उसले अरु दिन भन्दा धेरै नै पीईसकेकी छे र आफुलाई सम्हाल्न नसक्ने हालतमा छे| भनेनी सम्हाल्न नसक्ने हालतमा, किंग्स लाउन्जमा नाच्न खोज्दा उ ढली नसाले र हाम्रो त्यो रातको यात्रा त्यहि टुंगियो|
प्रतिक्षालाइ दुइ तल्लामाथि बाट, ट्याक्सीसम्म लग्न कति मुश्किल भयो, भयो नभनौ| ढलेको मान्छे, लास जस्तै, जुरुक्कै बोक्न मिल्ने तर त्यो जिउको भार थाम्न गाह्रो हुनेरैछ| पंकजले प्रतिक्षाको ब्याग बोक्यो, अभि र मैले चाही प्रतिक्षालाइ| त्यहाँबाट सिधै हाम्रो कोठामा| रातको समय, 3 साथि, गफ अझै धेरै बाकि छ| अभि र पंकज आज मसंग नै बस्ने भए| एउटा थप कोठा लिइयो, अनि ६ वटा बियर पनि मगाइयो| प्रतिक्षालाइ आफ्नै कोठामा छाडेर हामि चाही भर्खर लिएको नया कोठामा बसेर बियर पिउन लागेउ|
हामि तिन जना साथि,२ बर्ष पछी भेटेको, बियरको साथ अनि भन्न बाकि रहेको एक एक गफ, यसरि नै बिहान 3 बज्यो| अहिले कस्को जीवनमा के हुदैछ, भबिस्यको योजना के छ, यस्तै गफबाट सुरु भएको हाम्रो बार्तालाप अतितमा गएर टुंगियो| अभिले पनि नया गर्लफ्रेन्ड बनाएछ| नया भन्न मिल्दैन, उसको जीवनको पहिलो माया, पहिलो सम्बन्ध हो उसको जीवनको| उसको आफ्नै बेग्लै कथा छ, त्यो पनि पछी भन्छु म|
म पो बुटवलको बुटवलमा छु, पंकजले काठमाण्डौमा नै रेस्टुरेन्ट खोलेछ| मैले किन भनि सोध्दा, उसको जवाफ सुनिदा मजाकिलो तर भावुक बनाउने छ| उसले हास्दै भन्यो “त गइ हालिस्, एक्लै अरुको रेस्टुरेन्टमा महँगो रक्सि कति खानु| बरु आफ्नैमा खान्छु भनि लिएको हो|” उसले कुनै समयमा भनेको थियो, “मेरो काठमाण्डौमा साथि भनेको सम्म तीनजना छ, एउटा त, अनि बाकी दुइ चाही यहि रक्सि अनि चुरोट|” म नै काठमान्डौ छाडी बुटवल पुग्दा, पंकजले पनि निकै एक्लो महसुस गरेछ|
काठमाण्डौमा आज अन्तिम दिन, भेट्नु पर्ने सबैलाई भेटिसके| निष्ठाले भनेकी थिइ, “हजुर काठमाण्डौ आउनु भयो भने मलाई भन्नु है| हजुरलाई भेट्न मन छ|” निष्ठाले गरेका यस्ता साना आग्रह स्वीकार्न मन त लाग्छ तर फेरी डर पनि लाग्छ| कहि उसलाई खुसि र हासो दिने चक्करमा मैले झुठो आशा त दिईन भनि| त्यसैले निष्ठालाई मैले आफु काठमाण्डौ आएको भनेकै छैन| कारण यो मात्र हैन, कारण अर्को पनि छ| मैले प्रतिक्षालाइ बर्षाको बारे भनेको छ, शारिकाको बारे पनि भनेछु तर निष्ठाको बारे केहि कुरै गरेको छैन मैले| बर्षा र शारिकासंग पनि बिछोड नै भएको हो तर उनीहरुसंगको याद मिठो छ र सम्झिदा अहिले पनि मुहारमा हासो आउछ| तर निष्ठासंग बिछोडको पिडा असहय छ, अहिले सम्झिदा पनि मनमा पिडाको बाढी नै आउछ र सबै खुसि बगाएर लग्छ| प्रतिक्षालाइ निष्ठाको बारे भन्न आट आएन अनि समय पनि मिलेन|
बच्चा बेला आफु एक कोठामा सुतेर अर्को कोठामा उठ्दा त अचम्म लाग्ने| प्रतिक्षा त झन् एउटा ठाउ ढलेर अर्को ठाउमा बिउझेकी छे| उ पनि अचम्मित छे, आखिर यो कसरि भयो भनि| उसलाई एक एक कुरा सुनाए उ कसरि दरबारमार्गबाट कोठासम्म पुगी भनि| अरुको अघि ढलेको भनि उसलाई लाज लागेछ, उसलाई सम्झाए बुझाए र तैयार हुन लगाए| आज काठमाण्डौ छाडी बुटवल फर्किने दिन पो हो त|
काठमाण्डौ छाडी जाने भएर केहि दुखि पनि छु र बुटवल पुग्ने भनेर खुसि पनि| प्रतिक्षाको अनुहारमा पनि यस्तै मिस्रित भाव हरु देख्दैछु| सायद उसको मनमा पनि दुइ बेग्ला बेग्लै किसिमको भावनाहरु मिस्सिएर बसेका छन्| बुटवल पनि राम्ररि नै पुगियो, प्लेनमा हो, केहि समस्या आउने ठाउ न्यून नै हुन्छ| प्रतिक्षालाइ उसको घर पुर्याएर , म आफ्नो घर लागे|
“घरमा बिहेको कुरा हुदै रैछ|”
“कस्को?”
“कसको हुन्छ? मेरो नि|”
“राम्रै हो नि, तेरो उमेर पनि भयो| अहिले नगरे कहिले गर्छस् बिहे|”
प्रतिक्षालाइ यति भन्ने बित्तिकै उसले फोन काटी| उसले केहि आश गरेर फोन गरेकी थिइ, मैले जिस्केर उसको भावानालाइ ठेस पुग्यो| आफैले फोन गरेर उसलाई फकाए र बुवा आउने बेलासम्म मनमा केहि बिचार नराख्न भनि भने| तर मलाई आफै अचम्म लाग्यो, अचानक उसको घरमा बिहेको कुरा चाही कसरि चल्यो| उसलाई सम्झाई बुझाइ गरि मन शान्त बनाउन मुस्किल नै पर्यो तर सफल चाही भए|
अफिसमा पनि प्रतिक्षाको मुहारमा अरु दिन जस्तो चमक थिएन, खोइ त्यो मुहारको चमक कता गायब भयो| अचानक बिहेको कुरा चल्दा, यस्तो हुनु सामान्य त हो नि| पहिलो चिन्ता आफ्नो परिवार छाडेर अर्को परिवारमा जानु पर्ने, सोच्दै मन खिन्न हुन्छ| दोस्रो चिन्ता, आफुले भबिस्यमा के के गर्छु भनि सोचेको हुन्छौ,सबै छाडेर एउटा नया जीवन सुरु गर्नु पर्ने| उसको मनमा यस्तौ सोचहरु त घुम्दै होलान्| उसको त्यो निन्याउरो अनुहार देखेर मलाई पनि खल्लो हुदै आयो| यति चिन्ता लिएर मन खल्लो बनाइ बसेको तर …
