Part 42

एकछिनको थप गफ अनि मामुको फोन आयो भन्दै उसले एकछिनमा फोन गर्ने बाचा गर्दा फोन राखी|  तर उसले फोन गर्छे भनि न मलाई आश थियो न कुनै उमङ्ग| साला यो जिन्दगि बुझ्न सकिन, कहिले चाहदा चाहदै पनि खुसि हुन सक्दैन, कहिले नचाहीकन पनि दुखि बनिदिन्छ, अनि कहिले चाहना नै मेटिने रैछ खुसीको| सुत्ने तरखरमा थिए, उसले भने बमोजिम फोन गरि मलाई, उसको फोन आउला भनि पर्खी बसेको भने थिइन|

आज सुरुवात हो, निष्ठालाइ सान्त्वना दिन भए पनि राम्ररी नै बोले तर यो क्रिया आजबाट रोकिएन तर सुरु भयो| दिन भरि बेलुका बीच निष्ठाको अनगिन्ती मेसेजहरु आउन लागे, कुनै अर्थ पूर्ण हुनछन भने कुनै त्यसै पठाईएका, म पनि कुनैको जवाफ फ़र्काउथिए भने कुनै मेसेजले मेरो जवाफ पाउदैन| दिउसो मेसेजमा मात्र बोल्ने हामि, बेलुका परेपछि चाही उसको फोन आउछ| निष्ठा र म बोल्न लागेको २ हफ्ता भयो होला तर  मैले आफैले सुरुमा मेसेज गरेको र फोन गरेको याद छैन| मेरो दैनिकीमा केहि परिवर्तन भने अबस्य आएको छ, अफिस पछी घर पुगेर डायरी लिने मान्छे अचेल निष्ठासंग नै बोलेर बस्ने गरेको छु| एउटा हात जुन बीच बाटोमा नै छुटेको थियो, त्यहि हात जीवनको यो मोडमा आएर फेरी मेरो सामु आउछ भनेर मैले कल्पना गरेको थिइन|

अहिले भन्दा एक बर्ष अघिको जीवन बाच्न लागेको छु, सम्बन्धले पुनर्जन्म पाएपनि, माया र मन भित्र भित्रै  मरिसक्यो| हो निष्ठासंगको सम्बन्ध पनि यहि हो मेरो लागि, रमाउदैछु जहिलेको निष्ठाको गफगाफमा, उसको साथमा, उसंगको कल्पनाको भबिस्यमा तर उ संग म जीवनको बास्तबिकता चाही देख्न सक्दिन| केहि दिनको थप बोलचाल पछी, मलाई जे कुराको डर लागेको थियो हो निष्ठाले त्यहि भयो, निष्ठाले मलाई जे डर लागेको थियो त्यहि कुरा भनि|

“ मलाई त हामि फेरी पहिले जस्तै भएको जस्तो लाग्दै छ|” हो निष्ठासंग यहि कुराको डर लागेको हो मलाई, म उसंग मज्जाले बोल्दै थिए, उसले फेरी पनि प्रेम भाव महसुस गरि कि भन्ने डर थियो मलाई र त्यहि भयो|

“हजुर? बुझिन मैले|” मलाई राम्ररि थाहाछ उसले के भनेकी र उसलाई पनि थाहाहुदो हो कि मलाई थाहाछ भनि तर पनि मैले थाहा नपाको जस्तो गरे|

“हामि फेरी सम्बन्धमा छौ जस्तो लाग्न थालेको छ मलाई|” उसले यति सजिलै मनको कुरा भन्छे जस्तो लागेको थिएन तर उसले मनमा केहि कुरा नराखी सिधा शब्दमा आफ्नो मनको कुरा राखी मेरो सामु|

“तर मलाई त्यस्तो लागेको छैन|” उसले जति मिठासका साथ भनेकी थिइ आफ्नु मनको कुरा, मेरो जवाफ त्यसको दुइ गुणा बेसी रुखो छ|

“ मलाई पो लागेको हो, हजुरलाई लागेको हो भनेको छु र मैले?” उसले पनि रुखो हुन कुनै कसर बाकि राखिन|

“त्यसो भए ठिक छ|” उ रुखो हुदा म पनि रुखो हुनु त्यति राम्रो मानेन मेरो मनले, छोटो जवाफ नै दिए|

“ तर हजुरलाई पनि पछी यस्तो महसुस हुन सक्लानि, के थाहा है?” अघि सम्म रुखो भएकी उ, अहिले फेरी लेप्रे पारामा बोल्न लागि| उसलाई अहिले जति आश पलाएको छ नि, केहि समय अघि यो आश त मैले पनि गरेको थिए, उ फर्किन्छे भनि|

“कहिले हुन्न होला|” रुखो हुनु मेरो स्वभाव नै भयो सायद|

“मैले जिद्दी गरे भने हजुरको मन कसो नफर्केला?” उसको प्रश्नमा आशा पनि थियो र माया पनि, मैले दुवै महसुस गर्दैछु तर उसलाई जताएको भने छैन|

“मेरो मन कहाँ छ मलाई आफै थाहाछैन, सायद नफर्केला मेरो मन|” यति रुखो मान्छे पनि हैन म तर आजको परिस्थितिले मलाई रुखो बनाउदैछ|

“ मलाई थाहाछ हजुर मलाई माया गर्नु हुन्छ र त्यो माया मैले पनि गर्छु हजुरलाई| जब मनमा माया छा भने किन लुकाउनु र पन्छाउनु मायालाई? हजुर, म र माया, सम्बन्ध चाहिने भनेको यति हैन र?” कस्तो गहिरो कुरा गरि उसले, उसले भनेको कुनै वाक्यमा केहि गलत छैन तर अहिलेको परिस्थितिमा केहि सहि पनि छैन|

“ तैले भनेको सम्बन्धमा माया त होला तर बिस्वास भने हुदैन|” उसको हरेक सम्बादको जवाफ मसंग तैयार छ|

“ म त हजुरलाइ बिस्वास गर्छु, हजुर मलाई बिस्वास गर्नु हुन्न?” उसले मेरो जवाफ नबुझेकी हैन तर आधा मात्र बुझिछ उसले| मैले सम्बन्धमा बिस्वास हुन्न भन्नुको मतलब, म हुन्न र यदि म भए पनि मायामा बिस्वास हुन्न| कसरि होस् त बिस्वास, कसरि बिस्वास गर्न सक्छु आखिर अरु कसैलाई जब मैले बिस्वास गरेको मान्छेले नै गरेको मान्छेले त्यो बिस्वासको हत्या गर्यो|

“त्यस्तो हैन| तैले छोडेर गएपछि म धेरै कुराबाट गुज्रिए, निकै मुस्किलले निक्लिएको छु| अब फेरी अरुलाई बिस्वास गर्ने गल्ति कसरि गर्नु मैले? चाहेर पनि कसैलाई बिस्वास गर्न सक्दिन|” मनमा भएको सबै भावना राखे निष्ठा सामु, कति गुम्सियोस यी सबै मेरो मनमा मात्र|

“म अहिले पछी फोन गर्छु|” निष्ठाले यति भनेर फोन राखी| मैले मनको सबै सोच उसको सामु राखे जस्तो लाग्छ तर अझै धेरै भन्न बाकि छ| उसलाई भन्छु भनि सोचेको थिए आज सबै तर  उसले हत्तारिएर फोन राखी|

Previous article
Next article

Latest Posts