घर पुग्ने बित्तिकै सनिराले दिएको बट्टा खोले, किरिन्ग छ बट्टा भित्र| “ बाइक राम्ररि चलाउनु है| जति ढिलो आएपनि पर्खेर बसेकी हुन्छु म|” लेखिएको छ किरिन्गमा| किरिंग भित्र बाइको चाबी गयो र मेरो दिमागमा एउटा प्रश्न| “सनिराले कहिँ यो किरिन्ग मार्फत मलाई प्रेम प्रस्ताभ त राखेको हैन| बगलीबाट फोन निकाले, सनिराको नम्बर खोजे र ब्लक गरे उसको नम्बर| सनिराको नम्बर मात्र हैन, उसलाई पनि ब्लक गरे फेसबुकमा|
ब्लक गर्नु अघि “मलाई माफ गर तर म यो सम्बन्ध अझै अघि लग्न सक्दिन| हाम्रो यो सम्बन्धले अहिले सम्म कुनै नाम पाएको छैन, यसलाई कुनै नाम नदिउपनि|” भनि मेसेज गरौ कि जस्तो लागेको थियो तर गरिन| मेसेज टाइप नगरेको पनि हैन, तर लेख्दै मेट्दै लेख्दै मेट्दै गरेर अन्तिममा त्यो मेसेज सबै मेटे|
मैले ब्लक गरेपछि, सनिरालाई के भयो जान्नु छैन मलाई, उसलाई कति गाह्रो भयो होला पनि मतलब छैन मलाई, उ रोइ त पक्कै होला तर उसको आशुले मेरो मन पखाल्दैन, उसको मनमा प्रश्न आयो होला तर ति प्रश्नको जवाफ दिनु मेरो जिम्मेवारी ठानिन मैले, उसले मसंग बर्तमान बिताउदै भबिस्यको सपना देखेकी थिइ होला तर म अझै नि अतित मै छु| थाहाछैन उसले माया गर्ने मान्छे गुमाई कि मायाबाट बिस्वास| मैले यसरि नै केहि अघि माया गर्ने मान्छे अनि मायाबाट दुवै गुमाएको थिए| त्यो घटनाबाट म अहिले सम्म पनि निक्लिन सकेको छैन
मैले सनिरालाई किन केहि कारणबिना ब्लक गरे? कारण मात्र एउटा छ| म खुसि खोज्दै छु| खुसीको खोजीमा मैले के गरिन? संसारबाट पन्छिएर,बैरागी हुन खोजिनकि तर अह खुसि त्यसमा पनि भेटिन| यति भएपछी संसार नै छाड्ने निधो गरे तर यो पनि हुन सकेन, यसमा पनि खुसि कहिँ देखिन मैले| एक्लो भएपछी किताब पढ्न ठाले, किताबले पनि मात्र केहि सहारा र ग्यान बाहेको केहि दिएन,खुसि दिन सकेन| जीवनमा भएको सबै कुरा डायरीमा पनि उतारे तर यसले पिडा कम गर्ने मात्र गर्यो, खुसि चाही दिएन| चुरोट तानिन कि रक्सि रोजिन, तर यसले पिडा अझै थप्ने काम गर्यो खुसि कहिले दिएन| नया साथि बनाए, उनिहरुसंग दुख साट्दा दुख कम भयो तर खुसि कहिले मिलेन| अन्त्यमा खुसि खोज्दै अनेकौ काम गरे अनन्त खुसि यसमा भेटियो|
जसरि निष्ठाले मलाई बिना कारण छाडेर गइ, हो मैले पनि अरुलाई बिना कारण यसरि छाड्दा खुसि भेटे| जसरि म तड्पिए, त्यसरी अरु पनि तद्पिदै छन् सोच्दा मात्र पनि खुसि हुन लागे म| म जे बाट गुज्रिए, उनिहरु पनि त्यहीबाट गुज्रिदै छन् सोच्दा खुसीको सिमा भएन| म जस्तै उनीहरुको पनि एकान्तमा बसी रोए होला, उनिहरुको पनि एकान्तमा बहेको आशुको कुनै मुल्य रहेन होला| सायद अब उनीहरुको अतितमा पनि मेरो अतितको दाग बस्यो होला| हो यहि खुसि भेटे मैले| त्यसैले मैले सनिरालाई अचानक ब्लक गरेको|
