आखिर प्रतिक्षाले सोच्न पनि कसरि सक्छे कि म उसंग भएको सम्बन्ध छाडी, कोहि अरुसंग एउटा नया सम्बन्धको सुरुवात गर्न सक्छु| ढोका खुल्यो कोठाको, शोभा फर्केर आइन् होला भनि अनुमान गरेको तर तिन छक्क परे म| प्रतिक्षासंग निष्ठाको बिषयमा लिएर बिबाद हुदै थियो र अहिले निष्ठा मेरो आखाको अगाडी| यहाँ के हुदै छ, निष्ठा यहाँ कसरि पुगी र निष्ठालाइ प्रतिक्षाले कसरि चिनी? यी सबै घटना र प्रश्न हरुको केन्द्रबिन्दु खोज्दै छु, एक बिन्दु बाट अर्को बिन्दु जोड्न खोज्दै छु अत्र सकिन|
“त यहाँ किन र कसरि?” प्रतिक्षासंग रिस उठेको छ, निष्ठालाई प्रश्न गरे|
“मैले बोलाएको हो निष्ठालाइ|” निष्ठालाइ प्रश्न गरेको प्रतिक्षाले जवाफ फर्काइ|
“हजुर चाही यहाँ कसरि?” निष्ठाले प्रश्न राखी, मतलब निष्ठालाई म यहाँ हुन्छु भनेर थाहाछैन| मतलब निष्ठालाई यहाँ प्रतिक्षाले बोलाएको हो, जसरि प्रतिक्षाले मलाई बोलाइ|
“बिस्वासलाइ पनि मैले यहाँ बोलाएको हो|” जवाफ जसले जसको लागि सोधोस्, तर जवाफ प्रतिक्षाले दिदैछे|
“मतलब हजुरले बिस्वासलाइ चिन्नुहुन्छ? कसरि?” निष्ठाको अर्को प्रश्न| यो प्रश्न प्रतिक्षाको लागि थियो र जवाफ पनि प्रतिक्षाले त दिने होला|
“ बिस्वासले प्रतिक्षालाइ चिन्छ अनि प्रतिक्षाले पनि बिस्वासलाइ चिन्छे| प्रतिक्षा र बिस्वास अहिले सम्बन्धमा छन्| बुझेउ निष्ठा? अनि बिस्वास, प्रतिक्षासंग बस्ने बहिनि अरु कोहि नभएर निष्ठा नै हो| प्रतिक्षाले निष्ठालाइ प्रकाशले गर्दा चिनेको|” प्रतिक्षाको लागि सोधिएको प्रश्नको जवाफ शोभाले दीइन्| मनमा रहेको सबै प्रश्नले जवाफको ज्योति पायो| मनमा केहि प्रश्न छैन अब| प्रतिक्षाले मलाई र निष्ठालाइ यहाँ किन बोलाएकी भनि पनि बुझ्यो यो मगजले|
“अनि मलाई चाही किन यहाँ बोलाउनु भएको दिदि?” निष्ठा पनि कति लाटी, उसले केहि बुझिनछ| त्यसैले त प्रश्न गर्दै छे प्रतिक्षालाइ|
“तलाई बिस्वाससंग बोल्न मन छ, भेट्न मन छ भनेको हैन तैले?” आफ्नो सबै भावना मारेर भाव बिना प्रतिक्षाले भनि|
“ हजुर महान हुनुहुन्छ दिदि| मेरो इच्छा र भावना थाहाहुदा हुदै पनि हजुरले बिस्वास्लाई यहाँ बोलाउनु भयो| हजुरलाइ थाहाछ म बिस्वासलाइ माया गर्छु, हजुरलाई थाहाछ मेरो अतितको हरेक घटना, त्यहि पनि हजुरले बिस्वासलाइ यहाँ बोलाइदिनु भयो| म हजुरलाई कसरि धन्यबाद गरु? म कृतज्ञ छु हजुर प्रति दीदि| हजुरलाई बिस्वास माथि कति छ बिस्वास छ र हजुरले मलाई कति माया गर्नु हुन्छ, हजुरले यति सजिलै साबित गरिदिनु भयो|” निष्ठा खुसि भइ उसको इच्छा पुरा हुदा तर निष्ठालाई के थाहा प्रतिक्षाको मनमा के चल्दै छ| प्रतिक्षाले मन मनै कति ठुलो निर्णय लिएकी छे भन्ने निष्ठाले अनुमान पनि गर्न सक्दिन|
“खुसि छस् हैन त अब?” निष्ठा खुसि थिइ र निष्ठालाइ देखेर प्रतिक्षा पनि खुसि थिइ| तर मलाई मात्र थाहाछ, प्रतिक्षाको मन रुदै छ, उसको हासो पछाडी आशु छ|
