Part 72

हाम्रो सम्बन्धको सुरुवातको ८-९ महिना जसरि बित्यो, म चाही ढुक्क भैसकेको छु, म उसंग पुरा जीवन नै बिताउन सक्छु, जीवन मात्र हैन निधन पछी पनि उ भए पुग्छ मलाइ,स्वर्ग चाहिन्न| सम्बन्ध भनेको यस्तो कुरा हो, जहाँ सानो सानो कुराले धेरै खुसि दिन्छ र त्यहि सानु सानु कुराले धेरै दुखि पनि तुल्याउछ| उसको हरेक एउटा व्यवहारले मलाई अत्तिनै खुसि दिन्छ| मान्छे सम्बन्धमा बस्ने भनेको नै खुसि हुन हो, माया पाउन हो र जीवन भरिको साथ पनि आबस्यक हुन्छ| उसले मलाई पर्याप्त माया गर्छिननै र त्यसका साथै म उनिसंग खुसि पनि छु र साथ उसले मलाई मेरो हरेक पाइलामा दिदै छिन्| धेरै त भन्दिन, तर अभ उ नै मेरो जीवनको खुसि हो र उसको बाहेक अरु कसैको मायाको चाहना राख्न त के सोच्न पनि सक्दिन म, अनि उसको साथ मलाई अन्तिम सास सम्म पनि चाहिन्छ| सायद हाम्रो नाम मै बिश्वास र निष्ठा भएर होला, हाम्रो सम्बन्धमा एक अर्काको लागि बिश्वास पनि बखान गर्न नसक्ने गरि छ|

पल, दिन,अनि महिनाहरु, कति चाडै बित्दै गयो थाहा भएन| हरेक दिनको गफ गाफ र त्यो संगै बढ्दै गएको आत्मियपन, हेर्दा हेर्दै २०७० को मघ१२ पनि आइपुग्यो| हामि सम्बन्धमा गासिएको १ बर्ष पुरा भयो| कथा यहाँ सम्म पुगिसक्दा पनि अहिले सम्म एउटा कुरा चाही भन्न भुलेछु, मैले भुलेपनी सबैले थाहा पाइसक्नु भयो होला, म लेखक त हैन तर बेला बेलामा आफ्नु भावनाहरु गज़ल,कविता र रचनाहरुमा पोख्न प्रयास गर्दछु| उनि मेरोलागि एउटा यस्तो बिषय हुन् जसमा म जीवन भरि नै कलम चलाउन सक्छु| उसको लागि एउटा सानु रचना तैयार पारेको छु, सायद उसलाई जहिले जस्तो मन पर्छ होला|

उसले रातको १२ बजे फोन गरि र फोनमा गफ हुदै गयो| उसको लागि तैयार पारेको रचना पनि मैले उसको लागि बाचन गरे:

“माया तिम्रो र मेरो अखण्ड जीवन भरिलाई हो नि,
तिम्रो साथ अनि सम्बन्ध जीवन भरिलाई हो नि,
नसोध आखिर कहिले सम्म लेख्छु तिम्रो बारेमा,
तिमीलाई पाउनुको घमण्ड जीवन भरिलाई हो नि|”

यति भएपछी उसको खुसी एउटा बेग्लै ब्रहमाण्डमा पुग्यो र उसलाई खुसी देखेर म पनि अत्ति रामाउन लागे| गएको एक बर्षमा हामि साथ रहदा के के कुरा भयो हामि बीच, कहा गयौ घुम्न, के के गरेउ,हामि एक अर्काको लागि के हो, आखिर हामि कति खुसि छौ, हामि एकअर्कालाई पाउदा कति भाग्यमानी महसुस गर्छौ, हाम्रो जस्तो मिलेको जोडी अरु कसैको छैन, यस्ता धेरै र अनगिन्ती गफ गरेर बिहानको ५ पनि बजाइयो| उसको मार्निंग कलेज थियो र अभ तैयार हुन्छु भन्दै उ फोन राखेर गइ र म भने उसलाई सम्झिदै सुत्न तिर लागे|

