Part 63

प्रतिक्षालाइ निष्ठा र मेरो सम्बन्धको सुरुवात देखि अन्त्य सम्म, सबै बताए| प्रतिक्षाको जाने दिन पनि नजिकियो नजिकियो भन्दा भन्दै अब जम्मा सात दिन बाकि| बितेका एक एक दिनको बयान गर्न सक्दिन तर सारंश त भन्न सक्छु नि|

बिहान अफिस पुग्नु अघि एक घण्टा क्याफेमा, अनि अफिसमा पनि हरेक पल संगै हुने| अफिस पछी पनि घन्टौ सम्म कि क्याफेमा या बुटवलको अनेकौ ठाउको भ्रमण|  कहिले ठाउमा रमाउने र कहिले आफ्नै कल्पिएको संसारमा| कहिले प्रतिक्षाले मात्र बोलि रहने र कहिले म मात्र सुनीरहने| कहिले एक डल्लो म:म: दुइ टुक्रा बनाएर खाने र कहिले एक खिल्ली चुरोट एक सर्को पछी दिने| कहिले घर पुग्न आठ बज्ने कहिले घर नगए नि हुन्न जस्तो हुने| हो यस्तै थियो हाम्रो दिनचर्या, अफिस सकिएपछी र घर पुग्नु अघिको|

घर पुगेपछि मेरो केहि काम नै हुन्न भने पनि हुन्छ| खाना खायो, कोहि मिल्ने साथि अनलाइन छन् भने उनिहरुसंग च्याट गर्यो| यति मध्ये केहि गरिन भने, सबैभन्दा मनपर्ने काम गर्छु, कथा कोर्न लाग्छु आफ्नो डायरीमा| प्रतिक्षालाइ भेट्नु अघि यस्तो हुन्थियो मेरो तालिका तर प्रतिक्षालाई भेटेपछि यो सबै फेरिएको छ|  घर पुगेपछि प्रतिक्षासंग च्याट मै ब्यस्त हुन्थिए| उसले कुन बेला खाना खाएर आउछे भनि पर्खिनु पर्ने, फोनमा बोल्न लाइ| खाना खानु अघि च्याटमा अनि खाना खाएपछि फोनमा, यसरि नै हाम्रो सम्बन्ध अघि बढ्दै जादैछ| घडीको सुइ १२मा नपुगेसम्म हामि सुत्न गएको याद नै छैन| अनि बिहान उठेपछि उही तालिका| प्रतिक्षा र म, कति खुसि छौ हाम्रो यो सम्बन्धमा|

केहि छ, जुन प्रतिक्षालाइ भन्न सकेको छैन मैले| डर लाग्छ, उसले के भन्ने हो, उसको प्रतिक्रिया के हुने हो, डर लाग्छ| निष्ठाको बारेमा एक एक कुरा हजुरहरुलाई पनि भने र प्रतिक्षालाइ पनि| सम्बन्धको सुरुवात देखि अन्त्य सबै, एक एक गरि केहि नछुटाई भनेकै छु| तर केहि बाकि छ भन्नलाइ| रात परे संगै, निष्ठाको फोन अझै पनि आउछ| निष्ठाले आफैले भनेकी थिइ, कहिले काही फोन गर्छु भनि| मैले हुन्न भनेको थिए तर उसले नमानेपछी हुन्छ भन्नु नै पर्यो| निष्ठाले फोन त गर्छे तर म कहिले पनि उसको फोन उठाउदिन, हो यहि हो भन्न बाकि| उसलाई म बिना बाच्न सिकाउनु छ, त्यसैले हो मैले निष्ठाको फोन नउठाएको| निष्ठाले गर्दा प्रतिक्षा र मेरो सम्बन्धमा केहि असर नपरोस् मात्र चाहेको हो मैले, त्यसैले हो यो बारे प्रतिक्षालाइ केहि भनेको छैन मैले|

