Part 35

त्यसैले म बुटवल नै बस्ने भएको| जीवनको खोला पार गर्न खोज्दै छु, पुलको एउटा छेउबाट अर्को छेउमा गएर| पुल पहिले पनि थियो, फरक यति छ कि पहिले चाहना थिएन| बुटवलबाट पोखराको यात्रा सुरु भयो, यात्रा पोखराको मात्र हैन, यात्रा हो नया जीवनको| जीवनमा अब के गर्ने थाहाछैन तर के नगर्ने भनेर राम्ररि थाहाछ| पोखराबाट फर्किने बित्तिकै केचुली फेर्नु छ| अतितका पाना फेरी लेख्न नमिले पनि भबिस्यको क्यानभासमा सुन्दर चित्र कोर्नु छ, सुन्दर नभए पनि भिन्न चित्र|

पोखरा पुग्दा बेलुकाको सात बज्यो, निकै चाडै पुगिन्थियो होला तर हामीलाई हतार थिएन र हामि एक एक पलको मजा लिदै यात्रा गर्दैछौ| थाहाछैन अब फेरी यस्तो यात्रा कहिले हुन्छ, हुन्छ या हुन्न, त्यसैले हामीलाई एक एक पल जिउनु छ यो यात्रामा| पोखरा पुग्दा पनि थकान भन्ने चिज कहिँ भेटिएन हामीमा, सायद यात्रा रमाइलो भएर होला| होटेलको रुम पुगेर सबै जना फ्रेस भयौ र हिडेउ त्यो गर्न जे गर्नको लागि पोखरा आएको थियौ, फेवाताल छेउ बसी बियर पिउन| ताल छेउको एउटा रेस्टुरेन्ट रोजेर बियर पार्टी सुरु भयो हाम्रो|

त्यसपछि,बिजी-बि बाट सुरु भयो फेरी हाम्रो शरीरमा बियर भर्नेकाम| बिजी-बि पछी, रोलिंग स्टोन अनि अन्त्यमा ग्राभीती, पर्याप्त बियर धित मेट्ने गरि पिइयो| धित मरेपनि अझै पिउने इच्छा भने मरेको छैन, १२ बजे सबै रेस्टुरा बन्द हुन लागेपछि, 3 बोतल बियर लिदै होटेलको कोठा नै पुगियो| कहिले मैले धेरै पिउदा अभि र पंकजले कम पिएको हुन्थिए अनि उनीहरुले धेरै पिउदा मैले थोरै पिएको हुन्थिए, सम्हाल्न एक जना चाहियो नि सोची| तर आज हामि तिनैले मन लाग्ने गरि पिएका छौ, सम्हाल्नु पर्ने केहि छैन आज|

“एक पल्ट फेरी सोच, काठमाण्डौ हिड हामि संग|” अभिले यति भनेपछि उसले पंकजको पनि साथ पायो, उनीहरुलाई बिहान सम्झाएको थिए, उनीहरुले बुझे जस्तो पनि लागेको थियो तर रैनछ उनीहरुले बुझेको|

“धेरै सोचेर नै यो सब भएको| अब केहि सोच्दिन|” उनीहरुलाई झुटो आश देखाउनु छैन, यो आश भन्ने चिजले धेरै कुरा बिगार्ने रैछ र अब यसलाई म आफ्नु जीवन बिगार्न दिन्न|

“के गर्छस् बुटवल बसेर?” पहिलो पल्ट हो पंकजले मलाई त भनेको, रक्सिले भनाएको हो कि आत्मियताले थाहाछैन, उसले त भनेको सुन्दा अचम्म हैन खुसि लाग्यो|

“सकेसम्म काम खोज्छु, नत्र आफ्नै केहि ब्यापार गर्छु|” मेरो दिमागमा जे छ, त्यहि भने उनिहरुलाई, उनीहरुसंग कुरा लुकाउन सक्दिन म|

“कोहि छैन तैले चिनेको यहाँ, सक्छस् एक्लै बस्न?” एक चोटी अभि बोल्ने अनि एकचोटी पंकज, पालै पालो बोल्दै छन् उनीहरु, अहिले चाही अभिले राखेको प्रश्न हो यो|

