समय कस्तो बेइमान भएको, अघि बिस्तारै कट्दै थियो, अहिले भने एकछिन जस्तो लाग्छ ७:३० भयो| यसबीच केहि कुरा पनि भयो हामि बीच, जस्तै उसको हातमा भएको ट्याटुमा रहेको नाम उस्को आमाबाबाको हो, उ अहिले सनातक गर्दैछे, घर लाजिम्पाट रैछ, अरु पनि यस्तै साना साना कुरा हुदै गयो| ७:३० मा उसले जान्छु भन्नु र पंकजको फोन आउनु एकैचोटी नै भयो| पंकजको फोन उठाउनु त्यति जरुरि छैन जति अहिले सनिरासंग बोल्नु छ, पंकज कुन बेला आउछ भनि जान्नु त्यति जरुरि छैन जति सनिरा जानु अघि उसंग हात मिलाउने बहानामा उसको स्पर्श महसुस गर्नुछ|
“ल गएको म, हजुर त अझै बस्नु हुन्छ होला|” सनिराले मलाइ चिनेकै छैन राम्ररि, अहिले सम्म के के कुरा भयो सबै उसको बारेमा भयो धेरै जस्तो| मलाई चिन्ने भए उसलाई थाहा हुन्थियो कि मेरो बास मध्यरात सम्म नै यहि हुन्छ|
“एकछिन बस्छु, साथि आउदैछ|भोलि कुन बेला आउछौ?” उसको नम्बर माग्न मन छ तर मनमा जे छ त्यो बोलीमा आएन, मनको शब्दलाइ बोलीमा परिणत हुन किन यति गाह्रो|
“म त जहिले 4 बजे आउने हो| बरु हजुरको नम्बर दिनु,आउनु हुन्छ कि नाई त थाहाहुन्छ |” उसले पक्कै पनि मेरो मनको कुरा सुनेको हुनुपर्छ, नत्र मलाई नम्बर चाहिएको उसले कसरि मागी|
“जाम भएर हो, नत्र कहाँ सधै ढिलो आउनु| 980******7|” म जानी जानी ढिलो आएको हैन भनि सफाई पेस गर्नु त पर्यो नि, अनि सफाई संगै मेरो नम्बर पनि दिए|
“ हजुरको नम्बरको पनि लास्टमा ७ छ?” उसले यति भन्दा झस्किए, मन चिसो भएर आयो, निष्ठाको प्रतिबिम्ब आखा अगाडी आएर बस्यो| निष्ठासंगको सम्बन्ध पनि यसरि नै सुरु भएको थियो र सनिराको पनि नम्बरको अन्तिम अंक ७ रैछ| के यो एउटा नया सम्बन्धको सुरुवात हो? के एउटा पुरानो सम्बन्ध जहाँ सकियो, नया सम्बन्ध त्यसरी नै त्यहि स्थानबाट सुरु हुदै छ| केहि बोल्न सकिन, सनिरा लाई हेरेर मुस्कुराए मात्र, निष्ठाको प्रतिबिम्ब बिलिन भइसकेको थियो मेरो आखा अगाडीबाट, तर बोल्न सकिन त्यसैले हो मुस्कुराएको| जब मनमा कुरा अनेकौ हुन्छ, तब घाटीमा दोधार बाध लगाउछ र कुनै बोलि नै आउन पाउदैन बोलि बनि|
“ल भोलि भेटौला|” सनिराले यति भन्दा म सामान्य भइसकेको छु|एकछिन समय लग्यो तर निष्ठाको याद र असर मेटेर भ्याए,अहिलेको लागि मात्र भएपनि|
“तिमि बाहुन हो?” मलाई सनिराको नाम थाहाछ, पुरै नाम चाही थाहाछैन तर यो प्रश्न उसको पुरा नाम जान्नलाई सोधेको हैन मैले|
“मेरो नाक लामो भएर जिस्काउनु भएको?” उसको यो प्रश्नमा नै जवाफ छ कि उ बाहुन नै हो भनेर नत्र उसले सिधै हैन भन्थी तर यो जवाफ पनि चाहिएको हैन मलाई|
“हैन तिमि लोभी छौ,त्यसैले|” मैले जे सुन्न चाहेको, त्यसको लागि एउटा माहोलको निर्माण गर्दैछु|
“खुब| कसरि भए म लोभी?” उसले अलि अलि रिसाएर यो प्रश्न गर्छे भनि म ढुक्क थिए, म जे चाहदै छु त्यहि हुदै छ, सनिराले मैले सोचे जसरि नै मेरो प्रश्नको जवाफ दिदै छे|
“मेरो किताब पनि लगेउ अनि मेरो नम्बर पनि,आफ्नु चाही नम्बर पनि नदिने|” चाहना उसको नम्बर लिनु हो, त्यसैले यति भूमिका बाध्दै,माहोल बनाउदै आएको हो|
