बेलुका पनि खाना खानलाइ मात्र कोठाबाट
निक्लिए| ममुसंग
पनि बोल्न मन लागेन,आखिर
यति ठुलो
निर्णय
लिनु अघि मलाई सोध्नु त पर्छ नि| बिहान उठ्दा सिरानीमा आशुको दाग थियो| पिडा धेरै सहेकी छु
मैले तर धेरै जसो हासी हासी नै थियो तर यो पिडा केहि भिन्न
थियो|
मन दुख्ने कारण एउटा मात्र थिएन,एउटा भन्दा बेसी थियो,त्यसैले होला पिडा जति सबै आशुमा देखिन सकिन्थियो| मन दुख्ने पहिलो कारण थियो,घरको राजकुमारी थिए म तर मेरैजीवनको यति ठुलो निर्णय लिनु अगाडी एक पल्ट सोधिएन मलाई| मैले के सोच्छु,मैले के सोचेकि छु,मेरो मनमा के छ,मेरो दिमागमा के छ,यो केहि बिचार गरि बाबाआमाले यो निर्णय कसरि लिन सक्नु हुन्छ| जीवन मैले बिताउने हो,जीवन साथि पनि मेरो रोजाइको हुनु पर्छनि, तर यहाँ …
मन बिझ्ने दोस्रो कारण चाही बिस्वास हो| उहा मेरो जिज्ञासाको बिषयबाट कति सजिलै मनले चाहेको मान्छेमा परिणत हुनु भयो| मैले उहालाई मन पराएको अलि पहिले बाट नै हो तर उहाले पनि आफ्नो माया दर्शाउनु भएको चाही भर्खरै हो| गएका ७ दिनमा,म झन् उहा प्रति समर्पित भइसकेकि थिए,उहाको मायाको स्पर्श महसुस गरिसकेकी थिए,उहाको साथको कल्पना जीवन भारीलाई गरिसकेकी थिए, अहिले जुन जीवन जिउदै छु उहासंग त्यो भन्दा भिन्न जीवनको कल्पना गरिसकेकी थिए मैले तर अब अचानक आएर उहालाई कसरि छाड्नु| अहिले भर्खर आकाशमा उडेर आएकी थिए, आकासमा उडेको केहि पल पछिनै मेरो पखेटा काटिन्छ भनेर मलाई के थाहा|
अफिस जान तैयार भए, आज खुसि चाही थिइन अफिस जानलाग्दा पनि, अरु दिन भएको भए
बिस्वाससंग
भेट्ने
भनि खुसी हुन्थियो यो मन तर आज न खुसि हुन सक्यो,न खुसि हुन नै चाहायो| बिस्वास आफै लिन आउनु भएको थियो घर सम्म,संगै अफिस हिड्यौ दुवै तर एक शब्द
बोलिएन| अरु
दिन भएको भए म चुप हुने नाम नै
लिन्थिन| यो
कुरा सायद बिस्वासले नि महसुस गर्नु भयो, मेरो मनमा यस्तो केहि भारि कुरा
बसेको छ जसले सबै मेरो खुसीहरू थिचेर राखेको छ|
“के भयो तलाई,किन उदास?”
उहाको
दुइ तिन प्रश्नको जवाफ हुन्छ या हुदैनमा दिएपछि,उहाले
यो
प्रश्न गर्नु भयो|
“घरमा मेरो बिहेको कुरा हुदैछ, हिजो घर पुग्ने बित्तिकै मामुले भनिसेको|” बिस्वाससंग कुरा लुकाउन केहि जरुरि थिएन र भूमिका बनाउन पनि, जे हो त्यहि पस्किए उहाको अघि|
“केटा कस्तो छ,पहिले देखि चिनेकी होस् तैले?” कस्तो अचम्मको प्रश्न हो उहाको|
“हजुरको टाउको,मैले अहिले सम्म भेटेकी
पनि छैन,फेरी
मन किन पर्नु मलाइ?” अफिस पुग्नु अघि
अचेल
एउटा क्याफेमा कफी खाने गरेको थियौ,अहिले पनि त्यहि क्याफेमा थिएउ,फरक यति छ,अहिले
मेरो हातमा चुरोट सल्किदै छ र चुरोट संगै मनपनि|
“एक पल्ट भेट,अनि मन पर्यो भने कुरा
अघि लग्न त|” म अहिले जिस्किने अवस्थामा छैन तर
उहाले
जिस्केर यो कुरा गर्दै हुनुहुन्छ कि उहाको मनमा यही नै छ बुझ्न थोरै गाह्रो भयो|
“हजुरलाइ छाडी अरु संग कसरि बिहे
गर्नु मैले?” रिसाउन जानेकी छु मैले, यी शब्द ओठमा आउदा
सम्म
आखामा आशु पनि आइसके छन्|
“मैले तलाई के भनेको थिए, म मान्छे राम्रो हैन र तेरो लागि ठिक पनि हैन| म संग बसेर आफ्नु जीवन भत्काउनु त भएन नि तैले|” पिडा अघिको भन्दा दोब्बर हुदै गयो बिस्वासको हरेक शब्द संगै|
“हजुरले भन्न खोजेको?मैले अब हजुरलाई छाडेर
जानु? अनि
हामि बिचको माया नि?” भक्कानिएर रुन
मात्र
बाकि थियो मैले|
“हरेक सम्बन्धको गन्तब्य
हुदैन नि केटि,अनि
सबै सम्बन्धको गन्तब्य बिबाह पनि हैन| साथ म
तलाई
जीवन भर दिन सक्छु तर साथको लागि संगै हुनुपर्छ भन्ने छैन नि|”
“मलाइ साथ संगै भएर चाहिएको हो,अलग्ग भएर हैन|”
“संगै त आफु संग पनि छैन,त मसंग कसरि संगै बस्छस|”
“हजुरे भन्न खोज्नु भएको के ?सिधै भन्नुस|”
“म पागल हो,मेरो भर परिस् भने तेरो
जीवन पनि भत्किन्छ, समय
संग त पनि बदलिन सिख र नया
सम्बन्धको
पाइला चाल|”
“यदि हजुर पागल हो भने म हजुरलाई ठिक पार्न चाहन्छु,म त्यो ओखती हुन चाहन्छु जसले हजुरलाई निको पारोस्| सुरुमा हजुरलाई बदलिन खोज्छु सकिन भने म आफुलाई नै हजुर जस्तो बनाउछु|”
“पागल जस्तो कुरा नगर|”
“हेर्नु भनेकी थिएनी मैले,कि हजुरलाई म जस्तो
बनाउछु कि आफै हजुर जस्तो हुन्छु,अब हजुरले
नै
मलाई पागल भन्न लाग्नु भयो,सायद
सिक्दै छु म पनि|”
“वहियात कुरा नगर, भबिस्य हेर,म अहिले सम्म यस्तै थिए
र यसरि नै चल्दै आएको छ र यसरि नै चल्छ|
मेरो
लागि कसैले पनि आफुलाई बर्बाद पार्नु पर्दैन|”
“मैले पनि भनेकी थिए निर्णय मेरो,हजुरलाई पछी गएर दोष दिन्न म|”
दिनभरि बिस्वास संगै अनेकौ गफ गर्दै बसे, गफ क्याफेको जस्तो
गम्भीर स्वभावका चाही थिएनन्|
बिस्वासलाई
फकाए तर घरमा कसरि भन्ने हो कि म बिहेको लागि तैयार छैन भनि| निकै बहाना खोज्न लाग्यो मनले र बहाना खोज्दा खोज्दै बेलुकाको ५ बजेको पत्तो
भएन|
