर्नु भन्नु भएको थियो,त्यो पनि गर्दै थिए| तर शोभा लाई हन्हनी ज्वरो आयो, सायद १०० भन्दा बेसी नै थियो, रोटि पकाउने तावा जस्तै भएको थियो उसको पुरै निधार अनि जिउ| यति भएपछी एरो दिमागले काम गर्न छोड्यो र बिस्वासलाई बोलाउन बाहेक केहि उपाय नै देखिन|

हिजोको अन्निन्द्र र भर्खरै सुतेकोले होला,बिस्वासको आख पुरै रातो भएका छन्,मानौ आखा हैन भर्खर आगोमा गालेर निकालेको फलाम हो| धन्न उहाले भित्रबाट चुकुल लगाउनु भएको थिएन नत्र उहालाई कसरि उथाउथिए होला मैले, उहाले जानी जानी हो कि नजानेर,जे काम पनि बिचार पुर्याएर गर्नु हुन्छ जस्तो लाग्छ|

“शोभालाई गाह्रो भयो,मैले के गर्ने भनेर मेसो नै पाइन|” उहाले आखा खोल्ने बित्तिकै यति भनेकी मात्र थिए,उहा जुरुक्क उठ्नु भयो र कोठाबाट निक्लिएउ हामि दुवै|

“के भयो र? बेहोस त भाकी छैन नि?” शोभा निर पुग्नु अघिनै उहाले यति सोधी भ्याउनु भयो,उहालाई त बोलाए तर संजोकलाई ताकेता गर्न भुलेछु| 
“शोभाको जिउ तातेर आयो, ज्वरो आएको छ उसलाई|” शोभाको कोठाको ढोका खोल्दा खोल्दै मैले पनि यति भन्न भ्याए| शोभाको निधारमा आफ्नु हत्केला राख्नु भयो केहि बेरसम्म र त्यसपछि शोभाको नाडी समाउनु भयो| उहाले यस्तो गरेको देख्दा मेरो मुटु झन् छिटो छिटो धक्दीन लाग्यो,मुटुले ठाउ छोड्ला जस्तै भएको छ|

“यस्तो बेला ज्वारो आउनु स्वाभाविक नै हो,पानि पट्टि चाही दिनु पर्छ,म चिसो पानि ल्याउछु पख|” यति भन्दै उहा कोठाबाट निक्लिनु भयो र मेरो मन पनि शान्त भयो| उहालाई जब यो कुरा थाहा थियो भने मलाई भन्नु पर्छ नि,बेकारमा मेरो मनमा के के कुरा खेल्न भ्याए| फेरी के के भन्नु र गर्नु उहाले पनि,अहिले सम्म सबै गरेको उहाले नै हो| शोभालाई काखमा लिदै मनमा धेरै कुरा लिन लागे| यतिकैमा बिस्वास आउनु भयो ,हातमा बरफको प्याकेट र पानिको बोतल थियो र एउटा बाटा जस्तो सानु भाडा पनि|

उहाले बोतल खालि गर्नु भयो,बोतलमा भएको सबै पानि बाटा जस्तो भाडामा हाल्नु भयो र त्यसमा केहि टुक्रा बरफ पनि हाल्नु भयो| अनि रुमाल निकालेर पानि पट्टि दिन लाग्नु भयो शोभालाई| केहि भएपनि शोभाको शरीरको ताप्क्रम कम चाही भयो तर यो केहि क्षनको लागि मात्र हो,औषधि पनि खानु पर्छ नि|
“सिटामोल दिने हो कि?” सिधै औसधि मैले किन नदेको भन्दा,उहालाई सोध्नु पर्ने थियो,यो बेला अरु औषधि दिनु हुन्छ कि नाई भनेर|

“एकछिनमा,पख एकछिन|” उहाले यति भन्दै गर्दा कसैले ढोका ढक्-ढकायो,संजोक हैन भन्ने चाही म ढुक्क भए| संजोकलाइ भित्र आउन लाइ ढोका ढक्-ढकाउनु पर्दैन| होटेलको भाइ रैछ,उसको हातमा एउटा थाल थियो र थाल माथि एउटा बटुको,बटुको भित्र चाही के छ भन्ने कुरा भाइलाई नै थाहा छ|

बिस्वासले शोभाको लागि सुप मगाउनु भएको रैछ| शोभालाई मैले चम्चाले सुप खुवाउदै गए,उसले आफै खाना खोजेकी थि तर मैले दिन|सुप खाएपछि मात्र सिटामोल खान दिनु भयो उहाले शोभालाई| बेलुकाको ६ बजेको हुनु पर्छ,शोभा बल्ल निको भएकोजस्तो गर्न लागि| उसको शरीरमा उर्जा देख्न सक्छु म,सधै जस्तो त हैन तर अघि भन्दा बढी| ज्वरो पनि थिएन अहिले उसलाई,अलि अलि गाह्रो हुदै छ भन्दै त थि तर त्यो सामान्य जस्तो गरि| रगत बग्न पनि बन्द भयो,तर प्याड नै प्याड थियो वाशरूममा चाही| यति सबै भैसक्दा पनि संजोक अझै सुत्दै छ,हैन उसलाई कस्तो निन्द्रा लागेको,हामीलाई भन्दा उसलाई बेसी चिन्ता लाग्नु पर्ने हो,चिन्ता लागेपछि त मान्छे निदाउदैन नि,उसलाई के भाको? शोभाले भोक लागेको कुरा भनि,म बिस्वास अनि शोभा केहि खाना भनि तल जान लागेको थिएउ,संजोक पनि आयो कोठामा|
“सकियो? केहि गाह्रो नहुने रैछ है|” आउने बित्तिकै उसको पहिलो वाक्यले नै मेरो कन्चट तातेर आयो,सायद त्यहाँ भएको सबैलाई त्यहि हुदै थियो,यहाँ के के गरेउ हामीले,उसलाई के थाहा, उ त ब्यस्त हियो घोडा बेचेर सुत्नमा| रिस सबैलाई उठेको थियो तर कसैले केहि भनेन र हासे जस्तो गरि अघि बढेउ|

Previous article
Next article

Latest Posts