मैले जिस्किदै उसलाई गिज्याएको उसले बुझी र उसको अघिको न्यून मात्राको रिस पनि गायब भयो| हास्दै आफ्नु नम्बर भन्न लागि उसले र मैले यता आफ्नु मोबाइलमा टिप्न लागे| मोबाइल नम्बर टिप्नु अघि एउटा कुरा चाही बिचार गरे मैले,पंकजले 3 चोटी फोन गरिसकेछ| पहिलो पल्ट जानी नउठाको हो उसको फोन,त्यसपछि चाहि थाहा नै भएन पंकजको फोन आयो भनि| सनिरा पनि गइ र अब साथ दिने भनेको रक्सी र पंकजले हो| फोन लगाए पंकजलाइ|
“सोल्टी कहाँ छौ? फोन किन नउठाको?” मैले घन्टी गएको सुन्न पनि पाइन,सिधै पंकजको आवाज सुने,कति छिटो फोन उठाएछ उसले|
“म पुगीसके साथि, तिमि कहाँ?”पंकजसंग यो कुरा पनि लुकाएको छु मैले,उसलाई भनेको छैन कि म जहिले ५बजे नै पुगेको हुन्छु ठमेल भनि| यो कुराले न उसलाई असर पर्छ न मलाई नै|
मैले फोन गरेको १५ मिनेटमा पुग्यो पंकज, आउने बित्तिकै एक क्यान बियर ठाडो घाटी गरेर सक्यो उसले| मलाई चाही बियर हैन भोड्का पिउने इच्छा, त्यसैले भोड्काको सानु सानु चुस्की लिन लागे|
“के भयो साथि, एकचोटी मै सक्यो त बियर|” पंकज पनि रक्सि बिस्तारै पिउने मान्छे हो तर आज किन ठाडो घाटी लगायो,केहि कारण पक्कै नि छ|
“केहि हैन सोल्टी, जडिबुटी तानिन्छ कि नाई?” मैले पापा भन्ने कुरालाई उसले जडिबुटी भन्दो रैछ, नाम अनेक भएपनि काम चाहु उत्तिनै गर्ने यो चिजले|
“अनि यहा मिल्छ त?” मन मलाई पनि छ पापा तान्ने तर ठाउ उपयुक्त हैन भन्ने भान भयो|
“ठाउ त मलाई थाहा छ नि|” उसले यति भन्दै अर्को बियर अर्डर गर्यो र मेरो पनि भोड्का अन्तिम पेग्मा पुग्यो|
त्यो ठाउबाट निक्लिएर हामि बाटोमा हिड्न लागेउ, उसले असकल कलेज जाने बाटो तिर लग्यो र सल्कायो पापा| बास्ना र नशा दुवै मन पर्ने मलाई, ५ सर्को मैले र ५ सर्को उसले,सकियो यतिमा पंकजले ल्याएको एक खिल्ली पापा| 4 पेग भोड्काले दिन नसकेको नशा एक आधि खिल्ली पापाले दियो| झुम्म भयो र एउटा रेस्टुरेन्ट रोजेर बसेउ, पंकजले बियर भन्यो र मैले भोड्का| भन्न त भने तर घाटीबाट छिर्छ कि नाई थाहाछैन, एकदम भारि झ्याप बनायो पापाले| यसै बीच सनिराको फोन पनि आयो, आफु यस्तो हालतमा छु फोन उठाउ कि नाई सोच्न लागे| बोल्न सक्दिन जस्तो कि भन्ने आशंका छ र बोले पनि के बोल्छु थाहाछैन, फोन नउठाउने निर्णयमा पुगे तर उसले पहिलो पल्ट फोन गर्दै छे| के सोच्ली उसले मैले फोन उठाइन भने? अरुले के सोचला के भन्ला भनेर नै कति गर्नु पर्ने काम गरिन्न र नगर्नु पर्ने काम गरिन्छ,अहिले पनि त्यहि भयो| एउटा चुरोट सल्काए र पंकजलाइ इशाराले सम्झाएर बाहिर निक्लिए सनिरासंग बोल्न लाइ| हामि बसेको ठाउमा हल्ला अत्तिनै छ, बाहिर निक्लिए र सडकको पेटीमा बसेर सनिरासंग बोल्न लागे| सनिरासंग बोलेको सायद ६० सेकेन्ड पनि भएको छैन , तर उसले फोन काटी त्यत्तिमै| अनि मैले फोन गर्दा उसको फोन उठेन| के भयो थाहाछैन र सोच्न सक्ने हालतमा म छैन| सोच्न सक्ने सबै शक्ति रक्सीले लग्यो र सोच्नलाइ चाहिने विवेक पापाको सर्को संगै उडेर गयो| हातमा रहेको चुरोट सकिने बेला सम्म पर्खीए उसको फोन आउछ कि भनि तर उसले फोन गरिन| लगभग ५ मिनेटको पर्खाइ पछी रेस्टुरेन्ट भित्र छिरे म र त्यहाँ जे देखे…..
