Part 67

६ बजे म पनि घर पुगे, पस्ने बित्तिकै मासुको बास्ना आयो, जे होस् मेरो जन्मदिन भनेर मासु चाही पकाउनु भएछ| पानि खाना भनेर फ्रिज खोलेको, केक थियो फ्रिजमा, झन् खुसि हुदै गए म| ७ बजे तिर केक काटेर खाना पनि खाएर भ्याइयो, बाबा मामुले टिका लगाएर पैसा पनि हाल्दिनु भयो हातमा | म घर पुगेर यति हुदा सम्म पनि निष्ठाको एउटा मेसेज आको थिएन,यो चाही अचम्मको कुरा | एउटा बानि चाही नराम्रो छ मेरो, धेरै कुरा भन्न बिर्सिन्छु , निष्ठाले छुट्टिने बेला गिफ्ट पनि दिएकी थि| खोलेर हेरेको त रियल म्याड्रिडको कप र जर्सी, अभ यति भएपछी आकाशमा उडेको जस्तै लाग्यो आफुलाई, आखिर भुइमा खुट्टा पनि थिएन नि |

“मामु ढोका लगाउनु है , म हिड्न लागेको|” यति भनेर म घर बाट निक्लिए|आज साथीहरुलाई समय दिन पाएको थिन,त्यसैले राति बसेर रौसि खाने प्लान थियो| त्यो बेला भर्खर भर्खर Minsk vodka खुबै चलेको थियो, साथीहरुले आउदा त्यो लिदै आइज भनेका थिए, एक ठुलो बोतल लिए र लागे साथीको घर तिर| फेरी जसकोमा जादै थिए,उ घरमा एक्लै बस्ने, त्यसैले रक्सि खाने अड्डा नै भएको थियो त्यो घर हाम्रो लागि| जम्मा मिलाएर हामि चार जना, आज रातभरी रक्सीको चुस्की संगै तिता मिठा गफ हुने निश्चित नै थियो| सबै कुरा ठिकै छ तर निष्ठाको अहिले सम्म फोन र मेसेज केहि नि आएको थिएन, मैले गर्न खोज्दा पनि लागेन, मैले गर्न सक्ने अभ केहि थिएन|

रात भरि साथिहरुसंग गफ गरेर बसौला भन्ने थियो,१२ बज्न नपाउदै सबै निदाए, निदाए के भन्नु, सबैजना झ्याप भएर ढले| अभ आफु एक्लै, निन्द्रा भने लागेको थिएन| लागोस् पनि कसरि, न रक्सीले छोएको थियो, फेरी निष्ठाको गुडनाइट भनेर मेसेज पनि थिएन| एकछिन टोलाएर बसे भने एकछिन मनमा कुरा खेलाएर| मनमा कुरा खेलाउदा खेलाउदै, 4 वाक्य आयो दिमागमा, र त्यो 4 वाक्यलाई मोबाइलमा उतारेर निष्ठालाई पठाए| लेखेको थिए:
“तिम्रो यी सुन्दर आखाको संसारमा आजिवन डुल्न सक्छु म,
तिम्रो सजिएको केशको जुरोमा गुलाफ भइ फुल्न सक्छु म,
फलानोले जे भनेनी एक्पल्ट आइदेउ मेरो नजिक प्रियसि,
तिम्रो निस्चल मायाको आडमा सारा दुनिया भुल्न सक्छु म।“

मेसेज पठाएको लगभग ३० मिनेट पछी उसको फोन आयो, रिस पनि उठ्यो उनि गायब भएको देखेर र फेरी त्यो रिसलाई मार्दै मन खुसि पनि भयो, फोन त आयो सोचेर| जहिले जसरि कुरा हुदै गयो, तर उसको बोलीमा केहि उदासपन थियो, कति सोधे के भयो भनेर तर उसले भन्न मानिन| आफुले भने उसले देको गिफ्ट देखि लिएर, घरमा केक काटेको देखि लिएर, साथीकोमा आएर रक्सि खाएको भनेर पनि सुनाएर भ्याइसके तर उसले सुनेर “अ.उम्.ए |” बाहेक केहि भन्दै नभन्ने| सायद उसलाई दिउसो हामि बीच जे भयो, त्यो गर्न नहुने भनेर कहिँ कतै मनमा नराम्रो लागेर बसेको पो हो कि| त्यो पनि सोधे तर त्यसमा पनि हैन बाहेको केहि भनिन उसले|

“सरि, हजुर म संग खुसि हुनु हुन्न है,मैले हजुरलाई खुसि राख्नै सकिन|” केहि नबोलेको मान्छे,अचानक यति भनि,सात्तो गयो एकछिन,कहिँ उसले सम्बन्ध अन्त्य त गर्न खोजेको हैन | उसको यो एउटा वाक्यले मेरो मनमा प्रश्नहरुको बाढी नै आयो,मानौ मेरो मन तराई थियो र उसको वाक्य सप्तकोशी नदि|

“कसले भन्यो त्यस्तो तलाई? म अहिले जति खुसि छु सबै तैले गर्दा नै हो|त बिना म खुसि नै हुन्न जस्तो लाग्छ कुनै कुनै बेला|” यो मैले बोलेको कुरा थियो कि रक्सीले,थाहा छैन मलाई, तर जे बोले ठिक बोले|

“मलाई त्यस्तै लाग्छ| कति खुसि थिएउ आज हामि तर मैले सबै बिगारे| हजुरलाई कति मन थियो होला एक हुन तर मैले नाई भनेर हजुरलाई दुखि पारे|” यो कुरा मेरो मनको कुनै कुनामा पनि थिएन, उसले जे पायो त्यहि सोचेर बसेकी रैछे|

“कसले भन्यो तलाई म दुखि भए भनेर| तैले के गरिनस् भनि सोच्दै दुखि हैन, तैले जे जे गरिस् नि मेरो लागि,त्यो सम्झेर खुसि हुदै छु लाटी|अहिले सम्म पनि खुसि छु, तर तैले यस्तो सोच्न लागिस् भने चाही एकदमै दुखि हुन्छु|” यो चाही रक्सि हैन,म आफै बोल्दै थिए, आखिर के के सोचेर बसेकी रैछे|

“लव यु बुढा, म हजुरलाई सबै भन्दा धेरै माया गर्छु|” उसले यति भनेपछि बल्ल मेरो सास चल्दै छ भनेर महसुस गरे| अलि कति लागेको रक्सि पनि एकछिनमै उड्यो|

“लव यु तु| तर यस्तो कुरा सोचेर बसिस् भने चाही भन्न सक्दिन म कुन बेला तलाई माया गर्न छोड्छु भनेर|” सोचेर नै बोलेको थिए मैले यो वाक्य|

“मनमा कति कुरा खेल्छन तर अभ कसम सोच्दिन|” उसले यति भनेपछि अभ मेरो नि मन हलुङ्गो भयो |

गफ हुदै गयो र हुदै गयो, आजको हरेक पलको बारेमा गफ हुदै गयो, फेरी बाचेउ हामीले आज दिउसोको पल| म कुन बेला निदाए आफैलाई याद छैन| त्यो दिन पछीको दिन हरु पनि मज्जाले बित्दै थिए, तर एकदिन उसले राति फोन गरेर यस्तो वाक्य भनि, जसले मेरो मन नै खिन्न बनायो |

Previous article
Next article

Latest Posts