एकदिन अचानक प्रतिक्षाले एउटा प्रस्ताभ राखी, प्रेमप्रस्ताभ भनौ कि खै के भन्नु तर उ र म सम्बन्धमा गासिने कुरा गर्दै थिइ| माया पनि कस्तो अचम्मको है, जिन्दगि नै हो माया,यहि सोचेर बसेको थिए म पनि, तर अहिले हैन केहि बर्ष अघि| निष्ठा मेरो माया थिइ र माया बिना त बाच्न नि गाह्रो हुन्छ, बाच्ने कुरा परको हो, माया बिना मुहारमा मुस्कान लिई हास्न पनि गाह्रो हुन्छ| जीवन जिउन के नै चाहिंन्छ र, परिवार अनि उनको माया बाहेक| जीवन संग थप न केहि चाहना नै छैन भने नि हुन्छ, चाहना र कल्पना सबै भ्रम हो जस्तो लाग्छ जब उनि मेरो समिप हुन्छे| कल्पनाको संसार भन्दा बिपनाको यथार्थ नै सुन्दर लाग्थियो| एउटा मान्छे वरिपरी मैले आफ्नो पुरै संसार रचेको छु अनि एकदिन अचानक के भयो थाहा छ? जसलाई मैले जिन्दगि सोचेको थिए त्यो मान्छे नै मेरो जिन्दगिबाट पर भयो| उ बिना बाच्न साच्चिकै गाह्रो भयो मलाई र म मृत्युको मुखमा पनि पुगे| मृत्युको मुखबाट फर्काइ ल्याउने पनि फेरी निष्ठा नै हो| जब निष्ठा बिनाको जीवन कल्पना गर्न लागे, तब मुहारमा मुस्कान हैन हासो देखापर्यो| हासो अरुमाथि हैन आफु माथि, आफ्नो सोच माथि र आफ्नो मुर्खता माथि| जीवन जिउन उ र परिवार भए पुग्छ सोचेको थिए, जीवनमा उनि रहिन र परिवारसंग पनि पर भइ बुटवल पुगे म| आफु संग नजिकिनको लागि म आफ्नै परिवारसंग र निष्ठाको सहरसंग पर आएको मात्र के थिए, निष्ठा फेरी मेरो जीवनमा आइ| जो मान्छे कुनै जवानामा मेरो जीवन थिइ, अहिले उसलाईनै मैले आफ्नो जीवनमा राख्न चाहिन|
मेरो जीवनमा यति धेरै घटना घटिसके, अब कसरि म कसैको मायामा बिस्वास गर्न सक्छु? मायाबाट बिस्वास उठिसक्यो र मान्छेलाइ बिस्वास गर्न खोजेर पनि बिस्वास गर्न सक्दिन, मन डराउछ अचेल कसैले मलाई आफ्नो भन्दा र आफुले अरु कसैलाई आफ्नो भन्नु पर्दा| सम्बन्धको फुल, एक पल्ट फक्रिएर ओइलाई पनि सक्यो| निष्ठाको मायाको रसले फक्रिएको फुल, रस बिना ओइलाउदै गयो र अहिले झर्न मात्र बाकिछ| अनि प्रतिक्षा त्यहि झर्न मात्र बाकि रहेको फूलमा फेरी मायाको रस भरि, फेरी त्यो फूललाई फक्रयाउने कुरा गर्छे| गाह्रो हैन असम्भव कुरा हो त्यो|
मैले आफुले सकेजति कोशिस गरे प्रतिक्षालाइ आफु भन्दा पर राख्ने| उसले सम्बन्ध खोज्दा, नाई भने पनि कति पल्ट| तर उ प्रतिक्षा हैन , बिस्वास भएकी थिइ, केहि महिना अघिको बिस्वास, जसलाई जसरि भएपनि आफुले चाहेको मान्छेको माया चाहिएको छ| प्रतिक्षा जिद्दी पनि थिइ र लिदेधिप्पी गर्न खप्पिस| झुठ बोले भने पाप लाग्छ, प्रतिक्षाको साथ मलाई पनि मनपर्छ, उस नजिक हुदा मन आफै खुसि भइदिन्छ| त्यसैले चाहेर पनि उसले हात समाउदा नाई भन्न सक्दिन, उसले बोल्दा सुनी रहन मन लाग्छ, उसको भावनामा डुबुल्की मार्दा आनन्द मान्छ यो मनले तर पनि प्रतिक्षासंग सम्बन्धमा गासिन डराउछ|
