Part 19

परजुना र म सम्बन्धमा थिएउ केहि बेर, अनि त्यसपछि अलग्गिएउ | तर फेरी म किन परजुनासंग यसरि उसको कोठामा बस्दै छु मलाई थाहा छैन| रातको ११ बजे सम्म मनको कुरा र बियरको बोतल खोल्दै नै कट्यो| परजुनालाइ बियरको नशा कति लाग्यो त्यो उसलाई थाहा होला| मलाई भने पुरै संसार नै घुम्न लागेको जस्तो भयो, अहिले उभिन चाहे भने सायद खुट्टाले नथामेर लड्छु होला|

“सुत्ने हैन तिमि? मलाई त निन्द्रा लाग्यो|” मलाइ मात्र बियरले यति धेरै नशा दिएको हो कि परजुनाको हालत पनि यस्तै छ बुझ्न पर्यो नै| म भन्दा नशा उसलाई चढेको रैछ, अब म यहि ढल्छु भएको छ उसलाई कोठासम्म कसरि लगीदिनु| एक अर्कालाइ सहारा दिदै परजुनाको कोठासम्म पुगेउ दुवै| परजुनाले कोठामा पुग्ने बित्तिकै मलाई चुम्न खोजिन् र उनि सफल पनि भइन्| उसको ओठले मेरो ओठको स्पर्श गर्ने बित्तिकै मैले उसलाई ओछ्यानमा ढकाले र आफु कोठाबाट निक्लिए| गल्ति परजुनाको हैन मेरो हो|

म अहिले नया सम्बन्धमा छु भनि मैले परजुनालाइ भन्न सक्नु पर्छ तर मैले उनीलाई केहि भनेको छैन| सायद परजुनालाइ मेरो नया सम्बन्धको बारेमा भनेको भए आज यो केहि हुन्थिएन| सायद परजुनाले मलाई यहि बस्न भनि आग्रह पनि गर्थिनन् होला| अहिले पनि ढिलो भएको छैन, परजुनालाई अहिले सम्म नभनेर के भयो र? भोलि भन्छु पनि सुत्न खोजे| मोबाइल ल्याउन बिर्सेको, कन्चनले पनि फोन गरि होला| उसलाई अब के भन्नु मैले फेरी? अब अर्को तनाबले कब्जा गर्न खोज्यो मेरो मगजलाइ, सुत्न सकिन| बहाना खोज्न लागे भोलिको लागि र भेटे पनि|

बिहान सबै भन्दा छिटो म नै उठेको हो, परजुनाको कोठा गए उनि अहिले पनि निदाएकी छिन्| धन्न हिजो आफुलाई थामेछु, नत्र आज मेरो जीवन मेरो गोजीको इयरफोन जस्तै हुने थियो, पुरै अल्झिएको| घर फर्किनु अघि परजुनालाइ जान्छु भन्नु त पर्ने हो तर उनीलाई उठाउन मन लागेन| मस्त निद्रामा सपना देख्दै होलिन् उनि, किन बाधा बन्नु यो सबैको बीच? घर लागे कसैलाई केहि नभनी| घर पुग्दा मोबाइलमा 41 वटा मिसकल, 3 परजुनाको र ३८ कन्चनको| कन्चन रिसाकी छिन् भन्ने कुरामा दुइमत छैन, उसलाई फकाउनु पर्नेछ| फोन लगाए कन्चनलाइ|

कन्चनको फोन उठेन| प्रमाणित भयो कन्चन रिसाएकि छिन् भनि| अनगिन्ती पटक फोन गरे कन्चनलाइ तर अह उनको फोन उठेन| मेसेज पनि पठाए, त्यसको पनि रिप्लाई आएन| फेसबुकमा अनलाइन त थिइन् उनि तर मेरो मेसेजको रिप्लाई दिन उसले जरुरि ठानिन सायद| या उसको रिसले उसलाई रिप्लाई दिनबाट रोक्दै थियो| रातको ११ बजेको छ, सुत्ने बेला हुन लाग्यो| एउटा झिनो आशा बोकी फेरी पनि फोन गरे कन्चनलाई तर उसले फेरी पनि फोन उठाइन| मैले अब गर्न सक्ने केहि छैन, बरु भोलि घर जान्छु सोचे र थप फोन गर्नु उचित ठानिन|

