प्रश्न होला हजुरहरुको मनमा, आखिर प्रतिक्षामा मैले त्यस्तो के देखे कि उसलाई नै रोजे यो जागिरको लागि| कहिँ कतै उसलाई देखेर मेरो मनमा केहि भावना पलाएको त हैन नि? कुरा सामान्य छ र सामान्य रुपले नै भन्छु| उसको रुप या शारीरिक बनावट केहि देखेर मैले उसलाई रोजेको हैन, उसको बोलि हो मैले उसलाई रोज्नुको कारण, यो जागिरको लागि | बोलिमा मिठास पनि भन्न खोजेको हैन मैले| उसले जुन शैलीमा अन्तर्वार्तामा प्रश्नहरुको जवाफ दिदै थिइ, मलाई उनको शैली मन पर्यो| कुनै प्रश्न सजिला थिए र कुनै गाह्रो, उसले आउने प्रश्नको उत्तर सजिलै दिई र नआउने जवाफलाइ पनि बुझ्न खोज्दै थिइ| उसको यहि शैली चाही मन परेको, बरु सिक्छु भनि ओस्च राख्ने खाले उनि, मलाई मान्छेको यो स्वभाव मनपर्छ| त्यसैले हो जिद्दी गरेर भएपनि उसलाई मैले रोजेको यो जागिरको लागि|
काम धेरै नै छ अफिसमा, उसलाई भोलिबाट नै आबद्ध हुन आग्रह गरेको तर उसले आइतबारबाट आउने भनि| Interview लिएकै दिन प्रतिक्षालाइ फोन गरे, प्रोजेक्टको केहि थाहापाउनु पर्ने कुराहरु छन्, सायद खालि समयमा उसले त्यो अध्धयन गर्न सक्छे, तयसैले हो उसलाई फोन गरेको| तर उसको फोन उठेन, सायद व्यस्त होलि केहिमा| कि नयाँ नम्बरबाट आएको भनि उसले फोन नउठाकी, यो पनि हुन सक्छ| अरु केहि सोचेर बस्ने फुर्सत पाइन मैले, अफिसमा काम निकै अनि यता अरुको नया मान्छेहरुको पनि अन्तरबार्ता लिनु पर्ने| थाहाछैन कति पछी, प्रतिक्षाले आफै फोन गरि मलाई, मैले फोन गरेको केहि बेर पछी| नया नम्बरबाट नया मान्छेको आवाज, उसले सुरुमा चिनिन| आफ्नो परिचय आफै दिए उसलाई, अब उसले नचिन्ने कुरै भएन| के सोची होला उसले पनि, अफिस पुग्नु अघि नै काम आयो भनेर| कति छुच्चो र रुखो सोची होला मलाई|
सबै दिन व्यस्तता बीच नै कट्दै गयो, प्रतिक्षा अफिस आउने भनेको दिन पनि आएछ| उसको पहिलो दिन, अफिसमा काम कसरि हुन्छ, उसले के के गर्नु पर्ने सबै मैले नै भन्नु पर्ने थियो तर अरु काममा नै ब्यस्त भए म| यस्तै होला भनेर मैले उसलाई पहिले नै प्रोजेक्टको फाइल हरु पठाएको थिए, अनि बाकि अफिसमा घुलमिल हुने भनेको उ आफै पनि अरुसंग बोल्न सकीहाल्छे नि| नत्र अरु आएर उ संग बोल्न पनि मिल्छ, उ एक्लो पक्कै पनि हुन्न| सबै काम सकेर प्रतिक्षा निर पुगे, २ बजेको छ, अफिसको समय लगभग सकिन लागेको|
“कस्तो हुदै छ त पहिलो दिन?” उसको आखाँ ल्यापटपमा, अनि हात किबोर्डमा, पहिलो दिन कसैले यति ध्यान दिएर काम गरेको, मैले पहिलो पल्ट नै देखेको हो| मैले यति भन्दा मात्र पनि उनको ध्यान भंग भएछ क्यारे, म तिर हेर्दा उ आत्तिएकी थिइ|
