Part 100

बिस्वासलाई पनि थाहा हुन दिन र निष्ठालाई पनि, कि मलाई उनिहरु दुइ बिचको सम्बन्धको बारेमा थाहाछ भनी| अबको कोशिस, बिस्वासलाई जसरि पनि काठमाण्डौ भित्र्याउने, कोशिस केहि बेर अघि फोनमा पनि गरे तर मेरो कोशिसको निधन पानि पनि भन्न नपाउदै भयो| अफिसबाट सधै निष्ठा लाइ भेट्ने बानि,आज निष्ठा अफिस आएकी थिन, क्याफेमा एक्लै भए, घर चाडै मन छैन, एक्लै भएपनि पशुपतिको आरति हेर्छु सोचेर पशुपति गए तर त्यहाँ पनि ३० मिनेट भन्दा बस्न सकिन,त्यहाबाट फेरी पनि क्याफे गए,क्याफेमा नै बिते थप दुइ घण्टा,साथि चाही ८ चुरोट अनि ४ कफी| गाडी चढ्न खोजे तर गाडी कहिँ भेटिन, रातको ९ बजे गाडी भेट्छु भनि सोच्ने म कति सम्मको मुर्ख होला|

“टूटल” याद आयो,अहिले सम्म प्रयोग गरेकी थिन, अनि मेरो मोबाइलमा पनि थिएन, केहि नहुनु भन्दा त्यहि ठिक लाग्यो र डाउनलोड गरि भ्याए र एकछिनमा नै एउटा बाइक आयो र त्यो बाइक पछाडी बसेर आफ्नु गन्तब्य पुगे| त्यो मान्छे संग बाटो देखाउन बाहेक एक शब्द पनि बोलिन,के सोच्यो होला त्यो मान्छेले मेरो बारेमा,कस्तो मान्यो होला मेरो स्वभावलाइ? निष्ठालाई सन्चो छैन भन्ने कुराबाट बाकिब छु म, क्याफेबाट एउटा बिर्यानी अनि एउटा म:म: पनि लिएकी थिए| नभन्दै म जादा निष्ठा ओछ्यानमा पल्टिएर बसेकी थि,नुन खाएको कुखुरा जस्तै|

“दि किन ढिला हजुर?”

“अफिसबाट नै अबेला भयो,फेरी तेरो फोन पनि लागेन अघि|”

“लाइन थिएन नि दिउसो भरि,त्यसैले|अनि के मा आउनु भयो यति राति?”

“टुटलमा, सजिलो रैछ नि|”

“सबै सिकी सक्नु भएछ हजुरले,हजुर नि त्यस्तो ट्यालेन्ट|”

“दिदि कस्को?आइज खाना खान|”

मन भित्र सोचहरुको भेल आएपनि,निष्ठासंग भने हासेर नै बोले,उसलाइ थाहा पनि हुन दिन, म कति एक्लो भएकी छु आज,मेरो मनमा के चल्दै छ, उसलाई सन्चो थिएन,झन् उसको दिमागमा थप जोड पुर्याउन मन लागेन| खाना खाएको एकछिन पनि भएको थिएन निष्ठा निदाई| माहोल सजिलो भयो बिस्वास संग बोल्नलाइ, हुन त अरु दिन पनि बोलेको हो मैले तर आज बोल्नु कम थियो र बिस्वासलाई मनाउनु बेसी| सुरुमा आफ्नु दैनिकी सुनाए बिस्वासलाई अनि त्यसपछि बिस्वासले आफ्नु सुनाउनु भयो, अनि म फेरी पनि जिद्दी गर्न लागे बिस्वासलाई काठमाण्डौ बोलाउन|

“हजुरसँग भेट्नलाइ मैले तपस्या गर्नु पर्ने हो?”

“म भगवान हो र,नचाहिदो कुरा गर्छे|”

“बरु भगवान भएको भए म माथि दया लागेर आफ्नु कृपा दर्शाउनु हुन्थियो होला|”

“म भगवान परिन नि त,बरु त आइज शनिबार टिकेट लिदिम फ्लाइटको?”

“म पहिले देखि जिद्दी थिए,हजुरको संगतले अझै जिद्दी भए| हजुरलाई लाग्छ अब म बुटवल आउछु,हजुर काठमान्डौ न आइकन?”

“एक अर्काको जिद्दीको बिचमा मायाको हार चाही नहोस् है|”

“हजुरले यस्तै गरिरहनु भयो भने चाही मायाको हार हैन निधन हुन्छ”

“बोल्न पाए भन्दैमा जे नि बोल्दा हुन्छ है तैले, बोलेको कुरा कुन दिन पुग्छ थाहा हुन्न”

“पुगोस् न बरु,माया संगै मेरो पनि निधन होस्,न मलाइ पिडा हुन्छ न मैले गरेर अरुलाई|”

“तैले गरेर मलाइ पिडा भयो मैले तलाई कहिले भनेको छु?”

“भन्नु हुन्न थाहा छ तर भएको होला नि,जहिले जिद्दी मात्र गरेर बस्छु,दुख दिन्छु,म जस्तो नराम्रो मान्छे को होला?”

“तैले मलाइ त्यो माया दिएकी छस,जस बिना म बाच्न सक्दिन,तैले मलाइ जीवन जिउने एउटा नया तरिका सिकाएकी छस्,त…..’

“बोलीले मख्ख नबाउनु,हजुर आउने कि नाइँ काठमाण्डौ मलाइ भेट्न|”

उहाको हुन्न जवाफ पछी म टुटे र फोन राखे, आशु मेरो आखालो डिलमा जमेर बसेकी छ,आशुं  नियमित पाउन नै भएको छ,कहिले बास टुट्दैन यो आशुको मेरो आखाबाट|बिस्वाससंग बिताएको एकपछि अर्को पल आखा अगाडी आउन लाग्यो, अतितले त्यति नै पिरोल्दै थियो जति भबिस्यको कल्पनाले,भबिस्यको एक एक पाटोमा मैले बिस्वासलाई पाउछु तर आज त्यहि मान्छेलाई मैले छोड्न जादै छु, मेरो गल्ति भनौ कि ठिक फैसला| तर अब थप सोच्दिना यो फैसला माथि,बद्लिदैन पनि यो फैसला,बिस्वासले भनेको जस्तै फैसला लिनु अघि सोच्नु सोचे मैले,लिएपछि सोच्नु भन्दा|

बिचरा मेरो सिरानी, अनायसै बेमौसमी बर्षामा रुझ्नु परेको छ| सायद बिस्वासको मायाको छाप गाढा थियो,त्यसैले आशुले पनि पखालेर मेट्न सकेन त्यो दागलाई| आजको रात आखामा निन्द्राको ठाउ आशुले लिएर नै बित्यो| बिहान सधै जस्तो अफिसको लागि हिडे र दिउसो भरि पनि|

“आज म आउदिन है निष्ठा,साथीको बर्थडे छ|” निष्ठालाई यति मेसेज पठाएर अनि…….

Previous article
Next article

Latest Posts