अफिस पछी क्याफेमा कफीको साथमा प्रतिक्षालाइ सबै बात बताउछु सोचेर बसेको तर अफिसमा नै माहोल बेग्लै भयो| ९ बजेको छ, मिटिंगहरु सकिएर बसेको, अब कफीको लागि क्यान्टिन जाने तरखर गर्दै छु| प्रतिक्षालाई भेटे देखि, प्रतिक्षासंग मात्र क्यान्टिन जाने गरेकोछु, चाहे हाम्रो बोलचाल बाक्लो होस् या ठप्प, क्यान्टिन संगै जान्छौ| बोलचाल ठप्प भएको दिन साथको महसुसले मन रमाउछ भने बोलचाल भएको दिन उनको आवाजमा मन मेरो रमाउछ| सबै मिटिंग सकिएर बसेको भनि सोचेको तर फेरी मिटिंगको लागि मिटिंग-रुममा बोलाइयो मलाई|
अफिस पछी क्याफेमा प्रतिक्षालाइ निष्ठाको बारे सबै भन्छु भनि सोचे तर आज यो पुरा नहुने भयो| मैले सात दिन देखि जे गल्ति दोहोर्याउदै थिए नि, त्यसले प्रतिक्षाको मनमा ठुलो धक्का लागेछ, जसले फाटो ल्यायो अब हाम्रो सम्बन्धमा| मैले सात दिन देखि गरेको गल्तिले गर्दा प्रतिक्षाको मनमा के के कुरा चलेछ| उसले के के कुरा सोचीछे| उसले कति एक्लो महसुस गरिछे| त्यसैले होला त प्रतिक्षाले यति ठुलो निर्णय लिएकि| प्रतिक्षाले राजीनामा दिनुको मुख्य कारण म पनि हो| गएको सात दिन हामि बीच जे भयो, त्यहि हो मुख्य कारण प्रतिक्षाले राजिनामा दिनुमा|
मैले भन्न भुले होला, प्रतिक्षाले राजिनामा दिएकी रैछे| तर प्रतिक्षाले मलाई यो सिधै भनिन, उसले यति ठुलो निर्णय लिनु अघि मलाई एक पल्ट सोध्नु त पर्छ| उसको यो निर्णयले हाम्रो सम्बन्धलाई अब कुन मोडमा लग्छ, त्यो उसले सोचेकी छैन हो र मैले सोच्न भ्याएको पनि छैन| मलाई त अहिले सम्म बिस्वास लाएको छैन उसले राजिनामा दीई भनि| फेरी हामिले सोचेर पनि केहि हुने हैन, अब जे गर्छ समयले गर्छ| समय हामिसंग चल्दैन, हामि समयसंग चल्नु पर्छ| तर समय गल्ति छ भने मैले सहि कदम कसरि चाल्ने?
“तैले राजिनामा दिएको हो?” प्रतिक्षाले मलाई नसोधी निर्णय लिई, उसले केहि नसोधे पनि म चाही उसलाई प्रश्न नगरी बस्न सकिन|
“उम्म, हो|” मैले सोचे भन्दा निकै भिन्न जवाफ आयो प्रतिक्षाको| यसलाई जवाफ भन्न पनि मिल्दैन, केहि भाव वा अर्थ नै छैन उसको यो जवाफमा|
“तर किन?” अर्को प्रश्न मेरो, यसको त चित्त बुझ्ने जवाफ आउला भन्ने आशमा|
“हजुरले नै भनेको हैन? काठमान्डौ जा, यहाँ भन्दा काठमाण्डौ राम्रो हो भनेर|” उसले जवाफ दीइ तर फेरी पनि चित्त बुझेन मलाई| उसलाई पनि थाहाछ मैले जिस्केर भनेको हो उसलाई काठमाण्डौ जा भनि तर उसले त्यहि जिस्किएको बिषयलाइ दोष लगाई|
“त्यो त मैले जिस्केर भनेको हो थिए|” जिस्किएको थिए, जिस्किएको भन्न पछि परिन, गुमाउन केहि बाकि छ कस्तो लाग्दैन|
