Part 64

मनको भावना र आखाँको आशु रोक्न उत्तिकै मुस्किल हुने रैछ, आज थाहा पाए मैले| माया पनि कस्तो, मलाई काठमाण्डौबाट बुटवल पुर्यायो र प्रतिक्षालाइ बुटवलबाट काठमाण्डौ|

जब दुइ व्यक्ति एक जोडी भइ सम्बन्धमा गासिन्छन् नि, तब दुरी भनेको एक मन देखि मनको अर्को मनसम्मको हुन्छ,एक ठाउ देखि अर्को ठाउ सम्मको हैन| म बुटवल अनि प्रतिक्षा काठमान्डौ, ठाउबाट दुर छौ तर मन भने अझै नजिकिदै छ| काठमाण्डौ कस्तो छ, उसले भनि रहनु पर्दैन मलाई पहिले देखि न्ने थाहाछ| तर काठमाण्डौमा उसलाई कस्तो छ, हो यो जान्न मन छ मलाई| काठमान्डौ राम्रो छ कि नै मलाई पनि थाहाछ तर काठमाण्डौ उसलाई कस्तो लाग्यो त्यो जान्नु छ मलाई| उसले मेरो मनको भावना बुझेको हुनुपर्छ, उसले एक एक पलको बात बताउन लागि मलाई|

उसको अफिस कस्तो छ, त्यहाँको मान्छेहरु कस्ताछन्| बुटवल भन्दा त्यहाँ काम गर्न के सजिलो के गाह्रो छ| अफिसमा साथि कति बने| को कस्ता छन्|

 उसको भर्खर बनेका मिल्ने साथीको नाम देखि हावभाव सम्म थाहा भयो| प्रतिक्षा बिहान अफिस कुन गाडीमा कति बजे जान्छे| उ गाडी चढ्ने स्टेसन कुन हो, सधै को देखिन्छन्, आउने बेला गाडीमा के के हुन्छ सबै थाहाहुन्छ मलाई| उसले एक एक चिज भन्ने गरेकी छे| अफिस पछी उ कसरि पशुपति आरतीको लागि जान्छे, उसंगै बस्ने बहिनीले पनि चुरोट पिउने रैछे| हो यो सबै  पनि भनेकी छे प्रतिक्षाले मलाई|

“हजुर काठमाण्डौ आएको बेला यस्तो गर्नु पर्छ है| हजुर काठमान्डौ आएको बेला यहाँ जानु पर्छ है| हजुर काठमाण्डौ आएको बेला हजुर, म अनि बहिनि मिलेर रमाइलो गर्नु पर्छ है| हजुर काठमाण्डौ आएको बेला…|” प्रतिक्षाले कुरै कुरामा यस्तै कुरा गर्छे| उसलाई म काठमाण्डौ आइदिए नि हुन्छ भएको रैछ| तर मनको कुरालाइ लिएर उसले मलाई कहिले कर गरिन| म काठमाण्डौ नआउनुको कारण उसलाई थाहाछ, त्यसैले उसले कर गर्नु पनि उचित ठानिन होला|

उसले कर नगरेकी हैन रैछ, उसले कर गर्न खोज्दा खोज्दै पनि नसकेकी रैछे| उसले आफुले सकेसम्म आफ्नो मन भित्र यो भावना दबाएर राखेकी रैछे| बिस्तारै त्यो दबिएका भावनाहरु जवालामुखीमा परिणत हुदै गए र त्यसपछि उसले चाहेर पनि आफुलाई रोक्न सकिन| हरेक पल्ट बोल्दा, मलाई काठमाण्डौ आउनको लागि जिद्दी गर्ने उसले| उसलाई थाहाछ म काठमान्डौ आउन नखोज्नुको कारण, त्यहि पनि उसले नै कुरा नबुझीदिदा मनले खल्लो चाही मान्ने रैछ| प्रतिक्षामा अचानक आएको यो परिवर्तन देखेर म आफै पनि चकित छु| हरेक दिन उसको जिद्दी झनै बढ्दै जाने, आखिर उसमा अचानक यस्तो परिवर्तन किन आयो?

“आज एउटा खेल खेलौ हजुर र म|” रातको १ बजे, हामि अरु केहि बिषयमा गफ गर्दै थियौ र अचानक उसले यस्तो भनि|

“सुत्ने बेलामा फेरी के को खेल हो? हुन्न|” मैले उसलाई सिधै नकारे| मैले भन्न बिर्से होला, प्रतिक्षा वाइनको नशामा झुम्मिएकी छे| यस्तो बेला उसले खेल खेलौ भन्दैछे, कसरि स्विकारु मैले उसको यो आग्रह?

“नाई खेल्ने|” प्रतिक्षाले यसरि नै जिद्दी गर्न लागि| मैले जति हुन्न भन्दा पनि लागेन र हुन्छ भन्नै पर्यो| अनि उसलाई प्रश्न राखे “के खेल हो भन|”

“कल्पनाको खेल| हजुरले मलाई एउटा प्रश्न गर्ने अनि मैले हजुरलाई एउटा| अनि कल्पना गरेर जवाफ दिने एक अर्काले|” पहिलो पल्ट यस्तो खेल सुन्दैछु| मैले नाई नखेल्ने भन्न पनि सक्दिन, नत्र उसले फेरी जिद्दी गर्छे र मैले फेरी हुन्छ भन्नु पर्छ| हुन्छ भने र उसलाई सोध्न लगाए पहिलो प्रश्न|

“म त्यहाँ भएको भए के गर्नु हुन्छ हजुर?”

