Part 70

दिनभरि बिस्वास संगै अनेकौ गफ गर्दै बसे, गफ क्याफेको जस्तो गम्भीर स्वभावका चाही थिएनन्| बिस्वासलाई फकाए तर घरमा कसरि भन्ने हो कि म बिहेको लागि तैयार छैन भनि| निकै बहाना खोज्न लाग्यो मनले र बहाना खोज्दा खोज्दै बेलुकाको ५ बजेको पत्तो भएन|

निकै बहाना खोज्दै घर सम्म पुगे तर मनले  सोचेको बहाना मध्य धेरै बहाना हरुलाई पहिले नै दिमागले नकारी सकेको थियो |   बहाना कम थिए तर मनमा बिस्वास चाही पूर्ण थियो,घरमा केहि न केहि भनेर
भएपनि बिहेको कुरा केहि समयको लागि भनेपनि धकेल्छु भनि,अनि त्यो बेला सम्म एउटा
नया बहाना खोज्छु|  “म बिस्वासलाई मन पराउछु,उहीसंग बिहे गर्छु|” मैले यति भने भने बुझ्नु हुन्छ थाहा छ बाबा आमाले तर म पहिले आफै बिस्वस्त हुन चाहन्छु,कि बिस्वास पनि तैयार हुनु हुन्छ यो जिम्मेवारी
बहन गर्न|

घरको कम्पाउण्डको गेटबाट भित्र छिर्ने बित्तिकै,घरको मुल ढोका अघि जुत्ताहरु रास नै देखे,सधै हुने भन्दा 4 जोडी जुत्ता बेसी थिए,सायद केटा र उसको परिवार आएको हुनुपर्छ| धेरै कुरा भन्छु भनि सोचेर आएको थिए तर त्यो जुत्ताको रास मुनि मेरो मैले सोचेको कुरहारु कहाँ थिचिए थिचिए| घरभित्र छिर्न गाह्रो भयो न मनले साथ दिदै थियो न शरीरले नै| भित्रबाट हासोको आवाज सुन्न सक्छु म,हेर्न आउने भन्नु भएको थियो, बिहे नै पक्का भयो कि भन्ने डर आयो मनमा| बाहिर बसे भने कुरा झन् बिग्रिछ,बरु भित्र गएर जे हुन्छ सामना गर्छु सोच्दै छिरे घर भित्र|

“भान्जी पनि आउनु भयो|” एकछिन केहि सोच्नै सकिन र बुझ्न पनि गार्हो भयो,मामा माइजु अनि दुइटा भाइलाई देखे, अनि उहा संगै बाबा आमालाई| सबै जना गफमा ब्यस्त हुनु हुन्थियो र रम्दै पनि|

मैले भने नि,कुरा भन्न बिर्सिने बानि निकै नराम्रो छ मेरो,यो बानिले कुन दिन मलाइ दुबाउछ|  पहिले भन्न बिर्सिने बानि थियो,अहिले  कुरा नै बिर्सिने बानि बसेछ सायद|  मेरो 3 जना मामा,दुइ जना नेपालमा हुनु हुन्छ र एक जना क्यानाडामा| अरु मामा भन्दा क्यानाडामा बस्ने “रोहित” मामा संग म अलि धेरै नजिक थिए, उहाले पनि माया निकै गर्नु हुन्छ मलाई| उहाले मलाइ आफु नेपाल आउने गते र महिना अरु भन्दा अघि भन्नु भएको थियो तर मैले भुलेछु| शोभाको चिन्ता अनि बिस्वासको माया,अनि उहा आउने सबै संगै भयो, के के सम्झिनु मेरो यो दिमागले पनि|

बुवा काठमाण्डौ मेरो लागि केटा हेर्न जान लाग्नु भएको हैन रैछ, मामालाइ लिन जानु भएको,फेरी आमाले कस्तो जिस्केको म संग,उहालाई के थाहा म कति तड्पिए यो सानो कुराले| तर गल्ति आमाको पनि हैन, आमालाई के थाहा मैले मामा आउने कुरा बिर्सिए भन्ने| यति मिल्ने मान्छे कहिले आउने भन्ने कुरा भुल्नु गल्ति नै हो मेरो|

“भान्जी यो तिम्रो लागि|” माइजुले मेरो हातमा एउटा सुटकेस दिनु भयो,मामा मात्र हैन माइजु सबै भन्दा मनपर्ने भान्जी  अनि भाइहरुको पनि सबै  भन्दा मनपर्ने दिदि म नै हो|  नेपाल आउनु अघि मलाइ भिडियो कल गरि गरि नाना थरि के के सामानहरु लिईदिनु भएको थियो मेरो लागि,नानाथरीको मतलब धेरै समान भन्न खोजेको नचाहिने हैन|

कोठामा खाना खाने बेला सम्म अनि खाना खाएपछि पनि,बैठक कोठामा नै थियौ हामि सबै,रातको ११ त्यहि बज्यो,११ बजे पछी मात्र आफ्नु कोठा गए,धेरै पछी हो मैले मोबाइल नचलाई बसेको यति समयको लागि|  एउटा कुरा चाही कहिले चित्त बुझेन मलाइ, यति समयको लागि बिस्वास गायब भएको भए,उहाको मोबाइल भरि मेरो मेसेज र मिसकल हुन्छ तर यति बेरमा जम्मा   एउटा मिसकल छ मेरो मोबाइलमा| उहालाई यो कुरा मैले पहिले नि भनेकी हु, तर उहाको जवाफ खै चित्त बुझ्ने भनौ कि चित्त नबुझ्ने, “जानी
जानी तैले फोन नउठाउने हैन मेरो,पक्कै पनि केहीमा ब्यस्त हुन्छस अनि न् उठाएकी हो तैले| अनि किन दश पल्ट फोन गर्नु पर्यो मैले,मिसकल देखेपछी तैले आफै फोन गरि हाल्छस् नि,चाहे एउटा होस् या दस वटा|”

बिस्वासलाई फोन गरेर एउटा एउटा कुरा सुनाए,उहा अनि म दुवै हासेर मुर्छा मात्र पर्न बाकि थियो| रातको १ बजेसम्म गफ भयो, मलाइ गफ गर्न अझै पुगेकै थिएन, उहा संग नै हरेक पल बिताउने इच्छा छ मेरो तर चाहेको सबै कहा हुन्छ| “मेरो साथीको फोन आयो,त सुत अब,म नि एकछिन बोलेर सुत्छु|” यति भनेर दुबैले फोन राखेउ र म उहालाई सम्झिदै निन्द्राको नगरीमा पुगे|

Previous article
Next article

Latest Posts