Part 1

निष्ठाको साथको आशमा,निकै रातहरु भातको गास बिना ,खाटको आडमा लास सरि नास भए| बिस्तारै मैले सबै कुराहरु त्याग्दै गए,पहिले भन्दा निकै फरक हुदै गए ,यो संसारिक बन्धनबाट अलग हुदै गए | बाटोमा कसैले देखे भने नचिन्ने भएको थिए,शरिर यहि थियो तर मेरो मस्तिस्क अनेकौ ठाउको भ्रमणमा हुन्छ अचेल | आखाको वरिपरी कालो दागले धेरेको थियो,मुहारमा कुनै चमक र भाव थिएन लोडशेदिंगको नेपाल जस्तै ,ओठ पनि काठमाडौँको बाटो जस्तै ठाउँ ठाउँमा खाल्टो हुदै थियो, पानिको मुहान जस्तै मेरो जिउ पनि सुक्दै जादै थियो | म यहाँ हरेक पल मर्दै थिए तर उसलाई कहिले केहि थाहा भएन,थाहा हुनलाई बोलचाल हुनुपर्छ र बोलचाल कहिले भएन|

उसंग फोनमा बोलेको अन्तिम रात पछी,खाना एक दाना हालेको थिन मैले |सधै बाहिरबाट खाएर आएको भनेर ढाट्ने घरमा | तर कफी भने अत्याधिक मात्रामा सेवन गर्दै थिए | खाना नखाएको सत्रौ दिनमा ढले म,बिस्तराबाट छठ सम्म पुग्न खोज्दा,भर्यांगमा ढले |बुवाले हस्पिटल सम्म लग्नु भएछ |घरमा पो झुक्याउन सजिलो,डाक्टरलाई नसकिने रैछ| मैले खाना नखाएको कुरा सबैलाई थाहा भयो | मलाई मर्न मन लागेको हैन तर बाच्ने इक्षा भने थिएन | अभ बाच्ने इक्षा नै नभएपछी,कुनै ओखतिले पनि नछुने रैछ | आज हस्पिटलमा भर्ना भएको पनि 21 दिन भयो | सुधार केहि थिएन बरु हरेक दिन म मृत्युको मुखमा पुग्दै थिए | हरेक बेला टाउको दुख्ने र रातभरी सुत्न नसक्ने,यहि थियो मेरो ठुलो बिमारी | कति नसालु ओखती दिए डाक्टरले तर कुनैले पनि छोएन मलाई, छोओस् पनि कसरि,उसको माया काट्ने कुनै ओखती नै बनेको छैन यो संसारमा | खाना पनि खाने बितिकै बान्ता हुने | शरीरमा रगतको मात्रा न्यून हुदै गयो |सबैले हार खाइसकेका थिए | उ मेरो प्रश्नको उत्तर दिन फर्किन्छे कि भन्ने झिनो आश थियो तर अभ मेरो सास रहने बेला सम्म त्यो सम्बभ छैन | उसको मायापनि पुग्यो अभ मलाई |अझै पनि पर्खाईमा थिए तर पर्खाको उसको भने हैन,पर्खाई मृत्युको थियो | मृत्यु पनि कति ढिलो आएको हो,अझै कति तड्पिनु मृत्युको लागि | मृत्युको पर्खाइमा कपि र कलमले साथ दियो मलाई,र आज म आफ्नु जिबनको अन्तिम पलहरु बर्णन गर्दैछु | आश गर्छु मेरो यो व्यथाको कथा सक्किनु अघि मृत्युले मलाई अन्गालोस |

उनि भन्दा यो कपि कलम नै जाति लाग्न थाल्यो, उसले हाम्रो कहानीलाइ कुनै किनार बिनै बिचमै छोडेर गइ, बरु यसले केहि भएपनि कहानीलाइ किनार सम्म ल्यायो,चाहे किनार मृत्यु कै किन नहोस्| उनको माया कम्जोर भएपनि याद चाही अत्तिनै बलियो रैछ,त्यसैले होला जति भुल्न खोजेपनि कहिले सकिन| कहिले काही आफ्नै मुटु र मस्तिस्क संग पनि रिस उठेर आउछ, न उसलाई भुल्न सक्छ न उसलाई भुल्न खोज्छ,सुरुमा भुले जस्तो नाटक गर्छ तर पछी फेरी उनको एक रास सम्झना ल्याएर मेरो अघि पट्टि राखिदिन्छ, अनि सुरु हुन्छ मेरो तड्पन| जब उसलाई भुल्न सक्दैन भने यो मुटुले, धक्दीन भुले हुन्थियो नि, कम्सेकम मेरो पिडा त सकिन्थियो नि| कि त यो दिमाग चल्न छाडे नि हुन्थियो नि, भित्र भित्र पागल भइसकेको छु,अब दुनियाले पनि थाहापाओस् न, उनि कति कठोर हृदय भएको धोकेबाज हो भनि| हुन्न हुन्न, दुनियाले थाहापाउनु हुन्न, आखिर किन उनीलाई सबै दोष लगाओस् दुनियाले, किन उनि घृणाको पात्र हुनु पर्यो, उ त राम्री मान्छे पो हो, उसलाई कसैले केहि भन्न पाउदैन| मैले पनि पाउदिन,न अरु कसैले पनि, सायद गल्ति मेरै हुनु पर्छ|

