“कन्चनलाइ जे होस् म दुख दिन बन्द गर्दिन| जहिले सम्म बाच्छे, मेरो डर मनमा लिएर बाच्छे|” मैले माया गरेको परजुना यो होइन| धेरै बदलाव आएछ उनिमा, उनि मानसिक रुपमा ठिक छैनन् कि भन्ने पनि शंका छ मलाई| जति बोले पनि मैले परजुनालाइ सम्झाउन सकिन| अन्त्यमा त्यहाँबाट म र कन्चन फर्कियौ| एउटा निर्णय लियौ हामि दुबैले|
निर्णय केहि भिन्न छ| प्रहरीकोमा नगएर परजुनाको परिवारलाइ बताउने, परजुनाले के के गर्दै छे भनि| निर्णय भन्दा पनि जुक्ति हो, जुन कन्चनले निकालेकी| कन्चनको मन कति पबित्र र सफा| प्रहरीकोमा गयो भने, परजुनालाइ पनि गाह्रो पर्ने र कन्चनलाइ पनि| कन्चनलाइ भन्दा पनि परजुनालाइ धेरै समस्या हुन्छ यदि हामि प्रहरीकोमा पुगेउ भने| कन्चनको यो पाइलामा मैले नाइँ भन्न सकिन|
परजुनाको बा-आमा गाउमा बस्नु हुन्छ| गाउको मायाले होला, राजधानी,मा आफ्नै आलिसान घर भए पनि उहाहरु चाही गाउमा नै हुनुहुन्छ| कहिले काही कुरा हुनेगर्थियो उहाहरुसंग पनि| नम्बर छ मसंग तर फोनमा हैन| गूगल अकाउन्टमा सेभ छ नम्बर| चाहेको भए त्यो नम्बर निकाल्न समय लाग्दैन तर कन्चनले पहिले घर जाम भनि ढिप्पी गर्न लागि| यहाँ बाटोमा उभिएर फोन गर्नु सुरक्षित पनि छैन, के थाहा कहाँबाट हमला हुनसक्छ| कन्चनले भने जसरि नै उसको घर पुगियो र परजुनाको आमालाइ फोन गरे| तर फोन उठेन| ब्यस्त हुनुहुन्छ होला, पछी आफै फोन आउछ भन्ने आशमा बसियो|
कन्चनसंगको गफमा रातको ७ बजेको पनि पत्तो भएन| घर त जानु पर्यो| बिहान कलेजको लागि निक्लिएको थिए, दिउसो भरि बाहिर छु| अतिरिक्त कक्षा छ भनि घरमा फोन गरेको हो मैले दिउसै तर बेलुका पुग्नै पर्छ| घर पुगेर एकछिन आमाको काखमा सिर राखेर सुते| आमाले टाउकोमा तेल लगाएर मालिस गरिदिएर होला केहि भए पनि हलुको महसुस भयो| सुत्नु अघि कन्चनलाइ फोन गरे र केहि बेर बोले| कन्चनसंग बोल्दा बोल्दै परजुनाको मामुको फोन आयो| कन्चनलै भने र परजुनाको मामुको फोन उठाउदै हेलो भने|
“किन फोन गरेको?” परजुनाको आमाको फोनबाट परजुनाले फोन गरेकी रैछिन्|
“तिमि? आमा गाउबाट आउनु भएको छ हो?” म चकित छु परजुनाको आवाज सुन्दा, मेरो आवाजले पनि प्रस्ट पार्छ मेरो आश्चर्यता|
“आमा हुनु हुन्न|” कस्तो अचम्मको कुरा गरेकी परजुनाले| आमा काठमाण्डौमा नभए, आमाको नम्बरबाट उनीले कसरि फोन गरेको|
“अनि आमा गाउमा भए आमाको नम्बर तिमिसंग कसरि?” प्रश्न दिमागमा राख्यो, सतिक जवाफ आउन्न| परजुनालाइ नै सोधे मनको प्रश्न|
“आमा यो संसारमा नै हुनुहुन्न|” परजुनाको शब्दहरु एकछिन बिस्वास गर्न मानेन मेरो यो मनले| यस्तो बिषयमा परजुना मजाक गर्दिन थाहाछ| कहिँ मेरो कानले केहि गलत त सुनेन नि|