एकछिन खुसीको कुरा गरौ, एकछिन मेरो र प्रतिक्षाको मात्र कुरा गरौ है त| एकदिनको घटना हो, दिन पनि याद छ मलाई, शनिबारको दिन| प्रतिक्षाले अफिसमा काम छ भनि मसंग भेट्न आएकी थिइ| तिन बजे सम्म हामि संगै समय बिताउदै थियौ| अनि तिन बजे पछी, प्रतिक्षा र म अफिस मुनि गएर उभ्भिएउ| म घर जानको लागि तैयार थिए र प्रतिक्षाको चाही बाबा आमा आउदै हुनु हुन्थियो| काठमाण्डौ जानु अघि, बा-आमालाई एकचोटी डिनर र शपिंग गराउन मन रैछ उसलाई| बा-आमालाइ मसंग भेटाउने कुनै योजना नै थिएन प्रतिक्षा, होस् पनि कसरि? के भनि चिनाउनु उसले मलाइ आफ्नो बा-आमा सामु? भाग्य भनौ कि सन्जोग, म प्रतिक्षासंग छुट्टिन लागेको बेला बा-आमा पनि आउनु भयो र भेट भयो उहासंग| प्रतिक्षाले अफिसको सर भनि मेरो परिचय दिई, र आमाले त्यति भन्ने बित्तिकै मेरो नाम भन्नु भयो| आमाले मलाई नामले नै चिन्दा अचम्म लाग्यो| आमाले संगै जाउ भनि कति कर लगाउनु भयो तर म त्यसरी जान पनि मिल्दैन|

त्यहाँबाट जसो तसो हुन्न, काम छ भनि निक्लिए| क्याफे गएर एक कप कफी र एक खिल्लि चुरोट, एक घण्टा यसरि नै कट्यो| घरको लागि केहि सामान किन्नुछ, भाटभटेनी पुगे| बाइक पार्किंगमा राखेर गेटमा पुग्नु र प्रतिक्षालाइ देख्नु संगै भयो| आइसक्रिम छ उसको हातमा, अनि बा-आमा पनि आइसक्रिम खादै हुनुहुन्छ| मलाई के थाहा प्रतिक्षा पनि यहि आउछे भनि|  फेरी भेट भयो सबै संग| आमाले यसपटक चाही छाड्नु भएन मलाई, उहाहरुसंग नै फिलिम हेर्न जानु पर्यो| अनि फ्लिम पछी आमाले घर सम्म नै लग्नु भयो मलाई| खाना पछी म आफ्नो घरको लागि फर्किन बाहिर निक्लिए र मसंगै मलाई गेटसम्म पुर्याउने बहानाले प्रतिक्षा पनि आइ बाहिर| आमाले बनाएको मिठो खाना अनि घर फर्किनु अघि प्रतिक्षाको ओठको स्पर्श, दुवै पायो मेरो ओठले|

३० दिन पनि निकै छिटो बित्यो र आज म एयरपोर्टमा छु| प्रतिक्षालाइ काठमाण्डौको लागि बिदाइ गर्न| सुगम पोख्रेलको एउटा गित बज्न लाग्यो कानमा| “एउटा मान्छे बिदा मागी टाढा भाग्यो, बिदाइमा उसको माया गाढा लाग्यो|” हो यो गीत गुन्जिन लाग्यो मेरो कानमा|  “नजा न, यहि बस्| कसरि बस्नु म त बिना?” प्रतिक्षालाइ यति भनि रोक्न मन छ तर म स्वार्थि हुनुहुन्न| मैले आफ्नो बारे मात्र सोच्न त मिल्दैन नि| प्रतिक्षाको फ्लाइटको समय भयो र उसलाई एक अन्तिम पल्ट अन्गालोमा बाधे| मनको भावना र आखाँको आशु रोक्न उत्तिकै मुस्किल हुने रैछ, आज थाहा पाए मैले| माया पनि कस्तो, मलाई काठमाण्डौबाट बुटवल पुर्यायो र प्रतिक्षालाइ बुटवलबाट काठमाण्डौ|

Previous article
Next article

Latest Posts