“मैले बुझिन छु, मलाई के थाहा हजुर जिस्केको भनेर|” निष्ठाले जहिले भन्ने गर्थी, हजुरलाई झुठ बोल्न आउदैन| मलाई मात्र हैन प्रतिक्षालाइ पनि झुठ बोल्न नआउने रैछ| प्रतिक्षाले अहिले झुठ बोल्दैछे, त्यो प्रस्ट बुझिन्छ|
“तैले बुझेको हो कि नबुझेको मलाई राम्ररि थाहाछ|” मनमा रिस छ, त्यो पोख्न मन छ तर रिस आफुसंग हो| त्यसैले रिस प्रतिक्षामा पोख्न मिलेन, त्यसैले बाझ्न लागे|
“भयो अब यस्तो कुरा नगरौ| एउटा कुरा माग्छु, दिनु हुन्छ?” सम्बन्ध मात्र हैन बार्तालाप पनि बिचमै मोड्न खोज्दैछे प्रतिक्षाले|
“के? भन न|” उसले धेरै पछी केहि माग्दैछे, नाई भन्न सकिन|
“भरे क्याफेमा भन्छु|” आखिर क्याफे नै पुग्नु पर्ने, आखिर उसले के भन्न लागि त्यस्तो?
समय पनि ढिलो कट्ने रैछ जब मनमा जवाफ जान्न इच्छा लागेको प्रश्न धेरै हुन्छन| समय झन् ढिलो कट्छ जब त्यो मनमा रहेको प्रश्नहरुको जवाफ पाउने समय नजिकिदै जान्छ| हो यस्तै हुदैछ| मनमा प्रश्न छ र जवाफ थाहाहुने मान्छे छेउमा तर पनि पर्खिनु पर्ने बाध्यता| समय ढिलो बितेर भनौ कि मनको उत्सुक्ताले गर्दा काम चाडै सकिएको, काम 4 नबज्दै सकियो| कति कप कफी र कति खिल्ली चुरोटले आफ्नो बलिदान दिए, ५ बजेको पर्खाइमा| ५ बजे म र प्रतिक्षा अफिसबाट सिधै क्याफे पुगेउ|
“ अब म धेरै बस्दिन बुटवलमा| यहाँ जति समय बस्छु, खुसि भएर बस्न चाहन्छु| मैले राजिनामा किन दिए? यो प्रश्न नसोध्नु है मलाई| हजुरलाई थाहाछ त्यो प्रश्नको जवाफ| यति गर्न सक्नु हुन्छ नि?” मनमा कति प्रश्न थियो, तर उसको यो संवादले मेरो हरेक प्रश्नहरु मनको कालकोठरीमा कैद हुन पुगे|
निष्ठालाइ आफ्नो जीवनबाट पर बनाउने बित्तिकै प्रतिक्षा र मेरो सम्बन्धको रस नै बेग्लै भएको छ| यो कदम मैले धेरै पहिले चाल्नु पर्ने थियो, ढिलो भयो| ढिलो भयो भनेर चिन्ता गर्नु पर्ने केहि छैन, ढिलो भएपनि कदम चाले, खुसि छु| निष्ठाको बारे कति लेख्नु, अतित हैन बर्तमान लेख्छु, प्रतिक्षाको बारे लेख्छु|
प्रतिक्षा बुटवल बस्ने भनेको अब ३० दिनको लागि हो| हाम्रो सम्बन्धले अहिले अर्कै शिखर चुमेको छ| प्रतिक्षाको बुटवल बसाइको हरेक दिन, एक एक पल हामीले सक्दो बाचेउ| हरेक पल एक अर्कालाई झन् बुझ्दै र सम्बन्धको भित्तामा नया बुट्टा भर्दै जादैछौ हामि| भबिस्य बनाउदा अतित पुरै भुल्न नसकिने, आखिर जग भनेको अतित नै हो| प्रतिक्षालाइ निष्ठा र मेरो सम्बन्धको सुरुवात देखि अन्त्य सम्म, सबै बताए| प्रतिक्षाको जाने दिन पनि नजिकियो नजिकियो भन्दा भन्दै….