सनिराले मसंग बोल्ने अरु उपाय पनि गरि, नया नम्बरबाट फोन गरिन कि नया आइडीबाट मेसेज गरिन, तर मैले उसको हरेक नया नम्बर र आइडी ब्लक गर्दै गए| यति गर्दा झन् खुसि भेट्दै गए म| सनिराले हार मान्न मानिन र मैले उसलाई हराऊन कुनै ठाउ नै बाइ राखिन| सनिरा सुरुवात मात्र हो,यसपछि म भुसिया भए| साच्चिकै भुसिया नै भए, व्यवहारा नै त्यहि भयो| बारमा भेटेको देखि फेसबुकमा भेटेको जति सबैसंग मिठा मिठा कुरा गर्न लागे| केहि कसर बाकि राखिन उनिहारुलाई आफ्नु जालोमा फसाउन अनि जब उनीहरु पनि म प्रति आकर्षित हुन्थिए, म अचानक ब्लक गर्थिए उनीहरुलाई| खुसि कहाँ खोजिन मैले तर मलाई के थाहा खुसि यहाँ भेट्छु मैले भनि|
बुटवल जाने दिन नजिकै गयो र त्यसबीच मैले नभएपनि दश जनाबाट खुसि भेटिसके,उनीहरुलाई ब्लक गरेर| चोखो मायाको लागि 4 बर्ष खेर फ्याले तर हात लाग्यो शुन्य| अहिले झुठो मायाको प्रतिबिम्ब देखाएको मात्र के थिए, १0 दिन मै १० जना भन्दा बेसी भेटे झुठो मायामा बिक्ने| उनीहरुले के सोचे भन्ने फुर्सत छैन म संग| मलाई मतलब छ मात्र आफ्नु खुसीको| अरुको मन दुखाउन खुसि कसले भेट्छ? म कस्तो पापी भएको, अरुको मनलाइ दुखाउदै खुसि भेट्ने| दानव नै भएछु| मुटु बिनाको मान्छेलाई दानव भन्दो हो, त्यसैले म पनि दानव नै भए| मुटु थियो नि,सुन्दर भएको थियो झन् निष्ठा बसेर यो मुटुमा, तर निष्ठाले आफु जादा खेरि यो मुटु पनि टुक्रा टुक्रा पारेर गइ|
आज २५ गते मेरो जन्मदिन, भोलि बुटवल जाने कुरा| हिजो पंकजको बसिन, जन्मदिनमा बाहिर बस्दा मामुले राम्रो मान्नु हुन्न| दिउसो भरि साथि अनि परिवार संग नै बित्यो| पंकज आज पहिलो पल्ट मेरो घर आएको हो, अभि पनि आएको छ मलाई भेट्न भनि अनि अभि पनि हामि संग नै बुटवल जाने भएको छ| बुटवल जानु अघि सलिन भाइलाई पनि भेट्नु थियो, जन्मदिनमा पार्टी भन्दै थियो, आज नै भेटे उसलाई पनि| भोलि बिहानै बुटवल जाने भनि सबै तैयार पारेको थियौ म,अभि अनि पंकजले| घरमा गाडीमा जाने भने पनि हामि बाइकमा जाने कुरा छ, दिउसो भरि बाइक चलाउनु छ, १० बजे नै सुत्न भनि ओछ्यान पसे म| यत्तिकैमा मेसेज आयो मोबाइलमा, मैले दुख पुर्याएका मध्य कोहि एकको होला भनि नहेरी बसेको,फोन नै बज्न लग्यो त्यसपछि| नम्बर सेभ नभएपनि चिनेको नम्बरबाट आएको…