उसको जवाफ मैले पहिले सोचीसकेको थिए र उसको जवाफमा केहि परिवर्तन थिएन| मेरो निर्णय, उसलाई यो अफिसमा ल्याउने, उसले गलत हुन दिन्न भनि म ढुक्क पनि भए| मैले पठाएको प्रोजेक्ट सबै अध्धयन गरिसकेकी थिइ उसले, अब उसलाई काम गर्न सजिलो हुने भयो| उसंग धेरै पनि हैन, केहि बेर मात्र बोलेको र थाहा पाए, उसले बिहानबाट केहि खाएकी छैन, न चिया न खाना| उसलाइ कसैले पनि न खानको लागि बोलाएछ न चियाको लागि, अचम्मको कुरा| माया लाग्यो उसको यो सब कुरा सुनेर|
३ बजि सक्यो र प्रतिक्षा भोकै, कसरि बस्न सक्छ कोहि यति बेला सम्म भोकै| कति सोजी के प्रतिक्षा पनि| उसले अफिसमा काम कसरि हुन्छ त बुझी तर अफिसमा कसरि बस्ने थाहाछैन उसलाई| सुरुमा हामी क्यान्टिन पुगेउ र त्यसपछि उसलाई खाना, खाजा र चियाको समय भने| खाजा खादै उसंग केहि कुरा भए उसंग, सबै कुरा उसको बारेमा| उ कहाँ बस्छिन, घरमा को को हुनुहुन्छ|, यस्तै कुरा उसले बताउदै गइ| उसको बोल्ने शैली, कुरा व्यक्त गर्ने तरिका, हरेक घटनाको सानो सानो पाटो पस्किने उसको कोशिश, हो यो सबैले म प्रभावित हुदै छु|
उसको र मेरो केहि बानिहरु पनि मिल्ने, उसलाई र मलाई, हामि दुबैलाई कफी उत्तिकै नै मन पर्ने| खाजा पछी फेरी हामि काममा नै फर्कियौ| प्रतिक्षा र मेरो काम उही हो र बस्ने ठाउ पनि संगै, काममा दुवैलाइ सजीलो हुने भयो| उसले मलाई सर भन्दा, उसलाई सजिलो भयो होला सम्बोधन गर्न तर मलाई सर भनेको मन पर्दैन, उसलाई नामले नै बोलाउन भने|
अरु दिन जस्तै आजको दिन पनि बित्यो र अफिसबाट निक्लिदै चुरोट सल्काए सधै जस्तै| एउटा हातमा हेल्मेट, अर्को हातमा चुरोट लिए सधै जस्तै| अफिस मुनि प्रतिक्षा उभिएकी छे, सायद उसले गाडी पाइन होला| उसलाई सोधे तर उसले साथीलाई पर्खेर बसेको थाहा भयो|
म किन प्रतिक्षाको बारेमा यति कुरा गर्दैछु? हजुरहरुको मनमा यो प्रश्न पनि होला| उसको बानि केहि भिन्न लाग्यो| म गलत हुन सक्छु तर किन मलाई लाग्दैछ कि उ मेरो बारे बुझ्न खोज्दै छिन्| म के गर्छु, मलाई के मन पर्छ, यहाँ भन्दा पहिले म कहाँ थिए, उसले एके एक एक बुझ्न खोजेको भान भयो|
तिमि भन्ने गर्थिए उसलाई तर त भन्न लागेछु| उ म नजिक आउन खोज्ने र म सकेसम्म उसलाई आफुबाट पर लग्न खोज्ने| उसलाई मेरो अतित केहि थाहा छैन, र अतितले गर्दा म चाहे पनि उसंग नजिक हुन सकेको छैन| प्रतिक्षासंग अफिसमा मात्र हैन अफिस बाहिर पनि भेट हुन लाग्यो| उसलाई उसको गाह्र सम्म पुर्याउने र बिहान अफिस पनि संगै आउने| हो यसरि परिवर्तन हुदै गयौ हामि| बुटवलको सबै ठाउहरु एक एक गरि घुम्न पनि भ्याएउ हामीले| उसले मलाई आफ्नु अतितको बारे सबै कुराहरु भनि, कसरि उसले मायामा धोका खाएकी रैछे,मैले जस्तै| मैले पनि आट गरेर उसलाई वर्षा र सारिकाको बारेमा भने तर निष्ठाको बारेमा भन्न सकिन| एकदिन अचानक उसले एउटा प्रस्ताभ राखी…