“मतलब?” परिस्थिति अनुसार मेरो यो प्रश्न सहि हो कि हैन थाहाछैन मलाई|
“ आमा अनि बाबा, प्लेन दुर्घटनामा परि बित्नु भयो|” परजुनासंग केहि बेर अघिसम्म रिसाएको थिए म तर त्यो रिस बिलाएर गयो| धेरै भोग्नु परेको रैछ उसले| एक पछी अर्को गरि उसले आमा बाबाको बारे भन्दै गइन्| पोखराबाट जमसोम जादा, प्लेन दुर्घटनामा परेको रैछ|
मेरो होसले पहिले नै ठाउ छाडीसकेको छ मृत्युको खबर थाहापाएपछी| जब परजुनाले मिति भनिन्, आत्माग्लानि मेरो चरम सिमामा पुग्यो| २०७२ साल फाल्गुन १२ गते उनको बाआमा बित्नु भएको| फाल्गुन ७ गते, म र परजुना अलग भएको थियौ| यता सम्बन्ध टुट्नुको पिडा थियो होला उनलाई,एक्लो भएकी थिइन्| अनि त्यहि समयमा परिवार नै गुमाउनु पर्यो उनले| झन् एक्लै भइन् उनि| कोहि साथ दिने भएन उनिलाइ| एक्लै भइन् उनि| परिवार छैन, माया छैन, संसार नै छैन भने पनि हुन्छ| कसरि सम्हालिन् होला उनले आफुलाई त्यो समयमा| उनिसंग धेरै गलत भएको छ, केहि समयले गर्यो र केहि भगवानले|
उसलाई त्यस समय सम्हाल्नलाइ म थिइन तर अहिले भने सम्हाल्न खोज्दैछु| उनि फोनमा नै रुदैछिन्| बिस्तारै कुरा कन्चन तिर मोडियो| बिन्ति गरे परजुनासंग, कन्चनलाइ केहि नगर भनि तर उनले मानिन| “म एक्लो हुदा कोहि थिएन मेरो लागि| कोहि थिएन मसंग| कोहि थिएन जसलाई म आफ्नो भन्न सक्थीए, कोहि थिएन जसलाई मेरो मनको पिडा पोखी आफु हलुको हुनस्क्थीए| म त एक्लो भएर सम्हालिए, अब तिमीले सिक्नु पर्छ रबि| तिमिले पनि कन्चन बिना बाच्न सिक्नु पर्छ| अनि कन्चनले पनि म जस्तै तड्पिएर बाच्न सिक्नुपर्छ|” परजुना यहि कुरामा अडिक भएर बसी रही| मैले अघि पनि भने, परजुनासंग जे भयो सहि भएन तर उनले अहिले जे गर्दै छिन् त्यो पनि ठिक हैन| सक्दो उसलाई बुझाउन खोजे तर उसले केहि सुन्न चाहिन| परजुनासंग झनक्क रिस उठेर आयो र मैले फोन राखे|
कन्चनलाइ फोन गर्न लाग्दा उनले आफै फोन गरिन्| “ओइ, केहि जरुरि कुरा भन्नु छ|” हामि दुबैले संगै यो वाक्य भनेउ|
“पहिले तिमि भन न त|” कन्चनले जे भन्न लागेकी छिन्, त्यो महत्वपुर्ण हुनसक्छ भनि उनलाई नै पहिले भन्न भनि आग्रह गरे तर उनले मानिनन्| कर गर्ने स्थितिमा छैन म, परजुनासंगको अघिको बार्तालाप अहिले पनि मेरो दिमागमा घुम्दै छ र कन्चनलाइ सबै बताए| यो सबै हालतबाट गुज्रिएकोले नै परजुना अहिले मानसिक रोगको सिकार भएको निस्कर्षमा पुगेउ म र कन्चन|
“अब तिमि भन|” आफुले सबै कुरा बताएपछी, कन्चनले भन्न खोजेको महत्वपुर्ण कुरा सुन्न मन लाग्यो|
“ यति धेरै तनाबमा थियो हामि बीच| तिमीलाई झन् तनाब हुन्छ भनि मैले तिमीलाई भनेको थिइन…..