“तलाई ओछ्यानमा लगेर, सुताउथिए| यति झ्याप भइसकिस|”

“है| ल अब हजुर सोध्नु|”

“ल गेम सकियो, सुत्न जा| मैले यस्ती भने भने के गर्छस्?”

“सुत्न जान्न|”

“थाहा थियो तैले यहि जवाफ दिन्छस् भनि| ल अब त सोध|”

“मैले हजुरलाई काठमाण्डौ आउनु भने भने के गर्नु हुन्छ?”

“तलाई थाहाछ त| आउदिन|”

“हजुर मलाई जिद्दी भन्नु हुन्छ तर हजुर म भन्दा जिद्दी हुनुहुन्छ| हजुरको पालो अब प्रश्न सोध्ने|”

“ म काठमाण्डौ आए भने चाही के गर्छस्?”

“यहाँ भनेर भ्याउदीन| आउनु अनि थाहाहुन्छ|”

“मैले आउछु  भनेकै छैन|”

“थाहाछ मलाई| मैले भनेनी, कल्पनाको खेल हो, कल्पना गर्दैछु|”

पटकै पिच्छे बोल्दा, काठमाण्डौ आएकै हुन्छ हामि बिचमा| उसलाई सकेसम्म सम्झाउन खोज्छु तर उसले कहिले बुझिन| म आफै थाकी सके उसलाई सम्झाउदा सम्झाउदै| अर्को दिनको कुरा हो, प्रतिक्षा शोभामा गएकी छे| बुटवलबाट मिल्ने साथि शोभा र प्रतिक्षा| एकछिन मेसेजमा बोलेर प्रतिक्षा अफलाइन गइ| उसले आफ्नो मनको कुरा सबै बताई मलाई तर गएका केहि दिन देखि मैले उसको मनको कुरा मात्र बुझ्दै छु| मेरो मनमा के चल्दै छ उसलाई जान्नु नै छैन| म शब्द कोर्न लागे, डायरीलाइ आफ्नो मनको कुरा बताउन लागे| रातको १२ बजेको हुनुपर्छ, प्रतिक्षाको फोन आयो| उसले हेल्लो भन्ने बित्तिकै थाहापाए, प्रतिक्षा आज पनि मात्तिएकी छे|

“यति राति सम्म पनि सुतेकि छैनस्?”

“हजुर पनि त सुत्नु भएको छैन|”

“के खुसीमा हो त आज मात्तिएकी?”

“कसरि थाहा पाउनु भयो?”

“तलाई जति तेरो बारेमा थाहाछैन,त्यसभन्दा बेसी मलाई तेरो बारे थाहाछ|”

“खुब होला,हजुरको गफ मात्र मिठो हो,हजुर केहि बुझ्नु हुन्न|”

“मैले के बुझिन त्यस्तो? नबुझेको भए पनि अब बुझ्न खोज्छु नि|”

“खुब,बुझ्ने भए हजुर काठमाण्डौ आउनु हुन्थियो,मलाइ भेट्न|”

“नबुझेको मैले हैन तैले हो,तलाई थाहाछ त ,काठमाण्डौ किन आउन चाहन्न म|”

“के अतितको लास सम्झेर भास्बिस्यको शिशुको पनि गर्भपतन गर्न पर्छ र?”

“त्यस्तो हैन,तर जे भए पनि म काठमाण्डौ आउन्न अहिले|”

“जे भए पनि आउनु हुन्न?मेरो माया लाग्दैन?”

“आफ्नु भन्दा धेरै लाग्छ तेरो माया तर …. तर अहिले चाही म मरेपनि काठमाण्डौ आउन्न|”

“म मरे भने त आउनु हुन्छ्नी|”

प्रतिक्षाले यति भनि फोन राखी| आखिर उसले भन्न खोजेकि के? मात्तिएकी छे, जे पनि गर्न सक्छे| केहि हुनु अघिनै रोक्नको लागि फोन गरे प्रतिक्षालाइ तर फोन अफ छ उसको| अब के गर्ने? मसंग न शोभाको नम्बर छ न उसंग बस्ने बहिनीको| रात भरि चिन्ताले पहेरेदारी दियो मेरो मस्तिस्कमा, निन्द्रा छेउछाउ पनि पर्न पाएन| प्रतिक्षालाइ ठिक त छ? यहि प्रश्न मात्र रहयो रातभरी दिमागमा| आफुलाई आज भन्दा अघि, कहिले पनि यस्तो लाचार पाएको थिइन मैले| चाहेर पनि केहि गर्न सकेको छैन मैले|

“बिस्वास,प्रतिक्षाले स्लिपिंग ट्याब्लेट खाइछे,अहिले ओम हस्पिटलमा छे|” बिहानको सात बजे, मेरो मोबाइलमा मेसेज आयो| नम्बर नया छ, फोन गरे| चिनेको आवाज थियो उतापट्टि, आवाज …..

Previous article
Next article

Latest Posts