हैन मैले प्रतिक्षालाइ धोका दिएको हैन| मैले निष्ठालाइ पनि धोका दिएको हैन| मात्र एउटा कोशिश हो मेरो, नया सम्बन्धको कथा लेख्नु अघि पुरानो कथा समाप्त गर्न खोजेको मात्र हो| निष्ठासंग यसरि नै बोल्न लागे भने म प्रतिक्षासंग कहिले पनि खुसि हुन्न| यदि खुट्टामा काडा बिझिएको छ भने त्यो काडा निकाल्नु पर्छ कुनै नया यात्रा सुरु गर्नु अघि नत्र त्यो काडाले हरेक पाइलामा दुख दिन्छ, पिडा दिन्छ| जसले गर्दा नया सम्बन्ध पनि कस्टकर हुन्छ र गन्तब्यमा पुग्ने कुरै हुन्न|
माया पनि कस्तो अचम्मको हुने, सम्बन्धको यात्रामा फुल बनाएर मनमा राखेको मान्छे पनि पछी गएर जीवनको यात्रामा खुट्टामा बिझाउने काडा बनिदिदो रैछ| गएको सात दिनदेखि निष्ठा झन् उग्रह हुदै थिइ, सम्बन्ध हाम्रो राम्रो हुन्छ भनि| यता मैले निष्ठालाइ आफ्नो नया सम्बन्धको बारे केहि भनेको छैन र प्रतिक्षालाइ मेरो पुरानो सम्बन्ध बारे पनि केहि थाहाछैन| प्रतिक्षा मेरो बर्तमान हो र भबिस्य पनि, निष्ठा मेरो अतित हो| अतीतलाई भबिस्यमा गाब्ने म मुर्ख हैन| निष्ठासंगको अध्याय यहि सक्याउन खोज्दैछु र त्यसैले हो प्रतिक्षालाइ मैले समय दिन नपाएको| मेरो भबिस्य नै प्रतिक्षा हो, उसलाई केहि समय पछी फकाउन मिल्छ तर निष्ठासंग हो अहिले सम्बन्ध अनि भावनाको अन्त्य गर्नु पर्ने| प्रतिक्षाको मनमा पनि निकै प्रश्नहरुको पहिरो होला, त्यो पन्छाउनु मैले पर्छ, थाहाछ मलाइ|
म जति निष्ठासंग पर हुन खोज्छु, उ त्यत्तिकै नै नजिक हुन खोज्ने| उसले मलाई कारण बिना छाडेर गएकी थिइ तर म संग कारण पनि छ जसले हामि संगै हुन सक्दैनौ| यति हुदा पनि निष्ठाले बुझिन कि हाम्रो भबिस्य संगै छैन| चाहेको भए प्रतिक्षाको बारेमा भनेर भए नि निष्ठालाइ पर बनाउन सक्थीए तर यो गर्नु छैन मलाई| चाहेको भए निष्ठाको फोन नउठाई वा आफ्नै मोबाइल अफ गरेर पनि निष्ठासंग पर हुन सक्थीए तर यो पनि गर्नु छैन मलाई| यो समाधान हैन समस्याको, यो केहि बेरको लागि रोक ठेग मात्र हो| सकेसम्म निष्ठालाइ यति बुझाउनुछ, म अतित बिर्सिएर अघि बढीसके अब पालो उसको हो भनि|
“ मलाई थाहाछ, हजुर म बिना खुसि हुनुहुन्न, अनि म पनि खुसि छैन हजुर बिना| जब दुवै खुसि छैनौ भने किन दुबैले दुख पाउने निर्णय मान्नु पर्ने?”
“ त खुसि छैनस् होला तर तैले मलाइ चिनेकी छैनस्| मैले त बिना खुसि हुन र जीवन जिउन, दुवै सिकीसके|”
“हजुरले अहिले सम्म पनि झुठ बोल्न सिक्नु भएको छैन है?”
“साचो र झुठमा के छ भन त? सिक्नु पर्ने हो खुसि हुन र त्यो सिकी सके मैले| अब तेरो पालि हो|”
“ हजुरलाई लाग्छ त्यति सजिलो छ?”
“मैले कहिले भने सजिलो छ भनेर? गाह्रो छ तर असम्भव छैन| कसैलाई एक दिन लाग्छ, कसैलाई महिना र कसैलाई बर्ष| समय हो, आज नभए भोलि तैले पिडा मात्र हैन माया पनि बिर्सिन्छस् र यहि जीवन हो|”
“ खुसि हुने चाहना नै छैन भने?”
“खुसि हुने बहाना खोज त्यसो भए, बहाना आफै चाहना बन्छ|”
“बहाना एउटा मात्र छ| हजुरको साथ, त्यहि नभए कसरि खुसि हुनु म?”
“ म तेरो खुसि हुने एक मात्र बहाना हैन| म तेरो दुख एक मात्र कारण हो| मलाई बिर्सी, तैले खुसि हुने बहाना हजार भेट्छस्|”
“ म केहि माग्छु| दिनु हुन्छ?”
“कोशिश गर्छु| हुन्छ नै भन्दिन| के चाहियो भन|”
“ मलाई समय चाहियो| दिन सक्नु हुन्छ?”
“समय? कस्तो समय?”
“म खुसि हुन खोज्छु, मलाई समय पनि लाग्नेछ| हो त्यो समय मेरो साथ नछाड्नु है|”
“ म कसरि सम्झाउ के तलाई, मेरो साथ खोजिस भने झन् दुखि हुन्छस| म बिना खुसि हुन खोज्ने हो तैले, मसंग हैन|”
“हजुरले हुन्छ भन्नु या नभन्नु, तर जब मलाई गाह्रो महसुस हुन्छ, जब म एक्लो महसुस गर्छु| हजुरलाई त्यो बेला चाही फोन गर्छु|”
“त्यहि गाह्रो भएको बेला चाही तैले आफुलाइ सम्हाल्नु पर्ने हो| त्यो पल आफुलाई म बिना सम्हाल्न सकिस भने, तैले सधैको लागि म बिना बाच्न सिक्नेछस्|”
“अनि सकिन भने नि?”
“ल सकिनस भने फोन गर, कुरा गरम्ला| तर सकेसम्म आफुलाई सम्हाल्ने खोज् र फोन गर्नु अघि दुइ पल्ट सोच| अनि मात्र फोन गर|”
हो यहि हो अन्तिम बार्तालाप म र निष्ठा बीच| खुसि छु, कारण एउटा हैन दुइटा छ| पहिलो पुरानो कथामा पूर्णबिराम लगाउन सफल भए| दोस्रो, अब म प्रतिक्षासंग भबिस्य बुन्न सक्छु बर्तमानमा रमाउदै| अतितको केहि पिर छैन अब, मात्र खुसि अब नया यात्राको| प्रतिक्षालाइ भोलि निष्ठाको बारेमा`पनि सबै भन्छु, उसंग अब केहि लुकाउनु हुन्न| जब उसले मसंग भबिस्य देखेकी छे भने, उसले मेरो अतित पनि थाहापाउनु पर्छ| सुरुमा चाही प्रतिक्षालाइ फकाउछु, उसको मनमा रहेको हरेक प्रश्नको जवाफ दिन्छु| त्यति भएपछी उसले पनि मेरो बाध्यता बुझी हाल्छे नि अनि मलाई माफ गरिहाल्छे| यहि सोच लिएर सुत्न पुगे र बिहान अफिस पुग्दा पनि यहि सोच कायम छ| अफिस पछी क्याफेमा कफीको साथमा प्रतिक्षालाइ सबै बाट बताउछु सोचेर बसेको तर…