उसको सबै कुरा मन पर्यो भनेको थिए अघि,त्यो चाही सच्याउन चाहन्छु, एउटा कुरा चाही पित्तिकै मन परेको थिएन उसको| उसले न मेरो कुरा मानि न आफ्नु मामुको नै र मानबिय संकाय रोजी +२ म,उसको केहि यो निर्णय केहि अनौठो लाग्यो| तर यसमा मलाइ मन नपरेर पनि के नै हुने हो र, पढ्ने उसले हो,हामीले धेरै कर गरेर पनि नहुने | पछी गएर म न्याधिस हुन्छु भन्दै मलाई सम्झाउन खोज्थी,अभ इक्षा भएको कुरा कसरि नगर भन्नु तर मनमा थोरै भएपनि नराम्रो चाही लाग्यो|

दिन संगै गफ पनि बढ्दै गयो र गफै गफमा छोरा छोरीको नाम पनि राखेर भ्याइयो| मैले दिएको teddy लाई चाही उसले हाम्रो छोरा भन्दै भुन्टु भनेर नाम राखेकी थि| कस्तो राम्रो नाम,भुन्टु| एकदिन छोरा छोरीको बारेमा कुरा हुदै थियो उसको र मेरो बीच,त्यतिकैमा मिल्ने साथीले सुन्यो र जिस्काउन लागि हाल्यो “तेरो अलि चाडै बिहे भएको भए, तेरो बुढी जत्रो त तेरो छोरी हुन्थी|” साथीको यो वाक्यमा हास्न पनि मन लागें तर नहासी बस्न पनि सकिन| १०६९ माघ १२ १२ गते पहिलो दिन थियो हाम्रो सम्बन्धको र दिन बित्दै जाड़ा आज २०७३ पुस २९ गते|

अभको केहि हफ्तामा 4 बर्ष पुरा हुने हाम्रो सम्बन्धको| माया र साथ नहुने कुरै हुन्न सम्बन्धमा, त्यसबाहेक अभ हामि भबिस्य देख्न लागेको थिएउ हाम्रो सम्बन्धमा,जहाँ एक अर्का बिना हाम्रो अस्तित्व शुन्य पाउथिएउ हामि| झिना मसिना झगडा पनि परे कहिले काही तर मायाले जहिले बगाएर लाने त्यस्ता झगडा| हाम्रो सम्बन्ध पनि नेपाटप ट्यांकी जस्तै भएको छ,टुट्दैन अह टुट्दै टुट्दैन|पहिले सम्बन्धमा बालापन थियो र अहिले परिपक्क हुदै आको थियो सम्बन्ध,उ पनि बुझ्ने र म पनि समझदार भैसकेको थिए| उ बाट कति कुरा सिके मैले र उसले पनि कति सिकी होलि| २०७३ को पुस २९ गते किन याद छ मलाई,थाहा छ? किन कि यो दिन उनि जाडो बिदामा गाउ हिडी| एक महिनाको लागि,मतलब सम्बन्धमा गासिएको 4 बर्सको दिन संगै बिताम्ला भन्ने चाहना थियो तर पुरा नहुने भयो| खाने मुखलाई जुंगाले छेक्दैन थाहा छ मलाई, त्यसैले माघ १२ गते चाही उसलाई भेट्न उसकै गाउ चितवन जान्छु सोचेर बसे म पनि| कति पनि लागें पुष २९ बाट माघ १० आउन, चितवन पनि घुमिन्छ भनेर माघ १० गतेको दिन चितवनको लागि हिडे काठ्मान्डु बाट| उसलाई चाही भनिन, उसलाई माघ १२ गते अचानक भन्ने प्लान थियो| आज माघ ११ गते,रातको १० बजे उसको फोन आयो| सधै जसो गफ गाफ हुदै गयो ,अभ जाबो २ घण्टा बाकि थियो माघ १२ हुन पनि|

Previous article
Next article

Latest Posts