आज माघ ११ गते,रातको १० बजे उसको फोन आयो| सधै जसो गफ गाफ हुदै गयो ,अभ जाबो २ घण्टा बाकि थियो माघ १२ हुन पनि| मनमा निकै उत्सुकता थियो, निकै खुसि थिए म, आखिर 4 वर्ष पुरा हुदै थियो सम्बन्धको| आमाले घरमा बनाएको झाना जस्तै थियो यो मेरो सम्बन्ध, पहिलो गास देखि अन्तिम गास सम्म मिठो,हरेक गास मिठो| कुनै गासमा ढुंगा परेन|
“एउटा कुरा भन्छु,मान्नु हुन्छ?” उसले भनेको नमान्ने कुरै हुन्न | मैले “हुन्छ “ भने |
उनि केहि समय चुप भईन्,एक लामो सास फेरिन्, केहि गम्भीर स्वरमा भनिन् “हामि यो सम्बन्धको अन्त्य गरम | हामि पछि संगै हुन सक्दिनौ जस्तो लाग्छ मलाई |”
उनि जिस्केकी हो कि जस्तो लाग्यो केहि बेर तर एकछिन पछी उ आफ्नु कुरामा अडिक रहेको पक्का भयो |
उसको यो एउटा वाक्यले मेरो खुसिको संसारमा भएभरको प्राकृतिक बिपत्ति आयो ,भूकम्पले सोचेको सबै सपनाहरु एक एक गरि ढले, मेरो भबिस्यको मार्ग पीडाको पहिरोले पुर्यो,मुस्कान भरिएको यो मुहारमा चट्टान खस्यो आसुको, आखा वर्षायामको आकाश झैँ भयो , आशहरु सबै हावाहुरीले लग्यो,जिबनको हरेक खुसि अन्धकार बादलले छेक्दै गयो , मनमा भएको बिश्वास र माया सुनामीले लगेर तद्पन्को समुन्द्र मुनि गाड्यो |
“नाई हुन्न,सम्बन्ध तेरो मात्र हैन,हाम्रो हो| तैले भन्ने बित्तिकै सकिने र तैले भन्ने बित्तिकै सुरु हुने हुन्न| के भयो भन्,तलाई के चाही चीत्त बुझेन भन्| म त बिना बाच्न सक्दिन र त पनि सक्दिन्स थाहा छ मलाई| जे भन तर सम्बन्धको अन्त्यको कुरा चाही मनमा नल्या| “ यस्ता धेरै कुरा भन्न मन थियो उसलाई तर उसलाई केहि पनि भनिन, भनीन भनु कि भन्न सकिन| मनमा कुरा धेरै थियो तर शब्दमा आएन|
आखिर उसको खुसि भनेकै मेरो खुसि हो र उसको खुसीको लागि मैले उसलाई यो सम्बन्धबाट मुक्त गरिदिए | मैले एक्पल्ट पनी हुन्न भनिन,मनमा पिडा हजार थियो ,बज्रपातनै परेको थियो मनमा तर उनि यसमा खुसि थिन भने म उसको खुसीमा बाधा किन हुनु |आखिर सम्बन्ध भनेकै खुसीको लागि हो,उनि सम्बन्ध बिना खुसि हुन्छिन् भने मेरो भन्नु केहि थिएन | तर अचानक यो कुरा किन गरिन् उनले | कारण जान्न मन लाग्यो |मैले हजारौ पल्ट हजारौ तरिकाले सोधे कारण के हो भनेर र हरेक पल्ट उसको उत्तर त्यहि हुन्थियो “त्यसै,कारण केहि छैन |” बिना कारण सम्बन्धको अन्त्य चाही कसरि हुन्छ,यो पत्यार लाग्न नसक्ने कुरा थियो | मैले धेरै प्रयत्न गरे तर पनि कारण थाहा पाउन सकिन | धोका दिएकी भए यति पिडा हुन्थेन जति अहिले हुदै थियो | फेरी म भन्दा माया उसले धेरै गर्थिन्,म बिस्वस्त थीए ,उसले धोका दिने कुरै आउदैन |
धेरै खोजे केहि नभनु उसलाई भनि,तर मनमा यति धेरै कुरा थियो, आज भनिन भने यी कुरा हरुले मलाइ नै भित्र भित्र गलाउदै जाने पक्का थियो| एकछिन मौन भए र मनमा लागेको केहि कुरा अन्तिम वाक्यमा यस प्रकार ब्यक्त गरे “ तिमि बिना जिबन बाच्नु परको कुरा हो,म तिमि बिनाको जिबन कल्पना पनि गर्न सक्दिन | एउटा कुरा चाही के बुझी राख भने अभ म तिमि बाहेक अरु कसैलाई माया पनि गर्न सक्दिन |तिमि जति र तिमिजस्तो माया अरु कसैलाई माया गर्दिन म अभ|तिमि नै मेरो अन्तिम प्रेम हो | मन लागे भने बेला बेला बोलिदिनु | अभ तिमि बिनाको जिबन निधन सरि हो मेरो लागि,एकैपल्ट मर्दा प्रश्न आउछ किन मर्यो भनेर | अभ म बिस्तारै मर्नेछु,आजबाट तिमि कहिले उही बिश्वासलाइ देख्ने र भेट्ने छैनौ|” आखाबाट आसु र मुखबाट शब्द एउटी गतिमा निक्लिदै थियो | आखिर पिडा कसलाई हुन्न | ४ बर्सको सम्बन्ध एकैपल्ट टुट्दा,त्यो पनि कुनै कारण र गल्ति बिना |
माया,सुरु हामि दुबैले संगै गर्यौ तर अन्त्य समयले गरिदियो |हामि पुग्ने गन्तब्य एक थियो र मार्ग पनि | हरेक मोडमा उनको हातको साथ थियो | तर जिबनको मोडमा उनको साथ छुटेको पत्तो भएन | गन्तब्य उहि छ अहिले पनि,फरक यति छ,उसले समाउने हात बेग्लै छ र म भने साथ बिना चिताको रापमा पुग्दैछु |
उसको लागि म चितवन पुगेको कुरा उसले थाहा पनि पाइन, र मैले भन्न पनि चाहिन| माया उसले पनि गर्थी थाहा छ, उसले अचानक यो कुरा गर्नुको पछी केहि कारण थियो तर उसले त्यो कहिले पनि खोलिन मेरो सामु| यति दिन माया गर्दै आएको,मलाई जस्तो गाह्रो उसलाई पनि हुदो हो,माघ १२ गते रातको १० बजे फेरी फोन गरि| एकछिन भएपनि मनमा झुठो आशा पलायो उ फर्किन्छे कि भनेर| झुठो के भन्नु, आशा पलायो, साचो हो कि झुठो मैले फोन उठाएपछि थाहा हुन्छ|
