Part 48

मैले उसको माया बुझे पनि नबुझे जस्तो गर्दै बसे, उसलाई झुठो आश दिनु थिएन| हेर्दा हेर्दै निष्ठाले भनेको सात दिन बित्यो| निष्ठासंग संगै हुन पाउदा मन खुसि त हुन्छ तर उनि भबिस्यमा कहिँ कतै नअट्ने देख्दा, सबै खुसि बिस्मात बनिदिन्छ| निष्ठाको हात समाउन मन पर्छ तर उसको साथको चाहना छैन| उनको अन्गालोको न्यानोपन मनपर्छ तर सम्बन्ध नै चिसिएको छ, यो न्यानोपनले सम्बन्ध पहिले जस्तै पार्न सक्दैन|

गएको सात दिनमा कुनै यस्तो पल छैन, यस्तो पल जब हामि संगै थिएनौ| बिहान आखा खुल्ने बित्तिकै देखि राति निन्द्राको नगरीमा पुग्नु अघिसम्म, हरेक पल उसकै मुहार हुन्छ आखाँ सामुने| एउटा मात्र डर रहयो हफ्ता दिन भरि, फेरी उसको त्यो आखामा डुब्छु कि भन्ने डर, फेरी उसको त्यो बोलीले मोहनी लाउछ कि भन्ने डर, फेरी उसको जुरोमा कुनै फुल जस्तै अड्किन पुग्छु कि भन्ने डर,  उसको हात थाम्दा थाम्दै साथको पनि कल्पना गर्छु कि भन्ने डर,  उसंग फेरी माया गर्न थाल्छु कि भन्ने डर| हफ्ता दिन यहि नै कोशिस रहयो मेरो, उसंग सकेसम्म नजिक हुने तर उसको मायामा फेरी नपर्ने| बुटवलबाट काठमान्डौको लागि हिड्नु अगाडी उसले मलाई एक अन्तिम पल्ट अन्गालो हाली, उसको मुटुको धड्कन महसुस गर्न सक्छु म, त्यति कसेर अन्गालोमा कसेकी थिइ उसले| उसको धड्कनमा मैले आफ्नै नाम सुन्न सक्छु, निष्ठाले कति माया गर्छे मलाई तर …. निष्ठालाई फर्किदा प्लेनमा फर्किन भनेको तर मानिन, उसले बसमा नै जान्छु भनि जिद्दी गर्न लागि|

“बसमा किन जाने, ८ ९ घण्टा लाग्छ, प्लेनमा जा|” निष्ठा काठमाण्डौको लागि हिड्ने एकदिन अघि मैले उसलाई यहि भनेको थिए तर उसले यस्तो जवाफ दीइ, मैले थप कर गर्न सकिन|

“जिन्दगीको यात्रा धेरै  लामो छ, जाबो यति संग के डराउनु|” निष्ठाको यो एउटा वाक्यमा धेरै भाव लुकेको छ, म प्रति गुनासो, आफै प्रति गुनासो, र भबिस्यको झझल्को|

“तर बिडम्बना जिन्दगीको यात्रामा चाहेको साथ नपाउने भए मैले|” एकछिन सम्म पनि म केहि नबोली बसेको थिए उसको अन्तिम वाक्य पछी, त्यसैले निष्ठाले हामि बिचको मौनता चिर्दै यो वाक्य बोलि|

“साथ चाहना हैन, आवश्यक्ता हो| चाहना त आफै पैदा हुन्छ, मात्र तैले बहाना बनाउन छोड्नु पर्छ, त्यो बहाना जसले तलाई जताउछ कि त खुसि छैनस| जब निराश हुने बहाना नै हुन्न, त्यसपछि खुसि मात्रै तिम्रो जिन्दगिको चाहना हुन्छ|” अहिले म जे बोल्छु, त्यो जिन्दगि भर निष्ठाको मनमा रहन्छ थाहाछ, त्यसैले एक एक शब्द सोचेर बोले मैले|

“मलाई अरु केहि थाहाछैन, तर अब अरु कसैको साथ चाहिदैन मलाई, जीवन भरि हजुरलाई पर्खेर बस्नेछु|” निष्ठाको यो अन्तिम अवाक्य हो बस चढ्नु अघि, उसको बसलाई आखाले देखे सम्म एकै ठाउमा बसेर हेरे| निष्ठा सानी बस दुवै टाढा हुदै गए म बाट र यसरि निष्ठा काठमाण्डौ फर्की|

