Part 59

उसको त्यो निन्याउरो अनुहार देखेर मलाई पनि खल्लो हुदै आयो| यति चिन्ता लिएर मन खल्लो बनाइ बसेको तर सबै मजाक रहेछ| मजाक उसले गरेको हैन, मजाक भाग्यले पनि गरेको हैन| उसको मामुले जिस्काएर भन्नु भएको रैछ, उसले धेरै बुझेको भनौ या धेरै सोचेकी रैछे| उसलाई बनको बाघले हैन मनको बाघले सताएको रैछ| उ एक्लो सिकार भएकी हैन त्यो मनको बाधको, सिकार म पनि भए|

यस्तो के भयो सोच्दै हुनुहुन्छ होला है, एक एक भन्छु, हास्नु कि रुनु हुन्छ होला हजुरहरुलाई पनि| हामि काठमाण्डौबाट फर्किने बित्तिकैको घटना हो| प्रतिक्षाले घर पुग्ने बित्तिकै बाबालाइ देखिनछ अनि मामुलाइ सोधिछे, “बाबा खोइ भनि?” मामुले पनि जिस्केर भन्दिनु भएछ, “तलाई हेर्न केटा आएका छन्| काठमान्डौ जानु भएको छ लिनलाई|” मामुले जिस्केर भनेको यो वाक्यलाई उसले भने मनमा खेलाउदा खेलाउदै यति ठुलो रुप दिएकी रैछे|

त्यसो भए प्रतिक्षाको बाबा कहाँ जानु भएको त? काठमाण्डौ नै हो| तर किन? कोहि आउनु भएको छ, उहालाई लिन| कसलाई लिन? प्रतिक्षाको आमाको भाइ, प्रतिक्षाको बाबाको सालो अनि प्रतिक्षाको चाही मामा, हो उहालाई लिन|  यो सबै थाहा पाएपछि प्रतिक्षाको अघि हास्न मिलेन तर घर पुगेपछि चाही पेट मिची मिची हासे म|

जीवन त हो, कहिले उकालो कहिले ओरालो, कहिले खुसि र कहिले चिन्ता| फरक यति छ खुसीको पल ढिलो आउछन् र छिटो जान्छन| काठमान्डौबाट फर्किएको हफ्ता दिन मात्र भएको छ| रातको समय प्रतिक्षासंग फोनमा गफ गर्दा बसेको| उसले घरमा के के भयो सबै सुनाउदै गइ, मामाले के भन्नु भयो, मामा कहिले जाने, मामा के गर्नु हुन्छ,मामको बारे बाहेको केहि कुरा भन्थिन| हो उसले आफ्नो मामालाइ त्यति माया गर्थी|

“मामाले मलाई काठमाण्डौमा जब गर्न भन्दै हुनुहुन्छ|” उसले कुरै कुरामा यो कुरा गरि|

“जा न त| मामाले भनेको पनि ठिकै हो|” मैले जिस्केर भनेको हो, उसले पनि बुझ्नु पर्ने हो तर उसले बुझिन| प्रतिक्षा रिसाई, उसलाई फकाउन खोज्दै थिए तर कसैको फोन आयो|

निष्ठाको फोन, उसले आज धेरै पछी फोन गर्दैछे| उसले अचेल फोन गर्ने भनेको केहि जरुरि परेपछी मात्र हो या त उसले निकै नै एक्लो महसुस गरि भने| मैले धेरै पहिले सिकीसकेको थिए एक्लो भइ बाच्न, उसले भर्खर सिक्दै छे र म उसलाई सके जत्ति मदत गर्न तैयार छु म| जीवनमा साथ नदिएपनि एक्लोपन मा चाही साथ दिन सक्छु उसलाई|

निष्ठाको फोन आयो र यता प्रतिक्षा रिसाएकि छे| अनि फेरी प्रतिक्षालाइ मैले केहि पनि भनेको छैन निष्ठाको बारेमा| धेरै पहिले भन्नु पर्ने हो तर खै भन्न सकेको छैन| जीवनमा धेरै भुल गरेको छु मैले र अझै पनि गरिरहेको छु| भुल सच्याउने मौकामा अर्को भुल गर्दैछु म| अहिले चाही गाह्रो भएर आएको छ, प्रतिक्षालाइ फकाउनु पनि पर्नेछ र उता निष्ठासंग बोल्नु पनि पर्नेछ| प्रतिक्षालाइ नफकाई अरु कोहि संग बोल्छु भन्दै फोन राखौ भने प्रतिक्षा झन् रिसाउने र यता निष्ठाको फोन नउठाउ भने उ झन् एक्लो हुन्छे| सायद अर्को भुल गरे मैले, प्रतिक्षालाइ जरुरि फोन आयो भन्दै बहाना बनाउदै निष्ठाको फोन उठाए| प्रतिक्षाले बुझी हाल्छे नि, हो यहि सोच्दै थिए म|

