रक्सिको तालमा सकेसम्म बोल्न हुने कुरा मात्र बोल्न खोज्दै थिए तर के बोले थाहाछैन| कुरा चाही यत्ति नै भयो र यति भनेर सनिराले फोन राखी| एक्लै बसेर रक्सि खान पनि बिरक्त लाग्दो रैछ, दुइ पेग पछी म पनि सुत्ने तरखरमा लागे तर मैले आखाँ चिम्लिन नपाउदै पंकज बिउझियो| सायद उसलाई रक्सीले बिस्तारै छोड्दै गयो या झन् गाह्रो बनाएर ल्यायो, जे होस् अब म एकछिनलाइ भएपनि सुत्न पाउन्न| निष्ठाले फोन नउठाएर बिथोलिएको मन सनिराको फोनले शान्त बनाएको थियो, अब बिथोलिने पालो निन्द्राको|
“के भयो साथि?” निकै सामान्य प्रश्न मेरो तर्फबाट|
“रक्सि छैन सोल्टी?” धेरैले मेरो एउटा बानि चाही नराम्रो छ भन्छन, प्रश्नको जवाफ अर्को प्रश्नले दिने बानि| अहिले पंकजले पनि ठ्याक्कै त्यस्तै गर्यो| म यसरि ढलेको भए फेरी रक्सि सोच्न पनि सक्दिन थिए तर उ त रक्सि खोज्दै छ, रक्सि पिउन चाही उसले तपस्या नै गरेर आएको जस्तो लाग्यो|
“अझै पिउन सक्छौ र?” आज हरेक प्रश्नले जवाफमा अर्को प्रश्न भेट्दै छ|
“जिन्दगीमा नसक्ने के छ र? तिमीले मलाई यहाँ सम्म बोकेर ल्याउन सकेउ नि?” म पर्खेर बस्दै थिए, उसले कुन बेला सोध्छ उ यहाँ कसरि आयो भनि भनेर तर उसलाई थाहा रैछ मैले उसलाई यहाँ सम्म ल्याए भनि| म पनि मुर्ख नै हो, म संग बसेर रक्सि पिउदै थियो,पक्कै मैले नै ल्याएको हुनु पर्छ भन्ने उसले बुझ्यो होला नि|
“भोड्का छ,हुन्छ?” उसले हुन्छ भन्छ भनि मलाई थाहाछ तर पनि प्रश्न नगरी सिधै उसको लागि गिलासमा रक्सि हाल्न मन लागेन|
“भोड्काको बोतलमा हालेको पानि नि चल्छ|” मैले जे सोचेको त्यहि जवाफ दियो उसले तर केहि भिन्न तरिकाले, रक्सीको नशाले उसको बोल्ने शैलीमा नै ठुलो परिवर्तन ल्याउदो रैछ|
एक पेग भोक्दा पछी चुरोट पनि सल्काइयो| एक खिल्ली पापा भएको बतायो पंकजले, त्यो पनि छतमा गएर बालियो र नशा आफ्नु रगतमा मिसाउदै धुवा चाही बायुमंडलमा मिसाउदै गइयो| बैसाखको महिना, बसन्त ऋतु, जुनेली रात र हावा मन्ध भइ बहिरहेको,भित्र कोठामा बसेर भन्दा छतमा बसेर रक्सि पिउन रुचायो मनले| एक एक पेग छतमा लिएर नै पुगेको हौ दुवै, त्यसको एक घुड्की पनि लिएको थिन मैले तर पंकजले भने पुरै सकिसकेको छ| उ मुनि रक्सि लिन जान खोज्यो तर उ मुनि जाने हालतमा छैन, त्यसैले म आफै गए उसलाई माथि राखेर| भोड्काको बोतल हातमा र चुरोट बगलीमा लिएर माथि पुगे, पंकजले मेरो गिलास पनि रित्याई सकेछ| अरु दिन पनि पिउनलाइ अग्रसर नै हुन्थियो उ तर आज भने उग्र भएको छ|
“सोल्टी, आशुले पिडाहरु बगाएर किन लग्दैन, घृणाले मायालाइ किन दबाउन सक्दैन, समयले घाउहरु किन पूर्ण रुपमा निको पार्न सक्दैन|” मैले भोड्का गिलासमा हाले र पानि मिसाउन बाकि थियो तर पंकजले यो वाक्य संगै आफ्नु गिलासमा आशु मिसायो| त्यो आशुको दुइ थोपा कसरि उसको नयनबाट बहदै उसको गाला हुदा ओठलाई छोयो र ओठबाट सिधै उसको गिलासमा टप्प खस्न पुग्यो|