गल्ति मेरै हो कि भाग्यको,अब दोष उनको नभएर भाग्यको जस्तो लाग्न थाल्यो| आखिर के लेखिदिएको छन् दैबले यो भाविमा, जहिले दुख अनि चाहेको नपुग्ने| सुरुमा बर्षाले हुन्न भनि, त्यसपछि सारिका पनि पर भइ, निष्ठासंग भेट भयो एउटा मोडमा, जीवनभरीको साथ सोचे थिए निष्ठालाई,तर उनले पनि,हो उनले पनि छाडेर गइ| अहिले मृत्युको प्रतिक्षा तर उसले पनि अंगाल्न मानेन| अहिले सबै भन्दा चाहेको भनेको मैले मृत्युलाई हो, तर मृत्युले अंगाल्न मान्दैन र यो हस्पिटलको बिस्तराले छाड्न मान्दैन|

कसैले कसैलाई आफ्नु पुरै मनले चाहे पनि नपाउने रैछ भन्ने कुरामा चाही म पक्का भए| मैले चाहेको न् मृत्यु नै आयो न् निष्ठाको माया नै पाए मैले|  दिनै पिछे आफन्त आउने भेट्नलाई, केहिले बिचरा भन्थिए भने  कहिले सम्झाउथिए अनि केहि मलाई देखेर आशु लुकाउन खोज्ने| यतिलाई दुख दिने म मान्छे चाही कति नराम्रो रैछु, तर के गर्नु चाहेर पनि राम्रो हुन सकेको छैन म|

मलाई देख्दा आमालाई जस्तो पिडा हुन्छ,आमाको त्यो पिडा देख्दा मलाइ पिडा हुन्न?हुन्छ नि तर खै मैले न् आफुलाई त्यो पीडाबाट निकाल्न सकेको छु न आमालाई| यता म लास हुन खोज्दा खोज्दै उता आमा जिउदो लास भैसक्नु भयो| मैले पहिले जस्तै हुने कोशिस पनि गरेको हु तर तैले तनले हार खाने भने कहिले मनले| हारी हारी कति बाच्नु, बरु यो पटक पटकको हार भन्दा आफ्नु फोटो माथि सधै भरिकोलागि  हार नै ठिक हुन्छ होला|

इच्छा त छ मनमा एउटा तर त्यो पुरा नभएपनि अब मलाई केहि दुख छैन| इच्छा भनौ कि खोज भनौ,खोज त्यो जवाफको जुन निष्ठाले दिनु आबस्यक ठानिन र न उसले बुझी त्यहि नै मेरो आबस्यकता हो भनि| आखिर सम्बन्ध अन्त्य गर्नुको मुख्य कारण चाही के थियो,के मेरो मायामा केहि कमि थियो,कि म मा केहि कमि थियो, के मैले उसलाई बुझ्न सकिन कि उसले मलाई बुझ्न नसकेकी हो,आखिर किन अन्त गरि उसले यो सम्बन्ध|

नेपालि टाइम भनेको जहिले ढिलो हुन्छ भन्थिए, हो रैछ | त्यसैले मृत्युले पनि नेपाली टाइम भन्दै  आज भोलि भन्दै मलाई लग्न मानेको छैन| कत्तिनै गाह्रो छ र यमराजलाई जाबो मेरो प्राण लग्न,यमराजले  आफ्नै हातले मेरो गर्धन थिचे भने, बिस्तारै मेरो धड्कन रोकिने थियो,सास बिस्तारि अड्किने थियो, काहको नानि पनि पल्टिने थियो,मुटुले बिस्तारै धड्किन बन्द हुन्थियो, एक एक अंग कस्सिन्थियो, मेरो पीडाको तड्पन आफै सक्किन्थियो र मेरो संसार सागको बन्धन मेटिन्थियो| अनि शरीरको कुन अंगबाट मेरो प्राण निक्लिएर जाने थियो, जिब्रो टोकिएको हुनेथियो, अरुले मेरो आखा देखि रहेको हुन्थिए तर मेरो आखाले अब कसैलाई देख्न सक्दैन थियो| तर यो कहिले पुरा भएन| मृत्यु छेउछाउ आएको जस्तो गर्छ तर कहिले अपनाउदैन यो मृत्युले मलाइ|

इ.सी.जी. मा मुटुको चाल कहिले समथर नहुने,जहिले उकाली ओराली,ठ्याक्कै मेरो जीवन जस्तै| जीवन त समथर भएन,कमसेकम यो मुटुको चाल समथर भइदिए हुन्थियो नि| मैले भने नि कहिले सामान्य भएन जीवन, निष्ठाको आश छैन अहिले तर उसको जवाफको चाही आश छ सास भए सम्म|

कहिले सामान्य नचलेको जीवन अहिले के सामान्य हुन्थियो र| जसको आश मारेर बसेको थियो,उसको फेरी मेसेज आयो| निष्ठाले अचानक मेसेज गरि|

Next article

Latest Posts