Part 30

“एउटा मात्र उदेश्य छ मेरो, रबिलाइ म अरुसंग देख्न सक्दिन|” यो कस्तो चाहना हो परजुनाको| म अहिले कोहि अरुसंग सम्बन्धमा छु र खुसि पनि छु| आफुले माया गरेको व्यक्तिको खुसि नै आफ्नो खुसि हैन र? त्यसो भए परजुनाले किन यो सबै गर्दैछिन्|

“हामि सम्बन्धमा जानु अघि पनि केहि कारण थिए, केहि मिठा कारण र समझदारी अनि दुबैको बीच माया थियो| जब सम्बन्धको अन्त्य भयो, त्यसको पनि केहि कारण छन्, केहि गल्ति मेरा थिए र केहि गल्ति तिम्रो| समझदारीमा नै छुट्टिएका थियौ नि तिमि र म| अनि किन आज यो सबै गर्दैछौ?” नबोली बस्न सकिन, परजुनाको मानसिकता बुझ्नु छ र उनको उदेश्य पनि|

“ हामि अलग भयौ| तिमि अघि बढेउ होला तर म अघि जान सकिन| हाम्रो सम्बन्ध जहाँ टुंगिएको थियो म त्यहि अड्किएर बसे| माया त तिमीले पनि गर्थियौ नि हैन? अनि किन यति सजिलै अघि बढ्न सकेउ?” मैले नबुझेको हो कि परजुनाले बुझाउन नसकेकी| कि मैले बुझाउन नसकेको हुनुपर्छ| अघि बढ्न सजिलो छ भन्दिन म तर सधै त्यहि ठाउमा अड्किएर पनि हुन्न नि जीवन| मैले आफै पनि सोचेको थिइन कि म यति सजिलै र चाडै अघि बढ्छु भनि, समय र भावाना छिट्टै बदलियो र मैले बाटो फेरे| परजुनालाइ गाह्रो हुदो हो नया गन्तब्यको सुरुवात गर्न तर गर्नु त अबस्य पर्छ|

“ सबैलाइ एकैनास पनि त हुन्न नि| आज नभए भोलि तिमीले पनि कोहि पाउनेछौ, अनि तिमी पनि खुसि हुन्छौ नि| माया भनेको यहि हैन, अर्काको खुसिमा आफ्नो खुसि भेट्न| म खुसि छु कन्चनसंग, तिमीले यो थाहापाउदा तिमि त झन् खुसि हुनुपर्ने हो|” मायाको अर्थ परजुनालै मैले बुझाइ राख्नु पर्थिएन होला तर मनमा भएको भावनाहरु त्यसै गुम्स्याएर राख्नु पनि उचित हैन नि|

“ तिमि खुसि छौ होला रबि तर आफुले चाहेको मान्छेलाइ अरुसंग देख्दा म कसरि खुसि हुन सक्छु| तिमि खुसि छौ होला तर म पनि खुसि हुनुपर्यो नि| तिम्रो खुसिमा मैले आफ्नो खुसि कसरि खोज्नु जब म नै दुखिछु| अनि तिम्रो खुसिमा म आफ्नो खुसि किन खोज्नु? तिमीले चाही मेरो खुसिमा आफ्नो खुसि खोज्न सक्दैनौ?” परजुनाले गलत भनेकी हैन तर गलत अवस्थामा सही चिज पनि गलत बनिदिन्छ| सही जहिले सही रहदैन र मेरो लागि जे सही हो त्यो अरुको लागि सहि नहुन सक्छ| अहिले परजुना र म बीच पनि त्यहि नै हुदैछ|

“ रबि म संग खुसि छ, अनि तिमीबाट पर भइसकेकोछ| तिमीसंग भयो भने, रबि खुसी हुनेछैन| अनि तिम्रो सम्बन्ध कसरि अघि बढ्छ?” मैले केहि बोल्न नपाउदै कन्चनले आफै जवाफ दीईन्| कन्चनको जवाफमा म परिपक्कता भेट्छु|

“अनि तिमीलाई कसले भन्यो मलाई रबि चाहियो भनि? मलाइ अब रबि संग सम्बन्धमा गासिनु पनि छैन|” परजुनाले भन्न खोजेकी के र गर्न खोजेकी के, मैले दुवै बुझिन| मलाई अरुसंग देख्न सक्दिन पनि भन्छे अनि म पनि चाहिएको हैन रे उसलाई|

“अनि यो सबै किन?” मेरो एउटा  मात्र प्रश्न छ अब, सोधे परजुनालाइ त्यो प्रश्न|

“ म अघि बढ्न सकेको छैन र तिमीलाई पनि अघि बढ्न दिन्न म| जब सम्म म तड्पिन्छु नि, तिमीलाई पनि तड्पाउने छु|” परजुनाले के सोच्दै छे भनि बल्ल बुझ्न थाले|

“तिमीलाई मसंग रिस हो, मलाई अघि बढ्न दिन्न भन्छौ तर कन्चनलाइ किन त्यसरी दुख दिएको?” सबै प्रश्नको जवाफ पाउने मौका छ अहिले, मनको एक एक प्रश्न परजुना सामु राख्दै गए|

“ तिम्रो खुसिमा म आफ्नो खुसि भेट्दिन होला तर तिमीलाई पिडा हुदा मलाई पनि पिडा हुन्छ| तिमीलाई चाहेर पनि केहि गर्न सक्दिन रबि| कन्चनलाइ चोट त्यसैले पुर्याएको हो मैले| उसलाई चोट पुर्याउदा तिमीलाई पनि तक्लिफ हुन्छ, अनि म त्यसमै खुसि भेट्छु आफ्नो|” परजुनाको मानसिकता बुझे मैले तर मलाई चित्त बुझेन| उनीलाई मसंग बदला लिनुछ भने मसंग सिधै बदला लिए हुन्छ उनले, त्यसमा मेरो केहि आपत्ति छैन तर कन्चनलाइ अनायासै मुछेको चित्त बुझेन|

“ जहिले यहि मानसिकता लिएर हुन्छ तिमीले? अरुको माया लाग्दैन तिमीलाई?” मसंग प्रश्न मात्र छ आज, जवाफ परजुनासंग|

“यसलाई त म त्यसै छोड्डीन|” परजुनाको आवाजमा बदला अनि रिस दुवै भावना छ|

“कन्चनको गल्ति चाही के छ?” फेरी अर्को प्रश्न परजुनालाइ|

“तिमिसंग जोडिनु नै कन्चनको सबै भन्दा ठुलो गल्ति हो|” परजुनाको एक पछी अर्को जवाफ, कुनैले पनि मेरो चित्त बुझाएन|

“त्यसो भए म कन्चनलाइ छोडीदीन्छु| अनि उसलाई केहि गर्दिनौ नि तिमीले?”  यहि मात्र एउटा उपाय देखे मैले|

“कन्चनलाइ जे होस् म दुख दिन बन्द गर्दिन| जहिले सम्म बाच्छे, मेरो डर मनमा लिएर बाच्छे|” मैले माया गरेको परजुना यो होइन| धेरै बदलाव आएछ उनिमा, उनि मानसिक रुपमा ठिक छैनन् कि भन्ने पनि शंका छ मलाई| जति बोले पनि मैले परजुनालाइ सम्झाउन सकिन| अन्त्यमा त्यहाँबाट म र कन्चन फर्कियौ| एउटा निर्णय लियौ हामि दुबैले| निर्णय…….

Previous article
Next article

Latest Posts