Part 98

निष्ठा सुति सबै कुरा मलाई सुनाएर तर उसको कुराले म सुत्न सकिन,मनमा यति ठुलो बोझ लिएर आखिर को सुत्न सक्छ र| धेरै सोच आउन लागे मनमा, एउटा सोचको पछिको अर्को,अनि त्यसको पछी अर्को,यसरि ताती नै बनेको छ मेरो मनमा सोचहरुको|

बिस्वासले माया कसलाई गर्नु हुन्छ? मलाइ कि निष्ठालाइ? कि दुबैलाई, यदि दुबैलाई भए, उहाको प्राथमिकतामा को पर्छ,म कि निष्ठा? यी प्रश्नहरुको जवाफ खोज्न लाग्यो मेरो दिमाग| बिस्वासले मलाई नै माया गर्नु हुन्छ भन्ने तर्कमा एक पछी अर्को आवाज सबुत पेश गर्न लाग्यो मनले,सम्झिन लाग्यो हामीले संगै बिताएको पलहरु, फेरी पनि बिस्वाससंगको गफहरु कानमा गुन्जिन लाग्यो मेरो| बिस्वाससंग भेटेको पहिलो दिन देखि, अस्ति एयरपोर्टमा बिस्वाससंग बिताएको अन्तिम दिन, त्यहाँ बिचको एक एक घटना आखा अगाडी आउन लागे, बिस्वासको अंगालोमा फेरी पनि महसुस गर्न लागे म| हामीले एक अर्कासंग साटेका शब्दहरु पनि फेरी कोरिन लाग्यो मेरो आखा अगाडी र बिस्वासले मलाई नै माया गर्नु हुन्छ भन्ने निस्कर्षमा पुग्यो मेरो मन|

मनले आफ्नु तर्क राखेर भ्यायो, अब पालि थियो दिमागको, उसले पनि अनेकौ तर्क राख्न सुरु गर्यो अनि तर्क सहित धेरै प्रश्न पनि| आखिर बिस्वासले मलाइ माया गर्ने भए किन उहाले अहिले सम्म पनि मलाई निष्ठाको बारेमा भन्नु भएन,बर्षाको बारेमा भन्नु भयो,अभिको बारेमा पनि भन्नु भयो, सारिका र पंकजको बारेमा पनि भन्न पनि छुटाउनु भएन,उहाको परिवारको बारेमा पनि एक एक कुरा थाहाछ मलाई तर निष्ठाको बारेमा केहि कुरा मात्र किन भन्नु भयो,किन निष्ठाको बारेमा एक एक कुरा भन्नु भएन| के अस्ति मात्र उहा रात भरि जो संग बोलेर बस्नु हुन्थियो,के निष्ठा संग बोलेर बसेको हो त? के म भन्दा निष्ठा धेरै महत्वपुर्ण हो उहाको लागि? जसलाई मैले जीवन सम्झेर आफ्नु अतित देखि बर्तमान सम्मको राज लुकेको अल्मारिको चाबी सुम्पिएकी थिए,उहाले नै म बात सत्य कसरि लुकाउन सक्नु हुन्छ| होला उहालाई पनि डर होला,मैले के सोच्छु भनेर तर कहिले पो मैले उहाले भनेको वा भन्न चाहेको केहि नबुझेको छु र| अरु थप तर्क सहित दिमागले आफ्नु भनाइहरु राखेर भ्यायो|

तर्क मनले पनि राख्यो अनि दिमागले पनि तर फैसला गर्ने कसले?मैले? अह सक्दिन म,मैले निर्णय लिन सक्दिन अनि मैले लिएको निर्णय अहिले सम्म सहि भएको याद छैन मलाइ पनि| भन्छन नि, मन र मस्तिस्कले पनि केहि कुराको जवाफ दिन सकेन भने, आखा चिम्म गर्नु अनि मदत आत्माको लिनु| मैले पनि त्याह गरे तर सहयोगको आशा थियो अर्को एउटा प्रश्न थपियो| कहिँ म त् निष्ठा अनि बिस्वासको बिचमा आएकी हैन? म बिस्वास्लाई राम्ररि चिन्छु,उहाले कसैलाई धोका दिन सक्नु हुन्न,त्यसैले कहिँ उहाले मलाइ माया गर्नु बाध्यता त हैन? यदि म बिस्वासको जीवनमा नभएको भए कहिँ निष्ठा र बिस्वास संगै हुन्थिए कि?कहिँ मैले गर्दा दुवै एक हुन नसकेको त हैन? आत्माले सोधेको यी प्रश्नहरु जवाफ न मनले दिन मान्यो न दिमागले नै|

रातभरी यही भुमरी बीच बेरिएर बसे, निक्लिन प्रयास गरे तर प्रश्नहरु मलाइ त्यहि बेरेर राख्यो| कहिले खुट्टा तानेर भनेर कहिले हात तानेर,कहिले घाती थिचेर हुन्छ कि कहिले जिउ थिचेर, त्यो भुमरीबाट निक्लिने हरेक प्यास विफल पार्दै थियो यी प्रश्नहरुले| रात कट्यो,अन्धकार हट्यो, तर मेरो मन भित्र रहेको अन्धकार अहिले सम्म बरकरार नै छ, सायद मेरो जीवनमा पनि कुलमान घिसिंग जस्तै कोहि आउनु पर्छ| निष्ठा पनि सुर्यको किरण संगै नै बिउझी|

“दिदि टाउको फुट्ला जस्तो भयो|” निष्ठाले यति भन्ने बित्तिकै उसलाई कागती पानि तैयार गरे र आफुलाइ कफी अझै एक कप बनाए| निष्ठा न आज डान्स क्लास गइ न अफिस नै,म चाही सधैको समयमा नै हिडे घरबाट अफिसको लागि|

अफिसको लागि गाडी चढे देखि अफिस पुग्दा सम्म र अफिस समय भरिनै त्यहि प्रश्नहरु घुम्दै थिए दिमागमा, र अन्त्यमा मैले एउटा निर्णय पनि लिए|

Previous article
Next article

Latest Posts