प्रतिक्षाको माया नस्वीकारेर म सहि गर्दैछु कि गलत? मनमा यस्ता सोच पनि आउन लाग्यो| आफैलाई प्रश्न गर्न लागे| त्यस्ता प्रश्न जसको जवाफ म संग छैन तर म भित्र भने छ| जवाफ केहि मैले आफै खोज्नु पर्ने छ भने केहि प्रश्नमा नै लुकेका हुन्छन| म अहिले प्रतिक्षामा बिस्वास देख्दै छु भने आफुमा निष्ठा| जसरि निष्ठाले मेरो मायालाई लत्याई, म प्रतिक्षाको मायालाई लत्याउदै छु| निष्ठाको थाहाछैन मलाई तर म भने जानी जानी प्रतिक्षाको मायालाई नकार्दैछु| म गलत गर्दैछु कि म आफैमा गलत हु? प्रश्नको जन्जालमा फस्दै गए| जवाफ यहाँ हैन प्रतिक्षामा छ बुझ्न केहि समय लाग्यो तर बुझे मैले|
निर्णय लिए, प्रतिक्षासंगको सम्बन्ध अपनाउन मेरो मनले नदिएपनि, उसको माया त्यसै ब्यर्थ जान पनि कसरी दिनु मैले| उ पनि कसैको धोकाले गर्दा मायाबाट बिस्वास गुमाएर बसेकी हो, उसलाई पनि सजिलो भएन होला नि म सामु आफ्नो माया ब्यक्त गर्न| उसले पनि मनको अनगिन्ती भावलाइ छलांग मारी यो निर्णय लिएकी हो नि| मनमा उसको डर हुदो हो, त्यो डरलाई जित्न सजिलो त पक्कै नि भएन होला उसलाई तर उसले कोशिश त गर्दै छे| म भने कोशिश बिना हार मान्दैछु, हासो लाग्यो आफै माथि|
सबै भने तर मैले निर्णय के लिए भनिन है? निर्णय मैले लिएको हैन, अहिलेको हालातले लिएको हो, निर्णय मेरो लागि मात्र हैन मेरो र प्रतिक्षाको लागि हो| अहिले जे चल्दैछ, त्यसलाई नै अघि लाग्ने भए मैले| मतलब? मतलब अरु केहि हैन, प्रतिक्षासंग म सम्बन्धमा नभए पनि या भएपनि, उसको लागि मेरो मनमा भावना भएपनि या नभएपनि, मेरो मनले उसलाई आफ्नो ठानेपनि या नठानेपनी, अहिले उसलाई केहि भन्दिन| उसलाई मेरो साथमा रमाउन छ भने उसलाई खुल्ला भइ रमाउन दिन्छु र म पनि रमाउछु उसको साथमा| फरक यति छ, हामी सम्बन्धमा नभएपनि सम्बन्धमा जस्तै हुने| फरक यति , हाम्रो मायाले केहि नाम पाएको हुने छैन| त्यसैले मैले कति पल्ट प्रतिक्षालाई भनि रहे, जे गर तर म संग माया नगर| उसले मेरो केहि कुरा सुन्न या बुझ्न नै मानिन र मैले पनि कोशिसहरु कम गर्दै गए|
म काठमाण्डौबाट बुटवल आएको पनि दुइ बर्ष हुन लागेछ| दुइ बर्ष देखि काठमाण्डौ पुगेको छैन म, बुटवलमा नै छु| घर, परिवार, साथि अनि काठमाण्डौको याद त आउछ तर फर्केर जाने इच्छा छैन| सायद बुटवलमा नै मैले आफ्नो नया संसार भेटे,त्यसैले होला| नया संसार? अह, खुसीको संसर्र जहाँ मैले आफुले चाहेको खुसि भेटेको छु| आज अचानक आएर फेरी काठ्मान्डु फर्किनु पर्ने भएको छ| किन थाहाछ?