निष्ठासंग बिताएको त्यो सात दिन कति चाडै बिते तर पलहरु याद गर्ने हो भने सात जुनी सम्म पनि सकिदैन| मलाई उसको बानि नै लाग्यो भन्दा पनि हुन्छ मलाई यो सात दिनमा| इन्द्रेणी निकै मनमोहक हुन्छ तर एकछिनलाइ मात्र रमाउन पाउछौ हामि किनभने इन्द्रेणी एकछिनमा बिलिन हुन्छ| हो निष्ठा पनि मेरो जीवनको इन्द्रेणी हो, रंग भरि मेरो जीवनमा, रमणीय भयो मेरो जीवन, अनि फेरी बिलिन भइ| फरक एउटा मात्र छ, इन्द्रेणी आफ्नु मनले प्रकट हुन्छ र आफ्नु मनले गायब, निष्ठा चाही आफ्नो चाहनाले काठमान्डौ आइ र मेरो आग्रहमा फर्की, उसको माया बिलिन भएको हैन मैले नस्विकारेको हो|

निष्ठा सजिलै काठमान्डौ पुगी, बेलुका उसको फोन आएसी केहि थप गफ भयो, केहि मजाक गर्दैका गफ र केहि जीवनका गफ| निष्ठा बुटवलबाट फर्केको एक महिना हुन लाग्यो र हाम्रो बोलचाल सधैको दिन चर्या नै भइसकेको छ| मलाई थाहाछ कि म उसंग मायामा पर्दिन र अठोट नै लिएको छु तर मैले यसरि जहिले उसंगै बोलेर बस्दा उसको मनमा केहि भावना पलाएको त होलान् नि| उसको मनमा आश होला नि म फर्किन्छु भनि, त्यस्तो आश जुन कहिले पुरा हुदैन| तर उसलाई आश पलाएको छ भने त्यसको दोषी म हो, सोच्न लागे एकछिन| मैले यसरि जहिले निष्ठालाइ समय दिन लागे भने, उनिले मलाई भुलेर नया जीवनको आरम्भ गर्न सक्दिन, जहिले म मा नै अड्किएर बस्छे| जब केहि कुराको भबिस्य छैन भने, बर्तमानमा पनि त्यसलाई अट्न दिनु हुन्न, किन कि त्यो बहुमुल्य भए पनि केहि मूल्य हुन्न त्यसको| एकैचोटी हैन तर बिस्तारै बिस्तारै टाढा हुन लागे निष्ठाबाट| दिनको ४ ५ पल्ट फोन हुन्थियो, हफ्ता दिनको अन्तरालमा दिनको एक फोन कलमा झर्यो| बिस्तारै हफ्ताको एक फोनमा सिमित भयो हाम्रो कुराकानी| यसरि नै गफगाफ कम हुन लाग्यो, तर जब बोलिन्छ, दुख सुखको सबै पाटो बिस्तारमा सुनाउछे उसले| हाम्रो बोलचाल कम गर्न त सफल भए म तर उसको मनबाट मेरोलागि माया कम गर्न कहिले सकिन|

दिनहरु यसरि नै  बित्दै गयो, जीवन सामान्य नै रहयो| सामान्य जीवनमा, एउटा सामान्य घटनाले, भबिस्य पुरै बदल्न सक्दो रहेछ| अफिसमा नया मान्छेहरु चाहिएको, अन्तरबार्ता छ आज 4 जनाको| अन्तरबार्ता चाही म लगायत अरु दुइ जनाले लिने हो, यदि तिन जनालाई चित्त बुझ्यो भने मात्र, कसैको जागिर पक्का हुन्छ| तर आज केहि भिन्न भयो, एक जना, नाम उसको प्रतिक्षा हो| उसको अन्तरबार्ता मलाई मात्र चित्त बुझेको रैछ, बाकि दुइलाइ खासै राम्रो नलागेको रैछ| अन्तिम निर्णय मैले भने जसरि भयो, दुइ जनालाई चित्त नबुझे पनि, म मात्रैको जिद्दीले प्रतिक्षालाइ एक मौका दिदै छानियो चार जना मध्य| प्रश्न होला हजुरहरुको मनमा, अकहिर प्रतिक्षामा मैले त्यस्तो के देखे कि उसलाई …….

Previous article
Next article

Latest Posts