कहिले सामान्य नचलेको जीवन अहिले के सामान्य हुन्थियो र| जसको आश मारेर बसेको थियो,उसको फेरी मेसेज आयो| निष्ठाले अचानक मेसेज गरि|
जुन नम्बर मैले सेभ गरेको थिए,त्यहि नम्बर बाट आएको थियो मेसेज| उसले यो नम्बर परिवर्तन गरेर अर्को नम्बर लिएकी छु नि भनेकी थि तर फेरी पुरानै नम्बरबाट किन मेसेज आयो त? उसले नम्बर परिवर्तन गर्छु भनेपनि मैले त्यो पुरानो नम्बरमा बेला बेला फोन गर्न चाही छोडेको थिइन,फोन लाग्छ भन्ने आशा थिएन तर पनि फोन चाही नगरी बस्न सक्थिन| आश भएको कुरा पुग्न त गाह्रो हुन्छ, आश नभएको कुरा झन् के पुरा हुनु, जहिले उसको फोन अफ नै भन्थियो तर आज त्यहि नम्बरबाट मेसेज कसरि आयो?एकछिन आफैलाई बिस्वास लागेन,निष्ठाले मेसेज गरि भनेर,न मनले मान्न सक्यो न् मस्तिस्क्ले बिस्वास नै गर्यो|
“हजुर कहाँ हुनु हुन्छ?” अचानक उसको मेसेज आएको,त्यसमा पनि एउटा प्रश्न मात्र| आफुले आफुलाई जति बलियो बनाए पनि, यो मेसेजले फेरी कम्जोर बनायो मलाई| मन र मस्तिस्क फेरी पनि एक आपसमा लड्न लागे, धेरै कुरा खेल्न लाग्यो मनमा,धेरै कुरा सोच्न लाग्यो दिमागले पनि| कोशिस धेरै गरे मैले उसको मेसेजको रिप्लाई नगर्न, तर मस्तिस्कलाई एक्लै पारेर मन र हत्केलाको बहुमतमा निष्ठाको मेसेज को रिप्लाई टाइप भयो|
“तैले जहाँ छाडेर गइस्,त्यसकै वरी परि नै छु|” यो मेसेज किन लेखियो म बाट?मलाई आफै पत्तो छैन,मलाई यो पनि थाहाछैन यो मेसेजको आसय के हो? के निष्ठाको अघि मैले आफुलाई बलियो देखाउन खोज्दै छु कि कम्जोर,यो पनि बुझ्न सकिन मैले|
“कहाँ हुनु हुन्छ भन्नु न|” सायद उसले पनि बुझिन होला मैले के भन्न खोजे भनि,कि उसले बुझ्ने खोजिन,नत्र यो प्रश्न आउने थिएन होला उबाट|
“भने त,अरु के भन्नु|” उसको यादमा अड्किएर बसेको थिए अघि सम्म,अहिले त्यहि एउटा कुरामा अड्किएर बसे| मैले जवाफ नजानेको हो कि जानेर पनि यहि जवाफ रोजेको, थाहा छैन मलाई| मेरो यो मेसेज पछी उसले फोन नै गरि|
“मलाई हजुरसँग भेट्नु छ|भन्नुन हजुर कहाँ हुनु हुन्छ?” म संग भेट्नु छ रे? किन? उसलाई बिर्सिन नसके पनि खोज्दै छु, तर उसको यो मेसेजले, म आज भन्दा २ महिना अघि जहाँ थिए,मलाई त्यहि धकेल्यो,अब भने सच्चि म त्यहि पुगे जहाँ उसले छोडेर गएकी थि| तर त्यस्तो के पर्यो उसलाई कि आज आएर म संग भेट्नु पर्यो,आखिर अहिले सम्म उसलाई मेरो याद भर्खर आयो?
“किन भेट्नु? भेट्दिन,|” अब बल्ल म बलियो भए,देखावटी रुपमा भएपनि| मेरो यो वाक्यमा रिस,निराशपन र माया सबै लुकेको थियो, खै उसले थाहा पाई कि नाई,थाहा पाए उसले कुन चाही तत्व चाल पाई|
“केहि कुरा भन्नु छ,केहि निकै जरुरि कुरा, एकपल्ट भएपनि प्लिज भेट्नु न मसंग|” जब दुइ जनाको लडाई हुन्छ, एउटा कम्जोर हुदै गयो भने अर्को आफै बलियो साबित हुन्छ| यहाँ उ मेरो सामु कम्जोर हुदै थिइन् र म बलियो हुनु पर्ने थियो तर उसंगै म पनि कम्जोर हुदै गए, सायद यो लडाई नभएर माया हुनु पर्छ नत्र कसरि दुवै संगै कम्जोर हुन्छन?
“के कुरा? अहिले फोन मै भन्|” हो कम्जोर भइसकेको थिए उसको कुराले तर आफुलाई उसको सामु अझै पनि बलियो नै दर्शाउन लागे म,सायद आफुलाई कम्जोर देखाउन मानेन मेरो स्वाभिमानले|
“सबै कुरा फोनमा हुदैनन्,भेट्नै पर्ने छ के|” उसको अवाजमा आएको परिवर्तन महसुस गर्न योग्य छ मेरो यो मस्तिस्क,उसको आवाज भावुक हुदै गएको थियो, त्यो आवाजमा अनुरोध पनि थियो र अनुरोधको धेरै गहिराई भित्र रुकेको थियो एउटा क्रन्दन|
“कसले भन्यो फोनमा सबै कुरा हुदैनन्| तैले सम्बन्धको अन्त्य अनि सुरुवात,दुवै यहि फोन बाट नै गरेकी थिइस्|” उसको क्रन्दनलाइ बेवास्ता गर्दै मेरो मस्तिस्कले बदला लिन लाग्यो| खै बदला हो कि मनमा दफ्निएका पुराना रिस हरु जुन औसीको रातको मुर्दा झैँ बाहिर आउदै छन् मेरो मनको चिहानबाट|
“मलाइ जिउदो हेर्न मन छ भने भेट्नु म संग,नत्र भोलिबाट निष्ठा हुने छैन यो संसारमा|” उसको यो एउटा वाक्य काफी थियो, मेरो देखावटी रिस अनि बलियोपनलाई रावणको लंका जस्तै ध्वस्त बनाउन| उसले यो भन्दा उसको मुखबाट शब्द मात्र हैन,आखा बाट आशु नि आउदै छ भन्ने कुरा उसको ध्वनिमा प्रस्ट गुन्जिरहेछ,आखिर के पर्यो उसलाई,कि मलाइ नभेटी नहुने| के उसले अस्ति भर्खर गरेको गल्तिमा उसलाई आत्मग्लानी महसुस हुदै छ कि कुरा अरु केहि हो?
“मलाइ ओम हस्पिटलमा भर्ना गरेको छ|” बलियो भएको थप नाटक गर्न सकिन मैले, अनि उसले खोजेको जवाफ दिए उसलाई|
“म एक घन्टामा पुग्छु|” उसलाई त्यस्तो के आपत पर्यो, एक घन्टामा नै पुग्ने| फेरी मलाई किन भर्ना गरेको भनेर पनि सोधिन उसले,सायद भेटेर नै सोध्ने बिचारमा होलि कि उसलाई मलाई के भएको भन्ने कुरामा केहि चासो नहुन पनि सक्छ| उ संग नभेटे सम्म मैले गर्न सक्ने भनेको अड्कल मात्र हो, र त्यहि गरेर बस्न लागे| उसले एक घण्टामा पुग्छु भनेपनि,…..
