रातको ९ बजेको हुनुपर्छ म बुटवल पुग्दा, भोलिबाट नया जीवनको सुरुवात, ए हैन हैन, उही जीवनको नया ढंगबाट सुरुवात| यहि खयाल लिएर ओछ्यान पसे, धेरै कुराहरु मनमा खेल्न भनि आत्तुर भएर बसेको छन्, तर अब यी कुराहरुको लागि न मसंग समय छ न यी कुराले केहि महत्व राख्छ| ओछ्यानमा पल्टिएर, जहिले अतितको सिरानीमा अल्झिएर जीवन पनि चल्दैन नि| भबिस्य आखाँमा लिएर निन्द्राको नगरीमा पुगे अतित सबै पन्छाएर|
बिहानी एउटा नयाँ उमंग लिएर आयो मेरो जीवनमा, सुर्यको हरेक किरणमा प्रेरणा थियो मेरो नया जीवनको लागि, हावामा पनि बेग्लै सुगन्ध भेट्दै थिए र यो दिनको बिहानी नभएर मेरो नया जीवनको पनि सुनौलो बिहानी हो| ६ बजे हो निन्द्रा खुलेको, धेरै पछी यति चाडै आफै निन्द्रा खुलेको| निन्द्रा खुले लगत्तै ओछ्यानबाट बाहिरिए म र पुस-अप गर्न लागे| एकचोटीमा ५० माथि पुस-अप गर्न सक्थिए पहिले, अहिले १० नपुग्दै सास फुलेर आयो अनि हात गलेर| एक पल्ट जिउ तल पुगेपछि माथि आउन नै सकेन| चुरोट र रक्सिको कमाल हो सबै|
पुस-अप गर्न नसकेपछी पल्टि कसे र एकछिन योग भनौ कि ध्यान, जे भने पनि हुन्छ होला, हो त्यसमा ध्यान केन्द्रित गर्न लागे| शारीरिक रुपमा सजिलो भएपनि, ध्यान सजिलो नहुने रैछ| मनमा अनेकौ कुराहरु आएर घोची रहने, कहिँ एक ठाउमा ध्यान केन्द्रित गर्न निकै गाह्रो| आज पो गाह्रो होला, बिस्तारै त सक्छु भनेर चाही मनले अठोट लिई सकेको छ| बिहानै उठ्ने बित्तिकै चुरोट चाहिने मलाई, आज पहिलो चुरोट खाना खाइसकेपछी मात्र लिए| खाना पनि आफै बनाउन मन थियो तर घरमा खाना पकाउनलाइ पर्याप्त सामग्री भएन, त्यसैले बाहिर नै खाए| दिउसो अब गर्नलाइ काम केहि छैन, भान्साको सामान किन्न जाउ भने प्रचण्ड घाम छ| घरमा गर्ने काम केहि छैन र लुगा पनि म संग दुइ जोडी मात्र छ| के थाहा घुम्न आएको मान्छेको बास नै बुटवलमा हुन्छ भनेर|
“बुटवलमा बसेर के गर्ने त?” यो प्रश्न दिमागमा छ| जवाफ थाहाछ तर सुरु कहाँ बाट गर्ने केहि थाहाछैन| नया ठाउ मान्छे चिनेको छैन, सुरुवात गाह्रो अबस्य नै हुन्छ तर केहि नै थाहा नहुदा गाह्रो मात्र हैन अत्तिनै गाह्रो हुनेरैछ| जागिर गर्नलाई एउटा biodata त चाहियो नि, हो आ दिउसो त्यहि बनाउने निर्णय गरे| आफ्नु बारेमा र आफुलाई आउने जति सबै कामको जानकारी भएको biodata तैयार भयो| दिउसो यसरि नै कट्यो| जब बेलुका भयो र शितल हुदै गयो, सुरुमा भान्साको लागि सामान किन्न भनि निक्लिए र दोस्रो पटक केहि लुगा किन्न| सबैभन्दा चाही हाल्ने भनेको नै एउटा तौलिया हो, त्यो पनि ल्याए अरु लुगा संगै|
मैले रक्सि र चुरोट छोड्न लागेको त हैन तर कम चाही गर्न मन छ| त्यसैले आज दुइटा भन्दा चुरोट चाहिएन मलाई र रक्सी त हफ्ताको एक पल्ट भन्दा बेसी खान्न भनेर सोचेको छु| नया जीवनको पहिलो दिन, हजुरहरुको लागि केहि खास नभएपनि मेरो लागि चाही निकै खास र महत्वपूर्ण रहयो| केहि गाह्रो नभएको हैन तर सहनशिलता चाहिने रैछ दिनचर्या बनिसकेको बानीलाई पछार्नलाइ|