“बुटवल जानु छ, उताको घर बेच्ने कुरा भएको छ|” मैले कति जिद्दी गरे के भयो भन भनेर अनि मात्र उसको मुखबाट यति शब्द निक्लियो|
“घर बेच्न मन छैन हो?” उसलाई बुटवल जान मन किन नलागेको थाहाछैन, बुझ्नु त पर्यो नि|
“ हैन, त्यो बुटवल भन्ने ठाउमा मलाई खुट्टा नि टेक्न मन छैन, त्यो ठाउको न नाम सुन्न चाहन्छु न कल्पना गर्न चाहन्छु| मलाई त्यो ठाउले दिएको राम्रो कुरा भनेको जन्म हो नत्र त्यसबाहेक केहि दिएन, मात्र पिडा र आशु मात्र दिएको छ| म जे कुराबाट भाग्न काठमान्डौ आए, जे कुरा भुल्न काठमाण्डौ आए, बुटवल गए भने म फेरी अतितमा फस्छु र मलाई यो हुन दिनु छैन|” उसले अरु पनि धेरै कुरा भन्दै गयो,मलाई याद चाही यति मात्र छ| म बुझ्छु उसको यो पिडा, म पनि यस्तै पीडाबाट गुज्रिएको छु| अरुलाई आफु जस्तै पिडामा तड्पीएको देख्न गाह्रो हुदो रैछ, एक त आफैले आफैलाई सम्हाल्न गाह्रो हुदो रैछ र आफु सम्हलिए पनि उसलाई सम्झाउन गाह्रो|
“कहिले जानु पर्ने?” मैले के चाही गर्न सक्छु भनि सोच्दै छु,समय पुगेन सोच्न त्यसैले यो प्रश्न राखे पंकज सामु,केहि भए पनि मेरो सोच्ने समय बढ्छ भनि|
“बैसाख 22 गते बोलाएको छ, 4 दिनको लागि|” उसले यति छिट्टै जवाफ दिन्छ भनि मैले अनुमान नै गरेको थिइन, अब पो के गर्ने भनि ट्वाल्ल परे म| मनमा एउटा उपाय त आयो तर उसले प्पो हुन्छ भन्छ कि नै भन्ने कुरा हो|
“सुन साथि, मिल्छ भने २६ गते जाउ| बैसाख २५ मेरो जन्मदिन हो, त्यसपछि तिमि र म संगै जाउला| अनि त्यति भएपछी तिमि एक्लो पनि महसुस गर्दैनौ| अनि धेरै नसोच,यो अन्तिम पल्ट हो नि,त्यसपछि तिमीले त्यो ठाउलाई फर्केर पनि हेर्नु पर्दैन|” मनमा आएको कुरा हुबहु उसको अघि राखे, उसलाई मन परोस् या नपरोस्| उसंग म गएभने, उसले पनि एक्लो महसुस नगर्ने र म पनि यो काठमाण्डौ र नचाहिदो भावानाबाट पर हुने पक्का भए| केहि दिन मैले पनि घुम्न पाउछु र पन्छिन पाउछु यो एकै सहरमा रहेको मान्छेको याद बाट| हुन त निष्ठाको यादले धेरै सताउदैन तर मनको कुनै कुनामा निष्ठा अहिले सम्म पनि छे अनि उसले दिएको धोका पनि|
“साच्चि भनेको तिमीले?” सायद यो उसको सहमति हो मेरो प्रस्ताभमा तर उसले मेरो प्रस्ताभ बिस्वास गर्न सकेन| उसलाई हो भनि बिस्व्वास दिलाउन एकछिन समय लाग्यो र अन्तिममा बुटवल बैशाख २६ गते जाने भइयो| दिन गन्न लागे,कति दिन बाकि छ भनि, १२ दिन बाकि बुटवल जान| मन खुसि छ तर घरमा के भन्ने भनि बहाना सोच्न बाकि छ,यो खासै ठुलो चिन्ताको बिषय पनि हैन|
सधै रक्सि पिएको र ठमेल घुम्न गएको भनि कति भन्नु, मलाई पो रमाइलो, हजुरहरुलाई वाक्क लाग्यो होला है| दिन बित्दै गयो र शुक्रबार भयो| शुक्रबार सम्म त्यहि त हो नि, बिहान सम्म सुत्यो, अनि सनिरासंग एकछिन गफ अनि रातभरी रक्सि| केहि नजिकिएका छौ म र सनिरा,भेटेको हिजो जस्तै लाग्छ र साच्चिकै भेटेको हफ्ता दिन पनि भएको छैन| शुक्रबार ११ बजे रातको ११ बजे तिर मेसेज आयो सनिराको……..