“तिमिहरुलाई पनि त चिनेको थिइन नि तर अहिले हेर, मेरो मुटुको टुक्रा भएका छौ तिमिहरु| मान्छे त बिस्तारै चिनिदै जान्छन नि, जीवनले भेटाइदिन्छ कसैलाई अनि कोहि चाही आफैले खोजिन्छ|” जीवन जे हो त्यहि भन्दै छु उनीहरुलाई, सोचेको पनि यहि त हो मैले हिजो रातभरी बसी|

“अनि हामि नि?” कस्तो प्रश्न हो यो अब पंकजबाट फेरी? जवाफ मलाई थाहाछ तर ब्यक्त गर्न चाहिने पर्याप्त शब्द छैन म संग|

“मैले भनि राख्नु पर्छ? तिमीहरु मेरो मुटुको टुक्रा हौ| बोलचाल सधै हुन्छ, अनि भेट मिलेको बेला|” तिन वाक्यमा मैले चाहे जति भावना अट्न सक्दैन र मैले कोशिस पनि गरिन, परिस्थितिले मागेको जति भावना मात्र समेटिए मैले आफ्नु वाक्यमा|

मेरो वाक्य पछी दुबैले आएर अन्गालो मारे मलाई, अहिले सम्म कसको अन्गालोमा पनि यति आत्मियता, आफ्नोपन, न्यानोपन र मायाको अनुभव गरेक छैन मैले जति पन्कज र अभिको अन्गालोमा गर्दैछु| कसले भन्यो केटा मान्छे रुदैनन्, मन रोएपछि जो पनि रुन्छ, भावना हामीमा पनि हुन्छ नि, पन्कजको आखाँमा आशु देखेपछी अभिले आफुलाई थाम्न सकेन र म पनि त्यति बलियो मुटुको मान्छे कहाँ हो र,म पनी उनीहरुसंगै रुन पुगे| यो आशुहरु मिस्रित थिए, कुनै दुखको कुनै खुसिको कुनै बिछोडको वियोगको भने कुनै आशुको बर्णन नै छैन|

आशुले हामीमा खै गम्भीरता कहाँबाट ल्यायो, जिन्दगिका सम्बेस्दंशील र गहन बिषयमा कुरा हुन लाग्यो| अब जिन्दगि कसरि अघि लग्ने, के के भूलबाट के के सिकेउ हामीले, अबको केहि बर्षको उदेश्य पनि बनाउन भ्याएउ हामीले| सबै भन्दा खुसि लाग्ने कुरा के भयो भन्दा, पंकजले पनि बदलिन्छु भनि अठोट लियो| मेरो निर्णय सायद उसलाई पनि प्रेरणा पुर्यायो अघि बढ्ने अतित सबै बिर्सेर| अभि पनि काठमाण्डौमा बसी पढाई र जागिर संग संगै अघि लग्ने भयो| कसको अठोट कहाँसम्म पुरा हुन्छ थाहाछैन तर म चाही आफु के हुनु छ भनि पक्का छु|

बिहान उठ्न केहि अबेर नै भएको छ, ९ बज्यो, १० बजे प्याराग्लाइदिंग जानु छ| ला मैले भन्न भुले हो? आज हामि प्याराग्लाइदिंगको लागि जादै छौ| अतित सबै भुली, आकाशमा पन्छी जस्तो खुला भइ उड्नछ, मन धेरै हलुका हुनेछ यति भएपछी| यसपछि हामि फेवातालमा डुंगा चलाउन लागेउ, दुइ घण्टा त्यहि नै बित्यो र बेलुका परेपछि फेरी रक्सि त हो नि|  पंकज र अभि काठमाण्डौ र म बुटवल फर्किने बेला पनि आयो, छुट्टिने बेला हामि तिनै जनाको मुहार निन्याउरो छ| अन्तिम पल्ट अन्गालो हालेर हामि तिनै जना छुट्टीएउ, अभि र पंकज एक तिर अनि म अर्को तिर|

रातको ९ बजेको हुनुपर्छ म बुटवल पुग्दा, भोलिबाट नया जीवनको सुरुवात, ए हैन हैन, उही जीवनको नया ढंगबाट सुरुवात| यहि खयाल …..

Previous article
Next article

Latest Posts