नम्बर सेभ नभएपनि चिनेको नम्बरबाट आएको हो दुवै मेसेज अनि फोन| निष्ठाको फोन,रातको १० बजे, मनको कुनै कुनामा आश चाही लुकेर बसेको थियो, निष्ठाको फोन पक्कै गर्छे भनि, जन्मदिन पो त मेरो| निष्ठाको फोन आउदा आफु खुसि नहुन खोज्दा पनि मन खुसि भैदिन्छ, उसले दिएको चोट र पिडा कति चाडै भुल्न जानेको यो मनले| मेरो मन धेरै बेइमान हो कि निष्ठा, खै दुबैले साथ नदिने भए| न मैले निष्ठालाइ बुझ्न सके न मेरो मनलाई नै| आफुले आफुलाई जति झुठो बोलेर निष्ठा चाहिन्न भने नि, उसको एउटा फोनले सबै झुठलाइ बगाएर लग्छ र निष्ठाको फोन नउठाई बस्न सकिन|
“ह्याप्पी बर्थडे|” अपेक्षा अनुरुपको वाक्य सुन्न पाइयो, उनको थियो घायल बनाउने स्वरमा|
“जिउदो छु कि मरेको मतलब नहुने मान्छेले पनि जन्मदिन सम्झिन्छ?” मन रुखो हुन सकेपनि कोमल भएको छ मेरो सामु तर उनको सामु चाही कठोर स्वरूपमा नै उत्रियो यो मन|
“जहिले यस्तै कुरा है?” उसलाई यस्तो कुरा सुन्दा मात्र अप्ठेरो भयो, म यो अवस्थाबाट कति गुज्रिए उसलाई के थाहा|
“तैले जहिलेलाइ यस्तै पारेर गइस्, के गर्नु अनि|” म उबिना पनि खुसि नै छु, त्यहि हो बेला बेला उसको यादले सताउछ| तर उसलाई म खुसि छु भनि देखाउनु छैन, उसलाई महसुस गराउनु छ, उसलाई पश्चाताप होस् भन्ने छ, भने नि म दानब भए भनि|
“यस्तै कुरा गर्ने भए म फोन राख्छु|” उसले घुर्की लगाउन सुरु गरि, मेरो पनि बुद्धि बंगारा आइसक्यो, अब उसको घुर्कीले केहि हुन्न यो मान्छेलाइ अनि मान्छेको मनलाई| तड्पिन्छु तर उसको सामु तड्पीन्न, रुन्छु तर उसको सामु हैन, खुसि भएनि उसको सामु हुन्न, उसको सामु हुन्छु त केवल जिउदो लास|
“ल हुन्छ, बाइ| तर यो नम्बर फेरी अन भएछ|” उसले जसरि घुर्की लगाई मैले पनि त्यसरीनै जवाफ फर्काए| मनमा एउटा प्रश्न, त्यो प्रश्न उसको सामु राखे|
“अचेल यहि नम्बर चलाउने गरेकी छु, बेला बेला फोन गर्ने गरेको भए पो थाहाहुन्छ|” हैन के नाटक हो निष्ठाको, कहिले कुन सिम चलाउने कहिले कुन सिम, उसले यो नाटक गर्न सिक्न चाही कहाँबाट सिकिछे,जान्न मनलाग्यो मलाई पनि|
“फोन भनेको सम्बन्ध हुनेलाइ गरिन्छ या सम्बन्ध गास्न मन भएकाहरुलाई| तसंग न सम्बन्ध छ न सम्बन्ध गास्ने कुनै इच्छा न कुनै आशा|” उसंग बोलेको एक एक शब्द लेख्ने भए सायद अर्को मुनामदन बन्थियो होला , सायद अर्को सुलोचना रचिन्थियो होला तर यहा पीडाको पोखरीमा आशु मात्र जम्मा हुदै छन्|
“मैले फोन राखे|” उसले यति भनेर फोन राखी, उसलाई मेरो अनुमति पनि चाहिएन, कहिले पो अनुमति लिएकी हो उसले,उसको हरेक निर्णय मैले मानेको मात्र हो|
निष्ठाले फोन राखे पछी एकछिनसम्म सुत्न सकिन| सुत्न नखोजेको हैन, मन र दिमाग एक अर्कामा लड्न लागे र उनीहरुको काइकुइ सुन्दा सुत्न सकिन| मनले के गरेको भनि चिन्ता मान्दै थियो र दिमागले ठिक गरिस् भनि बधाई दिदै छ| निष्ठा र मेरो कुरा कहिले नमिले जसरि, यो मन र दिमागको कुरा पनि कहिले नमिल्ने भयो| यिनीहरु एक भएको दिन म कति खुसि हुन्थिए होला|
अभि पनि बाइकमा नै आएको हो काठमान्डौ, दुइटा बाइकमा तीनजना बुटवलको यात्रामा बिहानै निक्लिएउ| मेरो बाइक पंकजको घरमा छोड्ने भनि भनेको छु घरमा, बाइकमा जाने भनेको भए जान दिनु हुन्थिएन मलाई| बिहान ७ बजे ठिमीबाट हिडेको हामि, ७:३० मा कलंकी पुगेउ र बाइकको ट्यांकी फुल गरेर चिया खान अलि अगाडी गएर रोकियौ| थानकोट सम्म पुग्न कत्तिनी नि समय लागेन तर धुलो चाही बिछत्तै| जति सजिलै थानकोट पुगियो, त्यति सजिलो भएन यो नागढुंगा र नौबिसे पार गर्न, १० १२ कि.मि. गाडीको लामो लाइन नै छ| खाजा मलेखुमा र खाना चितवनमा सोचेको थियौ तर खाजा भनौ कि खाना दुवै मलेखुमा नै भयो जामले गर्दा| ११ बज्यो मलेखुबाट खाना खाएर निक्लिन| बाटोमा चुरोट तान्नको लागि दुइ तिन ठाउमा बाहेक कहिँ रोकिएन र बाटो पनि राम्रो अनि जामको कहिँ नामो निशान छैन|
बुटवलको खै के कुरा गर्नु| गाउँ होला भन्ने मनसायले आएको हो म तर बुटवल गाउ नभएर मनमोहक ठाउ रैछ| काठमान्डौमा बाटो सानु गाडी धेरै र यहाँ त्यसको ठिक उल्टो, बाटो ठुलो र गाडी थोरै| सर सफाई पनि उल्लेखनीय नै छ, घरहरुको चाप र मान्छेहरुको चाप पनि उल्लेखनीय| पुग्दा बेलुकाको ५ बजेको हो, दिउसो भरि बाइकको थकान अनि जिउ भरि धुलो, नुहाउनु इच्छा पनि भयो र बाध्यता पनि| एक पछी अर्को गरेर नुहाउन लागेउ अनि खाना बाहिर खाने कुरा भएको छ|
“रक्सि पिउन सक्छौ नि सोल्टी?” पंकजले खै के सोची सोध्यो, उसले भुलेछ सायद म कति सम्म पिउन सक्छु|
“तिमीलाई बोकेर घर पुर्याउनु परेन भने चाही जत्ति नि सक्छु साथि|” मैले यति भनेपछि हामि तिनैजना निक्लिएउ खाना खानको लागि| सुरुमा मुस्तांग थकाली गएर पेट टन्न पारियो, यस पछी आयो पालो अब रक्सि पिउने, पिउने मात्र हैन सके जति पिउने| “स्पाइस लाउन्ज” बाट सुरु गरेउ हामीले…..
