Part 68

त्यो दिन पछीको दिन हरु पनि मज्जाले बित्दै थिए, तर एकदिन उसले राति फोन गरेर यस्तो वाक्य भनि, जसले मेरो मन नै खिन्न बनायो | 

“अभ म आउने आइतबारबाट होस्टेल बस्नु पर्छ , मोबाइल पनि लग्न पाउदैन|” हो उसले जब यति भनि, मन नै चिसो भएर आयो, एक्कासी सबै खल्लो भएर आयो|

“किन नि?” कस्तो बच्चा जस्तो प्रश्न सोधेको मैले, तर …

“हाम्रो १० क्लासमा बस्नै पर्छ सबैले, कस्तो भेजा छ के हाम्रो स्कुल|” उसको बोलीमा पनि मेरो बोलि जस्तै निराश छरिएको थियो|

“अनि कति कति दिनमा घर आउन मिल्छ?” समय संगै हामि एक अर्काको माया झन् गाढा हुदै थियो,एक पललाइ पनि उ भन्दा पर हुन मन थिएन, तर अभको आउने दश महिना केहि गर्न नसक्ने भए|

“हरेक १५ दिनमा आउन मिल्छ,शनिबार मिलाएर|”

“अनि त होस्टेल भएको बेला कसरि बोल्ने हामि?”

“फोन त लान मिल्दैन,कसरि बोल्नु नि?”

“अनि, म कसरि बस्नु नि?”

“ह्या मलाइ पनि हजुरलाई जस्तै गार्हो हुन्छ नि, अभ के गर्नु? अभ म घर आएको बेला बोल्ने नि|”

उसले भनेको आइतबार आउन अझै 3 दिन बाकि थियो, यी तिन दिनको हरेक पल हामि एकअर्काको लागि समय निकाल्दै, एक अर्का संग गफ गर्नमा ब्यस्त भयौ| छुट्टिने पल आउन बाकिनै थियो, सायद छुट्टिन त्यति गार्हो हुन्न होला, तर जब त्यो छुट्टिने पल नजिकै छ भन्ने सोच दिमागमा हावी भएर आउछ, मन अनायसै आफैमा हराउछ र हराउन पनि यसरि हराउछ, न आफु कहाँ छु थाहा हुने न आफ्नु मन |

उसले भनेको आइतबार पनि कति चाडै आएको ,आज शनिबार र भोलि आइतबार| स्कुल कलेजमा हुदा जसरि शनिबार कहिले नसकियोस हुन्थियो, हो आजको शनिबार पनि मलाई कहिले नसकियोस हुदै थियो| मिल्ने भए हनुमानले संजीवनी बुटी लादा, भरतले सुर्य उदय रोके जसरी नै म पनि आइतबारको सुर्य उडाउन दिन्थिन होला तर त्यो काल्पनिक दुनियो थियो र यो मेरो वास्तविकता|

उसले भने जसरि नै १४ दिन पछी मात्र उसंग गफ भयो, त्यो सुरुको १४ दिन काट्न गाह्रो भयो र जब उनि घर आइ १४ दिनमा, खुसीको सिमा नै थिएन मेरो| मैले भनेको उसले बोलेको सुन्ने मात्र थियो,उसले त्यो १४ दिनमा के के गरि भनेर सबै सुनाएर भ्याई र कति अझै कुरा थियो गर्नलाई तर फेरी उसको जाने दिन आयो र उ फेरी होस्टेल लागि| बिस्तारै बानि पर्दै गयो मलाई पनि, पहिले जस्तो गाह्रो हुन छोड्यो तर उनको यादले भने निरन्तर सताउने| जहिले उ घर आउदा समय हुने हामीसंग एकअर्कासंग, र त्यहि समयको महत्व झन् बढ्दै गयो हाम्रो लागि| यता मैले पनि BIT मा भर्ना लिए, म पनि त्यसमै ब्यस्त हुन लागे| बिहान देखिको कलेज,बेलुका आउदा सबै असाइन्मेन्ट र प्रोजेक्ट सकिनु पर्ने, शनिबार पनि समय हुन छोड्यो तर उ आउने शनिबार जसरि पनि समय हुन्थियो मसंग जति ब्यस्त भएपनि | अरुसंग बोल्न र भेट्न, यो ब्यस्त जीवनबाट मिलाएर समय निकाल्नु पर्थियो तर उ त आफै मेरो जीवन थि, उसको लागि यो केहि लागु हुन्न|

सोचे भन्दा धेरै चाडै बित्यो यो १० महिना र उसको एस.एल.सी पनि सकियो| उसको 3 महिना बिदा, मेरो भने पहिलो सेमेस्टरको परिक्षा,कस्तो जुधेको| माया पो हो हामि बीच, यस्ता सानो तिनो,झिनो मसिनो कुराले रोक्न सक्ने कुरै हुन्न| कहिले कलेज छोडेर उसलाई भेट्न जान्थे भने, कहिले उ आफ्नु ब्रिज कोर्स छोडेर मलाई भेट्न आउने | एन्सेलले ल्याएको ३G भन्दा पनि द्रुतगतिमा हाम्रो सम्बन्ध अघि बढ्दै थियो, Ncell ले मोबाइलबाट पैसा काटे भन्दा पनि छिटो हामि एकअर्कासंग पल काट्दै थिएउ| कहिले रात भरि कानमा फोन हुने हाम्रो भने कहिले दिउसो भरि हातमा हात हुने| एउटा कुरा चाही अचम्मको थियो, मैले जहिले उसलाई चुम्बन गर्दै उसलाई छुने गर्छु, पुरै समपर्ण गर्ने उसले आफुलाई मेरो अघि, पुरै लठ्ठिने उनि, र जहिले उसले भन्ने” हजुरको स्पर्शमा जादु छ |”

यता मेरो परिक्षा सकियो र उसको पनि एस.एल.सिको रिजल्ट आयो| ८५% आयो उसको, मेरो भने त्यसको आधा पनि नआउने कुरा पक्का थियो| पढेर पास हुने इक्षा मलाई थिएन पनि, उसको मायामा पास हुन पाए पुग्ने मलाई| उसको रिजल्ट आएको दिन गफ हुदै थियो र हुदै नै गयो राति १ बजे सम्म र उसको थप एक वाक्य र मैले जवाफ फर्काउन सकिन |

Previous article
Next article

Latest Posts