“खुसि हैन दिदि, धेरै नै खुसि छु| बिस्वाससंग भेट्न पाउदा खुसि भए| अनि बिस्वास हजुरसंग सम्बन्धमा हुनहुन्छ भनि थाहा पाउदा झनै खुसि| आज जति खुसि सायद म कहिले भएको छैन|” निष्ठा यति बुझ्ने भइसकी के थाहा मलाई| मेरो आखामा निष्ठाको लागि इज्जत बढ्यो र निष्ठाको पुराना सबै भुल भुलिदिए मैले|
“आज बिस्वासलाइ भेट्न पाउदा यति खुसि भएकी छस्| झन् सोच बिस्वास सधै तेरो भए भने कति खुसि हुन्छस त?” प्रतिक्षाले अघि मलाई जे भनेकी थिइ, हो त्यहि निष्ठालाइ भन्न लागि|
“मतलब?” निष्ठाले नबुझेकी हो कि नबुझेको जस्तो गरेकी, उसलाई नै थाहा होला|
“ मतलब, केहि हैन बुनु| मतलब यति हो, बिस्वास र मेरो जोडी हैन तेरो र बिस्वासको जोडी धेरै मिलेको छ| आजबाट त अनि बिस्वास सम्बन्धमा|” कति सजिलै आफ्नो निर्णय निष्ठालाई सुनाइ प्रतिक्षाले| प्रतिक्षाले किन बुझ्न नखोजेकी के, म निष्ठासंग हैन उसंग भबिस्य सजाउदै छु भनि|
“हजुर जिस्केको कि हजुरको खुस्कियो दिदि? बिस्वासको जीवनको म एउटा भूल हो, अब हामि संगै हुन सक्छौ जस्तो लाग्छ हजुरलाई? हजुरले भनेको जस्तै सजिलो छ र एउटालाइ छाडी अर्कोलाइ अपनाउन? बिस्वास्लाई सोध्नुस त, के उहाले हजुरलाई छाडी मलाई अपनाउन सक्नु हुन्छ? उहाले सक्नु हुन्न र म पनि हजुरहरुको सम्बन्ध बिथोल्न चाहन्न| कुनै सम्बन्ध र कोहि मान्छेको साथ कहिले काही जीवन भारको लागि हैन यादको लागि मात्र हुन्छ| बिस्वास अनि उहाको सम्बन्ध ठिक त्यहि हो मेरो लागि, केहि पाइला सधै चालेउ अब न हाम्रो गन्तब्य एक छ न पथ पनि|” निष्ठाको हरेक वाक्यसंग नै उसको लागि इज्जत बढ्दै गयो मेरो आखामा|
म अनि शोभा दर्शक भएका छौ, निष्ठा र प्रतिक्षा एक अर्कासंग बोल्दै छन्| मेरो र प्रतिक्षाको सम्बन्ध ठिक हुन्छ कि मेरो र निष्ठाको सम्बन्ध, उनीहरु यहि बिषयमा अड्किएका छन्| सम्बन्धलाइ भगवान भनि पुज्ने मानिस देखेको छु, तर भगवान जहिले पुजिदैनन्, कहिले कुल्चिन्छन् पनि| अहिले पनि त्यहि हुदै छ, यो सम्बन्ध मेरो हैन तेरो हो भन्दै दुइ लड्दै छन्| अतित र वर्तमान दुवै मेरो अगाडी छन्, तर भबिस्य कहिँ देखिन मैले| प्रतिक्षाले राखेको प्रस्ताभ न निष्ठालाइ स्वीकार्य छ न मलाई, अनि सायद शोभालाइ पनि यो निर्णय स्वीकार्य छैन|
“ प्रतिक्षा एउटा कुरा भन् मलाई| निष्ठाले मलाई केहि कारण बिना, मेरो मनको भाव नबुझी मलाई छाडेर गइ| अनि आज त पनि त्यहि गर्दै छस्| त अनि निष्ठामा के फरक छ भन त? सम्बन्ध कहिले पनि एक्लोको हुदैन,निर्णय एक्लैले हैन दुबैले लिने हो| तैले जसरि एक्लैले निर्णय लिइस् नि, म पनि अब त्यहि गर्छु| मलाई पुग्यो, पुग्यो मलाई माया| न मलाई त चाहिन्छ न् तेरो सम्बन्ध|” माया र सम्बन्धमाथि बिस्वास गर्न सक्दिन अब म,प्रतिक्षालाइ छाडी जानु अघि आफ्नो निर्णय सुनाए उसलाई| प्रतिक्षालाइ छाडेर म निक्लिए उसको कोठाबाट, मेरो पछी पछी निष्ठा पनि निक्लिएको भान पाएको थिए मैले| निष्ठा कहाँ गइ थाहाछैन, म कहाँ जान्छु भनि मलाई राम्ररि थाहाछ|