पहिलो दिन भन्दा दोस्रो दिनमा केहि परिवर्तन देख्दै चाही छु म, न्यून भएपनि| फेरी परिवर्तन नै हो कि मेरो मनको भ्रम, यो चाही थाहाछैन र जान्न इच्छुक पनि छैन म| भ्रम होस् या बास्तबिकता, मेरो आत्मबल बढ्दै छ| दोस्रो दिनको काम भनेको जागिर खोज्ने भयो र तिन ठाउमा आफ्नु biodata पनि पठाए, अब जवाफ के आउने थाहाछैन| बियरले नै हुनुपर्छ पेट पनि ५ महिनाको गर्भवती महिला जस्तै भएको छ र ज्यान भने बास जस्तै सुकेको छ| जिम पनि खोज्न लागे आफ्नु वरीपरि, त्यो पनि सजिलै पाए| हिजो भर्खर भान्साको लागि सामान किन्न गएको पसलमा अन्डा, पाउरोटी र दुध लिन पुगे आज पनिं|
“बाबु यता नया आएको हो?” नचिनेको मान्छेबाट यस्तो प्रश्न आयो, नौलो कुरा त हैन तर जवाफ के भन्ने भनि अप्ठेरोमा परे| “हजुर “ बाहेक केहि भन्न आएन|
“ल रासन यहींबाट लग्नु पर्छ है|” अंकलले यति भन्दा म हासेर निक्लिए त्यो पसलबाट| जिम पनि जान लागे र जिउमा केहि भएपनि सुधार देखिन सुरु भएको छ| फेरी एउटा मजाको कुरा, किराना पसलमा मेरो उधारो चल्न लागेको छ| जहिले बिहान अन्डा, पाउरोटी र दुध लिन जादा चिनीसक्यो दाइले|
दिन अनि हफ्ता र त्यसपछि दुइ महिना यसरि नै गयो| पहिले जस्तै अब ५० पुस-अप गर्न सक्छु म, दिनमा चुरोटको कोटा पनि दुइ खिल्ली मात्र हो अनि पेट पनि पुरै तराइको खेत जस्तै सपाट भएको छ| ज्यान पनि केहि मोटाको जस्तो भएको छ| बुटवलमा खोजेको सबै पाए, मात्र दुइ चिजको कमि भयो, पहिलो मिल्ने साथि अनि अर्को जागिर| यति भन्नु र एउटा कम्पनिबाट फोन आउनु संगै भयो| अन्तरबार्ताको लागि बोलाइएको छ पर्सि| तैयारी न्यून छ किन कि मैले त आश मारिसकेको थिए फोन आउछ भइ| अन्तरबार्ताको दिन पनि आयो| अन्तर्वार्तामा चाही एउटा प्रश्न सोधिएको थियो “काठमाण्डौ छाडेर यहाँ किन?”
“जीवनलाई यात्रा मान्छु, त्यसैले गन्तब्यको खोजिमा यहा आएको|” जवाफ सहि या गल्ति हुन्छ सोचेर दिएको जवाफ हैन यो, मनले जे ब्यक्त गर्न चाहयो त्यहि नै ब्यक्त गरेमैले|
एक हफ्ता पछी फोन आयो र मेरो जागिर पक्का भएको भनि भनियो फोनमा| घरमा त म बुटवल बस्नुको कारण नै जागिर हो भनि भनेको छु| नया अफिस नया ठाउ, घुलमिल हुन खासै धेरै गाह्रो भएन| काम सिक्ने मौका पनि राम्रो थियो| भगवान्ले एउटा हातमा केहि राखिदिए भने अर्को हातबाट छिन्छन् भन्छन नि, हो म संग पनि त्यस्तै भयो| भाग्य भन्नु पर्ला, म भन्दा बरिस्ठ पदको मान्छेले काम छाडेपछि त्यो पद मैले पाए, अफिसमा आएको तिन महिनामा नै| तर यसपछि चाही हरेक बेला समयको कमि हुन लाग्यो, काम बढ्यो| ६ महिना कति चाडै कटे पत्तो भएन| जिन्दगिमा सबै राम्रो चल्दै थियो र अचानक…
