Part 67

प्रतिक्षालाइ छाडेर म निक्लिए उसको कोठाबाट, मेरो पछी पछी निष्ठा पनि निक्लिएको भान पाएको थिए मैले| निष्ठा कहाँ गइ थाहाछैन, म कहाँ जान्छु भनि मलाई राम्ररि थाहाछ|  अभिलाइ फोन गरे, बाहिर रैछ अभि, उसलाई भेट्न साझे १ घण्टा पर्खिनु पर्ने| पंकजलाइ फोन गरे अब, रेस्टुरेन्टमा नै बोलायो उसले| पठाओ बुक गरेर पंकजको रेस्टुरेन्ट पुगे|

“अचानक आइस् त? के भयो?” हात मिलाउदै, अंगालो हाल्दै, खुसि हुदै पंकजले केहि सोध्यो|

“ओल्ड दरबार खोल| अभि पन आउछ एकछिनमा?” रक्सीको मात र साथि साथ भए दुनिया भुल्न सकिन्छ, जाबो निष्ठा र प्रतिक्षालाइ कसो बिर्सिन्न होला|

अभि र पंकजसंग केहि पनि लुकाइन| म आज अचानक कसरि काठमाण्डौ पुगे, काठमान्डौ पुगेपछि के के भयो| कसरि मैले प्रतिक्षा र निष्ठालाइ एकैचोटी भेटे| प्रतिक्षाले मबाट के चाहदै छे, एक एक सबै भन्दै गए अभि र प्रतिक्षालाइ|

“अब के गर्छस् त?” अभिको प्रश्न मलाई|

“खै, केहि सोच्न नै सकेको छैन| हरेक पाइलामा ठक्कर खादै छु|” जीवनसंग नै बिरक्त भएको छु म, आफुसंग पनि अनि आफ्नो जीवनसंग पनि|

“प्रतिक्षाले किन अचानक यस्तो निर्णय लिई? केहि त कारण होला नि? एक पल्ट फोन गरेर या भेटेर, जसरि हुन्छ बुझ|” पंकजले केहि सल्लाह दियो|

“प्रतिक्षाले निर्णय लिनु अघि मलाई सोध्नु पर्थियो| भाबीको रेखा मेटिएला तर प्रतिक्षा जिद्दी छे| उसले एक पल्ट जे सोच्छे त्यो  गर्छे, अब उसंग बोलेर केहि फाइदा छैन|” प्रतिक्षालाई मैले जति कसले चिनेको छ, अब प्रतिक्षासंग बोलेर उसलाई म न फकाउन सक्छु न सम्झाउन|

“ मान्छे बदलिन्छ, मन बदलिन्छ, समय बदलिन्छ| प्रतिक्षाको निर्णय कसो नबद्लिएला| एकचोटी प्रयास त गर्|  कहिले देखि तैले सुरुमै सक्दिन भन्न लागिस्?” पंकजले पछी अभिले सम्झाउन खोज्यो|

“समय लिन्छु म| सात दिन बिदा छ मेरो| यो सात दिनमा केहि निर्णय लिन्न म| अनि प्रतिक्षासंग बोल्दिन पनि|” मनको रिस भनौ या भाव, राखे दुवै सामु|

प्रतिक्षाले फोन गरेकी रैछे| थाहापाइन, मोबाइल मसंग थिएन| बोल्न मन छैन प्रतिक्षासंग, फोन फर्काइन मैले| सुत्ने तरखरमा लागे|  डायरीमा एउटा सानो कविता कोरेर निदाएछु| प्रतिक्षाले फेरी पनि फोन गरेकी रैछे तर म निदाईसकेको थिए| प्रतिक्षासंग बोल्न त के उसको बारे सोच्न पनि मन छैन| जीवन ठानेर माया गरेको मान्छे कुन बेला जीवनकै भुल बन्दो रैछ, पत्तो नहुने| ७ दिन बिदा लिएर काठमाण्डौ आएको थिए म तर बिदा बढाएर २१ दिन बनाए| कारण चाही घरमा जरुरि काम भनि उल्लेख गरेको छु| दोस्रो हफ्ता पनि कट्यो काठमाण्डौमा| न प्रतिक्षासंग गफ भएको छ मेरो र न निष्ठासंग|

आज मंगलबार, शुक्रबार बुटवल फर्किनु पर्छ| थप गरेको बिदा पनि सकिन्छ शुक्रबार| मंगलबारको दिन, प्रतिक्षाले फेरी पनि फोन गरि| बिहानको १० बजेको छ, केहि दिन देखि उसले फोन गरेको गरेई छे र मैले भने उसको फोन कहिले पनि उठाइन| म जस्तै पिडा त उसलाई पनि हुदो हो, मैले त्यो बुझ्नु पर्ने हो| मसंग बोलेर एकछिन प्रतिक्षा खुसि हुन्छे भने, मैले बोल्नु पर्ने हो तर माया लाइ रिसले कैद गरेको छ| अहिले प्रतिक्षालाइ सहज बनाउने हैन, मैले अब के गर्ने भनि सोच्दै छु| रातको ११ बजेको हुनुपर्छ, शोभाको मेसेज आयो|