“हजुरले के गर्न खोज्नु भएको?” फोन उठाउने बित्तिकै निष्ठाको पहिलो वाक्य, उ रिसाएकि थिइ तर किन थाहाछैन मलाई|

“मैले के गरे फेरी?” थाहा थिएन, सोधे, अकहिर मेरो गल्ति के भनि|

“हजुर काठमाण्डौ आउनु भयो, फर्किनु भयो तर मलाई भन्नु भएन| किन?” निष्ठाले यति भन्दाम छानाबाट खसेको जस्तै भए, निष्ठाले कसरि थाहापाई म काठमाण्डौ थिए भनि| हैन अचम्म, मैले उसलाई सबै ठाउमा ब्लक गरेको छु, हामि बोल्ने भनेको फोनमा मात्र हो| सामाजिक संजालमा जति जोडिदै गयो, यादबाट पन्छिन त्यति नै गाह्रो हुदै जान्छ| हो यहि कारण हो मैले उसलाई उसकै लागि ब्लक गरेको| तर उसले थाहापाई चाही कसरि?

“हैन जरुरि काम परेर मात्र हो त्यहाँ आएको| नत्र म भेट्दिन थिए होला?” निष्ठाले कसरि थाहापाई भनि सोध्न मन थियो तर उसको चित्त दुखाउन मन थिएन| त्यसैले सोध्न मन लागेको प्रश्न मनमा नै राखे र बहाना बनाए|

“खुब जरुरि काम हुन्छ| किंग्स लाउन्जमा हो जरुरि काम? त्यहाँ जान भ्याउनेले, एकछिन मलाई भेट्न नभ्याउने?” लु अब निष्ठालाइ कसरि थाहाभयो कि म किंग्स लाउन्ज पुगेको थिए भनि? के उसले मलाई प्रतिक्षासंग देखि त्यहाँ? के यो रिस मैले उसलाई भेटिन भनेर हो कि म प्रतिक्षासंग थिए भनि हो? तर उसले मलाई किंग्स लाउन्जमा देखेकै हैन, देखेको भए त्यहि बेला आएर बोल्थी| हफ्ता दिन पछी फोन गरेर यस्तो भन्दिन थिइ|

“त्यो एकदिन त हो, त्यो पनि भोलि पल्ट बिहान फर्किनु पर्ने थियो| अभि र पंकजले जबर्दस्ती गरेर मात्र हो|” एउटा पछी अर्को बहाना बनाए तर मनको प्रश्न मनमा नै राखे|

“ल भेट्न भ्याउनु भएन माने मैले, तर आएको छु भनेर जानकारी दिन त सक्नु हुन्थियो? सच्चि हजुरको मोबाइलमा ब्यालेन्स थिएन होला, मेरोनम्बर डिलिट भएको पनि हुनसक्छ, मोवाइल नै बिग्रिएको पनि हुन सक्छ, हजुर काठमाण्डौ पुगेपछि हजुरको मोबाइलमा टावर नटिपेको पनि हुन सक्छ|” उसले पहिले बुझी,मैले यस्तै बहानाहरु बनाउछु भनि, त्यसैले उसले मेरो लागि बोल्ने कुनै ठाउ नै बाकि राखिन|

उसलाई फकाउदै गए, रातको १२ बजि सकेको थियो तर पनि उसको रिस मरेको थिएन| ढिलो हुन्छ भनि मैले प्रतिक्षालाइ उहिले गुडनाइट  भनेर मेसेज पठाईसकेको थिए| “गुड नाइट, त सुत, म पनि सुत्छु, टाउको दुखिराछ|” हो यहि लेखिएको थियो मैले प्रतिक्षालाई पठाएको मेसेजमा|  यता निष्ठालाई फकाउदै जाड़ा थाहा भयो, किंग्स लाउन्जले मेरो फोटो आफ्नो पेजमा हालेको रैछ| निष्ठाले त्यहिबाट थाहापाएकी रैछे| निष्ठाको रिस अझै पनि मरेको थिएन र यहाँ अर्को आपत आइपर्यो|

Previous article
Next article

Latest Posts