Part 27

सनिरासंग बोलेको सायद ६० सेकेन्ड पनि भएको छैन , तर उसले फोन काटी त्यत्तिमै| अनि मैले फोन गर्दा उसको फोन उठेन| के भयो थाहाछैन र सोच्न सक्ने हालतमा म छैन| सोच्न सक्ने सबै शक्ति रक्सीले लग्यो र सोच्नलाइ चाहिने विवेक पापाको सर्को संगै उडेर गयो| हातमा रहेको चुरोट सकिने बेला सम्म पर्खीए उसको फोन आउछ कि भनि तर उसले फोन गरिन| लगभग ५ मिनेटको पर्खाइ पछी रेस्टुरेन्ट भित्र छिरे म र त्यहाँ जे देखे, हास्नु कि के गर्नु बनायो मलाई| म निक्लिदा हाम्रो टेबुलमा बियरको एउटा बोतल थियो, लगभग १० मिनेटको अन्तराल पछी फर्किदा टेबुलमा ३ वटा खालि बियरको बोतल छ|  अनि पंकज चाही हाम्रो टेबुलमा अघिको कुर्सीमा हैन, छेउको टेबुलमा छ|  उ जोसंग छ त्यो मान्छेलाई चिन्दिन म, त्यो मान्छेको अनुहार र अनुहारमा रहेको भावले के भन्दै थियो भन्दा,त्यो मान्छेले पनि चिन्नुहुन्न पंकजलाइ| बुझ्दै जादा मैले गरेको अनुमान मिल्यो, रक्सिको तालमा उ चिन्दै नचिनेको मान्छेसंग बोल्दै रैछ| उसको कुरा सुनेर त्यो अंकल भनौ कि दाइ, उहा पनि पाकी सक्नु भएछ,सिठ्ठी लाग्न मात्र बाकि रैछ|

पंकजललाइ अंकलको छेउबाट उठाउन बडो मुस्किल भयो, केहि गरि अंकलको छेउबाट त उठाए तर रेस्टुरेन्टबाट चाही बाहिर लग्न सकिन| एक बोतल बियर अझै भनि जिद्दी गर्न लाग्यो उ, कोशिश गरे उसलाई नाई भन्न, उ अझै बियर थप्ने हालतमा छैन भन्ने कुरा प्रस्ट छ तर उसले बुझेन| उसले मगाएको बियरको पहिलो घुड्की उसको घाटीबाट मुनि गयो कि नै थाहाछैन तर उसले बियरको ग्लासमा मुख जोड्ने बित्तिकै उसको भुडीमा भएको बियर र अघि भर्खर खाएको मोमो जति सबै घाटि हुदै मुखबाट निक्लियो| एक ठाउ हैन, वासरुममा गएर पनि उसले दुइ पल्ट वाक्यो| गएको चार दिन देखि, सधै हिडेर नै पुगेको हो पन्कजको घर सम्म,आज पहिलो पटक ट्याक्सीमा गइयो| म हिड्न सक्ने हालतमा भएपनि, पंकज उभिन सक्ने हालतमा पनि छैन| बेलैमा बुद्धि पुर्याएर भोड्का चाही ल्याएछु नत्र यता मन पनि तड्पीने र मनसँग म पनि तड्पिने|

रक्सिको नशा पनि गजबको नशा, जे सोच्दिन भन्यो त्यहि सोच्न बाध्य बनाउछ, जे सम्झिन्न भन्यो त्यहि सम्झिन मजबुर बनाउछ, जे कल्पना गर्दिन भन्यो त्यहि कुरा आखा अगाडी बास्तबिकता झैँ गरि  दर्शाइदिन्छ, जे कुरा मन भित्र जनैको साचो जस्तै लुकाएर राख्न खोज्यो त्यहि कुरा तरुणीको फिल्ला झैँ खुल्ले आम गरिदिन्छ, जुन आश मुर्दा झैँ दफ़्निएको हुन्छ त्यहि आशलाई गिद्धले सिनो चलाए जस्तै बाहिर निकाल्छ| झिनो आश लिएर एउटा कुरा गर्न आटे अनि निष्ठालाइ फोन लगाए, कहिँ उसको फोन अन छ कि भन्ने आशमा| मरेको लासमा कहिले प्राण भरिन्छ? ओइलाएको फुल फेरी फक्रिन्छ? हो त्यस्तै भयो,निष्ठाको फोन अफ नै छ|