“प्रतिक्षा हस्पिटलमा छे| सलको पासो बनाएर ..|” शोभाले यहि लेखेकी थिइ मेसेजमा| प्रतिक्षा यति सम्म गिर्छे भनि सोचेको थिइन मैले| आखिर त्यहि एउटा झुठो कति पल्ट बोल्छे| उसले यसरि नै मलाई बुटवलबाट काठमाण्डौ बोलाएकी थिइ र फेरी पनि त्यहि झुठको सहारा लिएर म संग भेट्न खोज्दै छे| प्रतिक्षालाइ फोन गरेर झपार्न मन लाग्यो तर त्यसो गरिन| प्रतिक्षासंगको रिस झन् दोब्बर भयो| मैले केहि निर्णय लिएको थिइन अहिले सम्म| अब यो मेसेज पछी निर्णय लिए, प्रतिक्षा र मेरो सम्बन्धको अन्त्य यहि हो| प्रतिक्षा पनि मेरो जीवनको यस्तो भुल हो जुन म अब कहिले दोहोर्याउन्न| त्यस्तो भुल जसको जिकिर अरुसामु गर्न पनि म उचित ठान्दिन|

धेरै सोचहरुको बादल मुनि बसेर नानाथरी बिचारको बर्षामा रुझ्दै गर्दा मेसेन्जरमा कसैले केहि पठाए जस्तो लाग्यो| एकछिन आफ्नै आखामाथि बिस्वास गर्न मन लागेन, भ्रम हो जस्तो लाग्यो| त्यो मान्छे जसलाई मैले आफ्नो जीवनबाट बेदखल गरिसकेको छु, उसलाई यसरि देख्दा जीवन नै लथालिंग भएको महसुस भयो| मेसेज शोभाले पठाएको, प्रतिक्षा हस्पिटलको सैयामा| अस्ति प्रतिक्षाले ढाटेकी थिइ आज समयले ढाटयो| जेलाई प्रतिक्षाको झुठ ठानेको थिए, त्यसले अहिले मेरो बास्तबिकता नै फेरिदियो|

हत्तारिएर हस्पिटल पुगे| थाहाछैन मैले के त्यस्तो पाप गरेको छु, थाहा छैन मैले के को सजाय भोग्दै छु तर म पापी हु| जसलाई माया गर्छु, उसलाई जहिले गुमाउछु| बर्षालाइ गुमाए, सारिकालाइ गुमाए, निष्ठालाइ गुमाए र अहिले प्रतिक्षालाइ| अरुलाई जीवनबाट गुमाए र प्रतिक्षाले चाही आफ्नु जीवन नै गुमाई| प्रतिक्षालाइ गुमाए मात्र हैन, मैले मायाबाट बिस्वास अनि संसारबाट खुसि नै गुमाए| आफुले माया गरेको मान्छेलाइ एकछिन देख्न नपाउदा त मन कस्तो आत्तिएर आउछ| अब म प्रतिक्षालाइ कहिले पनि देख्न पाउनेछैन, हो कहिले पनि| हस्पिटल पुग्दा प्रतिक्षा बिती सकेकी थिइ| एक अन्तिम पल्ट पनि देख्न पाइन उसलाई|  मलाइ अरु केहि चाहिन्न भगवान, मेरो सबै खुसि लग| जीवन भरिको सबै खुसि लग तर उसलाई एक अन्तिम पल्ट “प्रतिक्षा” भनि बोलाउन मन छ, उसको ओठबाट आफ्नु नाम एक अन्तिम पल्ट सुन्न मन छ, उसलाई फेरी माया भन्दै एक अन्तिम पल्ट अंगाल्न मन छ, उसको मुस्कानमा एक अन्तिम पल्ट डुब्न मन छ, उसको आखामा एकसुरले हेर्न मन छ अन्तिम पल्ट भएपनि,भने नि एक अन्तिम पल्ट जीवित हेर्न मन छ| बरु एक पल लाइ भए पनि जीवित बनाइदेउ भगवान| त्यसको लागि म जे मूल्य पनि तिर्न तैयार छु, बरु मेरो ज्यान लग, तर एक पलको लागि भएपनि प्रतिक्षालाइ जीवन देउ| मैले जीवनमा केहि त पुन्य काम गरेको होला नि भगवान? हो त्यहि सोचेर एक अन्तिम पल्ट प्रतिक्षालाइ जीवित बनाइदेउ| आजीवन म तिम्रो दासी भएर बस्न तैयार छु भगवान तर प्रतिक्षालाइ एक अन्तिम पल्ट जीवित बनाइदेउ| जीवन त के भगवान, मरेपछि बरु मलाई नर्कको पातालमा लगेर ज्याकिदेउ, तर प्रतिक्षालाइ एक अन्तिम पल्ट जीवित बनाइदेउ| भनेनी भगवान, केहि चाहिन्न मलाई मात्र [प्रतिक्षालाई एक अन्तिम पल्ट जीवित बनाइदेउ|

प्रतिक्षाको हत्यारा म हो| उसले त्यति बोल्न खोजेकी थिइ मसंग तर मैले कहिले उसको फोन उठाइन| मैले एक चोटी मात्र पनि उसंग बोलेको भए, अहिले प्रतिक्षा यो संसारमा नै हुन्थी| मैले गर्दा सुरु भएको हो यो सबै, म बाट नै सक्किनु पर्छ| प्रतिक्षासंग यहाँ जिउदै संगै हुन पाइन, मरेपछि त संगै हुन्छौ नि हामि? प्रतिक्षा बिना मेरो केहि अस्तित्व नै छैन| “प्रतिक्षाको डायरी| तिमीलाई दिन भनेकी थिइ|” शोभाले एउटा डायरी ल्याएर मेरो हातमा थमाईदीई| मेरो मनको सबै सोचहरु एकछिन पलायन भए| प्रतिक्षाको डायरीको पहिलो पाना….

Previous article
Next article

Latest Posts