सुत्ने तरखरमा लागेको मात्र के थिए, परजुनाको फोन आयो| उसले हिजो बेलुकाको लागि माफी माग्न फोन गरेकी रैछिन्| यहि हो मौका कन्चनको बारे परजुनालाइ भन्ने, आफु सम्बन्धमा रहेको कुरा बताईदिए परजुनालाइ| परजुनाको प्रतिक्रिया कस्तो आउछ भनि केहि सोचेकै थिइन मैले तर उनि खुसि भइन् कन्चनको बारे सुनी| कन्चनको बारे थप बुझ्न उत्सुक भइन् परजुना| मलाई पनि धेरै केहि थाहाछैन कन्चनको बारे, जति थाहाछ सबै बताउदै गए परजुनालाइ| अचम्म लाग्यो मलाई, म जति खुसि छु, परजुना त्यसको  दोब्बर खुसि छिन्| परजुना खुसि मेरो लागे छिन् र म खुसि कन्चनको लागि छु| माया पनि कस्तो अचम्म, अरुको खुसीमा नै आफ्नो खुसि भेटिने| डेरामा बसेको कोठा सर्दा मन चिसो भएर आउछ, यहाँ बसेको मुटु फेर्नु परेको छ| दुख अबश्य नै लागेको होला तर झल्किएको भने छैन| परजुनासंगको गफ पछी मन केहि हलुको भएर आयो र निन्द्रा पनि सजिलै लाग्यो|

बिहान उठ्ने बित्तिकै सधै जस्तो कलेजको लागि हत्तार| घरबाट बस स्ट्याण्डको दुरी ५ मिनेटको| यो ५ मिनेटमा कन्चनलाइ तिन पल्ट फोन गरि भ्याए तर उनले फेरी पनि उठाइनन्| अब के गर्ने? एउटा एस.एमएस पठाए उनीलाई र माइक्रो चढी कलेज पुगे| फर्किदा उसको घर पस्छु सोचेको पनि हो तर जाउ कि नजाउ भन्ने दोधार भने अझै पनि कायम नै छ| यदि उनि घरमा नभए के गर्ने? उनको मामुले मलाई पहिले पनि भेट्नु भएको छ, नचिन्ने भन्ने हुन्न तर अचानक यसरि घर पुग्दा उहाले पो के सोच्ने हो?  आफैलाई प्रश्न गर्दै बानेश्वरबाट माइक्रो चढेको थिए, ठिमी पुग्दा पनि आफैलाई प्रश्न गरि रहे र अन्त्यमा कन्चनको घर गइन म|

कन्चनलाइ फेरी पनि एक पल्ट फोन लगाए तर उनले फेरी पनि फोन उठाइनन्| बोल्दै नबोली बस्नु समस्याको समाधान हैन भनि कसरि बुझाउ अब म कन्चनलाइ? गल्ति भए छलफल गर्ने हो भनि कसरि सम्झाउ अब म कन्चनलाइ? खाना खादै गर्दा थप केहि मेसेज पठाए कन्चनलाइ, दुवै उसको फोन अनि फेसबुकमा| फेसबुकको मेसेज उनले हेर्न त हेर्छिन् तर जवाफ भने आउन्न| केहि न केहि जुक्ति लगाउनै पर्ने भयो तर जुक्ति चाही के नि? एकछिन दिमागमा धार लगाउन लागे र एउटा जुक्ति आयो तर सफल हुन्छ कि हुन्न त्यो अहिले नै म भन्न असक्षम छु|

मैले पहिलो दिन कन्चनलाइ मात्र भेटेको हैन नि, उनको साथि सुजिता पनि थिइन् नि हामि संग| नाम याद छ तर सुजिताको नम्बर भने छैन म संग| अब के गर्ने? फेसबुक खोले र कन्चनको प्रोफाइलमा यता उता खोज्न लागे, कहिँ न् कहिँ सुजिताको नाम या फोटो जे भएपनि भेट्छु कि भनि| धेरै मिहिनेत गर्नु परेन मैले सुजिताको फेसबुक आइडी खोज्न| कन्चनको प्रोफाइल फोटोमा सुजितको कमेन्ट देखे र सुजितालाइ फ्रेन्ड रिक्वेस्ट पठाए| सुजिता फेरी फ्रेन्ड रिक्वेस्ट स्वीकार्न पनि रातको नौ बजेको साइत जुराइछिन्| मतलब उनले रातको ९ बजे मात्र मेरो फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरिन्|

सुजितालाई मैले मात्र एक पल्ट भेटेको हो, त्यो पनि केहि घन्टाको लागि| म र कन्चन बीचको सम्बन्ध बारे सुजितालाइ केहि थाहाछैन होला| खोइ, थाहा हुन पनि सक्छ, कन्चनले भनि सकिन् कि| कन्चनको बारेमा सुजितालाइ केहि सोध्नु अघि, पहिले मैले टुंगो लगाउनुछ| आखिर सुजितालाइ केहि थाहा छ कि नाई भनि? अब यो चाही कसरि गर्ने?

Previous article
Next article

Latest Posts