बुढा बाजेले भन्थिए जिन्दगीमा एउटा ढोका बन्द भए,हजारौ ढोका खुल्छन अरे| अहिले आधुनिक जमाना, उखान पनि नयाँ, जिन्दगीमा एउटीको मोबाइल अफ भए भने अरु हजारौको अन हुन्छ| ठ्याक्कै त्यस्तै भयो, सनिराको फोन आयो|

“के गर्दै हुनुहुन्छ?”

“मध्यरात, रात जुनेली छ, चन्द्रमा एउटा जहिले देखेको हो,तारा गनेर भ्याइन्न, एउटा कुरा सोचेर बसेको छु?”

“के कुरा सोच्दै हुनुहुन्छ हजुर?”

“जहिले चन्द्रमा एउटा देखेको, आज चाही कसरि दुइटा भयो? अचम्म लागिराछ|”

“हावा मान्छे, कसरि हुन्छ चन्द्रमा दुइटा?”

“म हावा जस्तो लाग्छ तिमीलाई?नपत्याए बाहिर आकाशमा हेर|”

“खै एउटा मात्र छ त, हजुर एकदमै हावा के|”

“मैले पनि एउटा नै देखिराछु|”

“अनि किन दुइटा भनेको त?”

“कस्तो ठुस्स परेको तिमि, रिसाउनु हुन्न के|”

“अनि नचाहिदो कुरा गरेपछि के गर्नु त?”

“आफै रिसाउदा आफु कस्तो देखिन्छ थाहाछ?एक पल्ट ऐना हेरत|”

“नाई हेर्दिन म, हजुरले भनेको अब त केहि मान्दिन|”

“एक चोटी मान न|”

“ल हेरे,म पहिले जस्तो देखिन्थिए,अहिले पनि त्यस्तै देखिदै छु|”

“हो त्यहि हो मैले देखेको अर्को चन्द्रमा तर खुसि भएको बेला|”

“जिस्काएको कि मख्ख बनाएको मलाई?”

“जिस्काउ भने माया बस्ला भन्ने पिर, मख्ख बनाउ भने तिम्रो भाउ बढ्ला भन्ने पिर|”

“हजुर अहिले झ्याप हो?”

“कति ढिलो थाहापाकी?”

“किन हो रक्सि पिएको?”

“किन पिउनु हुन्न?”

“मैले हुन्न् भने र?”

“हुन्छ पनि भनिनौ नि त|”

“भयो यस्तो कुरा, म भोलि बाहिर जादै छु,शुक्रबार मात्र आउछु काठमान्डौ|”

“अनि,के भो त?”

“किताब लिएर केटि भागि सोच्नु हुन्छ भनि भनेको|”

“धन्न भनेउ,नत्र म त प्रहरीकोमा ताकेता गर्न पुग्थिए|”

“ठट्टा पनि कति गरेको हजुरले| बरु शनिबार किताब दिन्छु, दिउसो भेट्नु हुन्छ?”

“हुन्छ| तर कहाँ?”

“त्यो त शुक्रबार भनौला नि| ल अहिले लाइ गुडनाइट|” रक्सिको तालमा सकेसम्म बोल्न हुने कुरा मात्र बोल्न खोज्दै थिए तर के बोले थाहाछैन| कुरा चाही यत्ति नै भयो र यति भनेर सनिराले फोन राखी| एक्लै बसेर रक्सि खान पनि बिरक्त लाग्दो रैछ……

Previous article
Next article

Latest Posts